Shittalpati
नेपाल ३ विकेटले पराजित

काठमाडौं,  त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत चौथो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले दिएको दुई सय सात रनको लक्ष्य नेदरल्याण्ड्सले १९ ओभर तीन बलमा सात विकेट गुमाएर पूरा गरेको हो । नेदरल्याण्ड्सका लागि बास दि लिदेले अविजित ८१ रन बनाए । त्यस्तै बेन कुपरले ५५ र पेटर सेलारले ३१ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले चार विकेट लिए । आजको खेलमा सन्दीपले चार ओभरमा ४८ रन दिएर चार विकेट लिएका हुन् । त्यस्तै कुशल मल्ल, करण केसी र अविनाश बोहोराले एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय ६ रन बनाएको थियो ।


नेपालका लागि कुशल भुर्तेलले ६२, दीपेन्द्रसिंह ऐरीले ६० रन बनाए । प्रतियोगितामा कुशलको यो लगातार तेस्रो अर्धशतक हो । त्यस्तै ज्ञानेन्द्र मल्लले २० र कुशल मल्लले १८ रनको योगदान गरे । त्यस्तै सोमपाल कामीले अविजित २१ रन बनाए । नेदरल्याण्ड्सका लागि भिभियान कि·मा र पेटर सेलारले दुई/दुई विकेट लिए । मंगलबारको खेल हारे पनि नेपालको फाइनल प्रवेश गर्ने सम्भावना कायमै छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update