काँग्रेसका भ्रातृ संगठनको कार्यसमिति भंग
मंगलबार, फागुन ३, २०७८

गुल्मी काँग्रेसको प्रशिक्षण फागुन १० गते
सोमबार, फागुन २, २०७८
नेपाली काँग्रेस गुल्मीले यही फागुन १० गते प्रशिक्षण गर्ने भएको छ । काँग्रेसको सोमबार बसेको आकस्मिक बैठकले पूर्व निर्धारित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

तानसेनमा एमसीसीको विरोध गरिने
आइतबार, माघ २३, २०७८
तानसेनमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गरिने भएको छ । सरकारले एमसीसी पास गर्ने तयारी गर्न थालेपछि तानसेनमा संयुक्त विरोध प्रदर्शन हुन लागेको हो ।

सभापति पन्थीले गुल्मीमा सभाहल निर्माणका लागि मन्त्री झाँक्रीको गराए ध्यानाकर्षण
मंगलबार, माघ १८, २०७८
नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको ध्यानाकर्षण गराएका छन् । सोमबार शहरी विकास मन्त्रालयमा पुगेका सभापति पन्थीले मन्त्री झाँक्रीलाई जिल्लाको सदरमुकाम तम्घासमा पर्याप्त सीट क्षमता भएको सभाहल नभएको भन्दै ध्यानाकर्षण गराएका हुन् ।

नेपाली काँग्रेस गुल्मीले मनायो सहिदहरूको सम्झनामा दिवस
सोमबार, माघ १७, २०७८
नेपाली काँग्रेस गुल्मीले सहिदहरुको सम्झनामा सहिद दिवस मनाएको छ । मुलुको विभिन्न कालखण्डका राजनीतिक र सामाजिक आन्दोलनमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने ज्ञातअज्ञात महान सहिदहरु प्रति श्रद्धासुमन अर्पण गर्दै सहिदहरुको सम्झना गरी यो दिवस मनाएको हो ।

‘स्थानीयदेखि संघीय निर्वाचनसम्म गठबन्धन आवश्यक’
आइतबार, माघ १६, २०७८
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य राजेन्द्रलक्ष्मी गैरेले प्रतिगमनकारी तत्वलाई परास्त गर्न स्थानीयदेखि संघीय संसदको निर्वाचनसम्म वर्तमान सत्ता साझेदार दलका बीचमा एकता आवश्यक रहेको बताए ।

माझकोट स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन
शनिबार, माघ १५, २०७८
स्याङ्जाको वालिङ नगरपालिका–३ माझकोट स्वास्थ्य चौकीमा ‘बर्थिङ सेन्टर’ स्थापना गरी सेवा दिन थालिएको छ । बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भवतीले स्वास्थ्य मापदण्डअनुसार गर्नुपर्ने स्वास्थ्य परीक्षणसँगै संस्थागत सुत्केरी हुने क्रम बढेको स्वास्थ्यचौकी प्रमुख संगीता गहतराजले जानकारी दिइन् ।

स्थानीयतहको निर्वाचन मिति घोषणा गर्न एमाले पाल्पाको माग
बिहीबार, माघ १३, २०७८
नेकपा एमाले पाल्पाले आउदो बैशाख भित्र स्थानीय तहको निर्वाचन गर्ने गरी तत्काल निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेको छ । नेकपा एमाले पाल्पाले पत्रकार सम्मेलन गर्दै बर्तमान संविधान स्थानीयतहको जनप्रतिनिधि विहीनको अवस्था परिकल्पना पनि नगरेकाले जेष्ठ ५ भित्र नयाँ निर्वाचित जनप्रतिनिधिहरुको पुनरवहाली हुने गरी तत्काल निर्वाचननको मिति घोषणा गर्न...

काँग्रेसका उम्मेदवारलाई विजयी बनाउन सभापति पन्थीको निर्देशन
शनिबार, माघ ८, २०७८
नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले आगामी तिनै तहको निर्वाचनमा काँग्रेसका सबै उम्मेदवारलाई विजयी बनाउन जिल्ला सदस्यहरुलाई निर्देशन दिएका छन् ।

पाल्पाको रम्भामा सिंगो गाउँ नै काँग्रेसमा प्रवेश
शनिबार, माघ ८, २०७८
पाल्पाको रम्भा गाउँपालिका ४ हुमिन रैयामा सिंगो गाउँ नै नेपाली काँग्रेसमा प्रवेश गरेको छ । नेपाली काँग्रेस हुमिनको टोल भेलाबाट नेकपा एमाले परित्याग सिंगो गाउँका ४० जना काँग्रेसमा प्रवेश गरेका हुन् ।

गुल्मीमा राष्ट्रिय सभा गठबन्धनका उम्मेदवार बिच छलफल
मंगलबार, माघ ४, २०७८
यहि माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनका साझेदार उमेद्वारहरुले गुल्मीमा भेटघाट तथा छलफल गरेका छन् ।

सिंगो लुम्बिनीलाई काँग्रेसमय बनाउँछौं : सभापति पुन
मंगलबार, माघ ४, २०७८
नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिं पुनले सिंगो लुम्बिनी प्रदेशलाई काँग्रेसमय बनाउने बताएका छन् । मंगलबार नेपाली काँग्रेस पाल्पाले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै सभापति पुनले काँग्रेसको संगठनलाई थप सशक्त बनाई लुम्बिनीमा काँग्रेसमय बनाउने बताएका हुन् ।

गुल्मीमा एसका नेता एमालेमा प्रवेश
मंगलबार, माघ ४, २०७८
जिल्लामा नेकपा एकीकृत समाजवादी (एस) धुर्कोट गाउँपालिका उपाध्यक्ष एमाले प्रवेश गरेका छन् । समाजवादी प्रति असन्तुष्टि जनाउदै एसका नेता भेष बहादुर घर्ती नेकपा एमालेमा प्रवेश गरेका हुन् ।