Shittalpati
रुपन्देहीको जंगलमा दुई जनाको शव फेला

बुटवल, माघ ११/ रुपन्देहीको एक जंगलमा दुई जनाको शव फेला परेको छ । देवदह नगरपालिका घोडाहास्थित जंगलमा एक महिला र एक बालिकाको शव भेटिएको हो ।

अधवैशे महिला र ७ वर्षीय बालिकाको हत्या गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । ‘घाटी रेटेर हत्या गरेको देखिन्छ, घटनास्थलमा रहेका एक प्रहरी अधिकारीले भने । मधेशी मुलका उनीहरुको पहिचान खुलेको छैन् । उनीहरु आमाछोरी हुन सक्ने प्रहरीको अनुमान छ । शव भेटिएको स्थान रक्ताम्य रहेकोले कसैले हत्या गरेर शव बेवारिसे छाडेको हुन सक्ने स्थानीयको भनाइ छ । शवको पहिचान खुल्न नसकेको र पोस्टमार्टम तथा थप अनुसन्धानका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update