स्थानीय तह निर्वाचन : कुन दलका कति आए जनप्रतिनिधि ?
शनिबार, जेठ १४, २०७९
पाल्पाका काँग्रेस सभापति श्रेष्ठले गरे महँगीको दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह
बिहीबार, जेठ १२, २०७९
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले महँगीको दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरेका छन् । पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको चौतर्फी विरोध भएपछि सभापति श्रेष्ठले सामाजिक सञ्जालमार्फत त्यसको दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरेका हुन् ।
कालीगण्डकीका अध्यक्ष थापाको पहिलो निर्णय : निःशुल्क स्वास्थ्य बिमा
मंगलबार, जेठ १०, २०७९
गुल्मीको कालीगण्डकी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष बेदबहादुर थापाले पालिकाका नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिने पहिलो निर्णय गरेका छन् । अध्यक्ष थापाले शपथ ग्रहणसँगै सोमबार महत्वकांक्षी निर्णय सार्वजनिक गर्दै निःशुल्क स्वास्थ्य बिमा गर्ने विषयलाई प्राथमिकतामा राखेका हुन् ।
पाल्पाका एक्लो दलित वडाध्यक्ष
सोमबार, जेठ ९, २०७९
पाल्पाका १० वटा स्थानीय तहमा ८१ वडा छन् । जसमा एक जनामात्रै दलित उम्मेदवारले वडाअध्यक्ष जितेका छन् । विभिन्न राजनीतिक दलबाट दलित समुदायका व्यक्तिले विभिन्न पदमा उम्मेदवार दिए पनि जिल्लाको रामपुर नगरपालिका २ का एक जनामात्रै दलित उम्मेदवारले वडा अध्यक्ष जितेका हुन् । नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार बनेका कृष्ण...
रम्भा गाउँपालिकामा एमालेको अग्रता
सोमबार, जेठ ९, २०७९
जिल्लाको रम्भा गाउँपालिकामा नेकपा (एमाले) ले अग्रता लिइरहेको छ । यो समाचार तयार पर्दासम्म चार वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा एमालेले ३ वटा वडामा विजयी हासिल गरेर अग्रता लिएको हो । नेपाली काँग्रेस सहितको गठबन्धनले भने एक वटा वडामा मात्र जित हासिल गरेको छ ।
कालीगण्डकीमा निः शुल्क स्वास्थ्य वीमाको घोषणा
सोमबार, जेठ ९, २०७९
कालीगण्डकी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष वेदबहादुर थापाले, सोमबार विहान शुभ साईतमा गाउँपालिका भित्रका प्रत्येक नागरिकको निःशुल्क स्वास्थ्य वीमा गर्ने जनप्रिय घोषणा गरेका छन् ।
रेसुङ्गाका मेयर पन्थीले कर्मचारीलाई भने ‘नगरवासीको मर्म र भावना अनुरुप काम गर्नु होस्’
शनिबार, जेठ ७, २०७९
रेसुङ्गा नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख खिलध्वज पन्थीले नगरवासीको मर्म र भावना अनुरुप काम गर्न कर्मचारीलाई आग्रह गरेका छन् ।
पाल्पाको रम्भा गाउँपालिकामा स्थगित मतगणना सुरु
शुक्रबार, जेठ ६, २०७९
देशका धेरै ठाउँहरुमा नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरिसक्दा पाल्पाको रम्भा गाउँपालिकामा भने बल्ल मतगणना सुरु भएको छ । वैशाख ३१ गते अपरान्हदेखि स्थगित भएको यहाँको मतगणना जेठ ६ गते शुक्रबार दिउँसो ३ :१८ बजेदेखि पुनः सुरु भएको हो ।
प्रमुखमा रहेका तीन महिला उम्मेदवार नै पराजित
शुक्रबार, जेठ ६, २०७९
स्याङ्जामा तीन पालिका प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएका तीन महिला पराजित भएका छन् । एघार पालिकामध्ये स्याङ्जाको पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएका तीन महिला पराजित भएका हुन् ।
विजय उत्सव, तानसेनमा २५ वर्षपछि एमालेले गुमायोे विरासत
बिहीबार, जेठ ५, २०७९
गालामा रातो अवीर खादै खादाले भरिएको घाँटी । हातमा पार्टीका झण्डा । सयौंको भीडभाड । जेठ महिनाको उखरमाउलो गर्मीमा पनि खुसीमा रमाउँदै नाचगान गरेका दृश्य बुधबार पाल्पाको सदरमुकाम तानसेन बजारमा देखियो । २५ वर्षदेखि नेकपा एमालेले एकछत्र रुपमा शासन गरेको तानसेनमा काँग्रेस–माओवादीले आफ्नो पक्षमा लिएपछि काँग्रेस सहितको पाँचदलीय गठबन्धनका नेता...
वालिङको प्रमुखमा एमाले उपप्रमुखमा काँग्रेस
बिहीबार, जेठ ५, २०७९
स्याङ्जाको वालिङ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । प्रमुखमा एमालेका कृष्ण खाण र उपप्रमुखमा काँग्रेसकी कविता तिवारी विजयी भएका हुन् । खाणले काँग्रेसका दिलीपप्रताप खाणलाई दुई हजार १ सय ८० मतान्तरले पराजित गरे ।
पाल्पाको बगनासकालीमा एमाले विजयी, अध्यक्षमा महिला
बुधबार, जेठ ४, २०७९
जिल्लाको बगनासाली गाउँपालिकामा एमाले विजयी भएको छ । यहाँ अध्यक्षमा नेकपा एमालेकी सरस्वती चिदी विजयी भएकी छन् । उनले ६ हजार ४ सय ६६ मत ल्याई अध्यक्षमा विजयी भएकी हुन् । उनको निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसकी सुनिता अधिकारीले ५ हजार ६ सय ३३ मत प्राप्त गरिन् । चिदी निर्वाचित भएसँगै...


