Shittalpati
रामपुरमा अटो र जिप ठोक्किदा अटो चालकको ज्यान गयो

पाल्पा,जिल्लाको रामपुर नगरपालिका–५, सानीअमराईमा अटो र जिप ठोक्किदा अटो चालकको ज्यान गएको छ । शुक्रबार साँझ कालिआँपबाट रामपुर बेझाँडतर्फ आउदै गरेको लु १ ज ४१३३ नम्बरको जिप र विरीत दिशाबाट जाँदै गरेको लु १ ह ४१३८ नम्बरको अटो एक आपसमा ठोक्किदा अटो चालक निस्दी गाउँपालिका–२, सहलकोटका ४५ वर्षीय चोपबहादुर ढेंगाको ज्यान गएको हो । उनको युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा शुक्रबार राती ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी रामपुरमा डेरा लिई अटो चलाउदै आएका थिए ।

अटो र जिप ठोक्कीँदा चालक ढेंगासहित चार जना घाइते भएका थिए । अन्य घाइते मध्ये अटोमा सवार रामपुर नगरपालिका ३ ओइरेघाटका ३८ वर्षीय सुरेन्द्र थापा, उनको छोरी १० वर्षीया अञ्जली थापा र १२ वर्षीया पुष्पा थापा घाईते रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । घाइते मध्ये सुरेन्द्र र अञ्जलीको अवस्था मध्यम रहेको छ । ति दुवै जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ भने पुष्पाको उपचारपछि डिस्चार्ज भएको जनाइएको छ ।

जिप चालक रामपुर नगरपालिका–४ इस्लामपुरका ३० वर्षीय महमद रफिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update