Shittalpati
खोलामा खसेका युवकको शव फेला
खोलामा खसेका युवकको शव फेला वालिङ नगरपालिका –५लसुनेस्थित पक्की पुलबाट मिर्दीखोलामा खसेर गए राति बेपत्ता भएका एक युवकको शव फेला परेको छ । अन्दाजी २२ वर्षीय लोकबहादुर थापा दमाईंको शव वालिङ–६ ढलेको स्वामीस्थित खोलाको किनारमा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । ती युवक...
पाल्पामा सडक अवरुद्ध
पाल्पामा सडक अवरुद्ध अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र नजिकै पहिरो खस्दा आज सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको पाल्पा–बुटबल सडकखण्डको तिनाउ गाउँपालिका– ३ सिद्धबाबा नजीकै पहिरो खस्दा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए ।
क्वारेन्टाइनमा रहेका एक पुरुषको मृत्यु
क्वारेन्टाइनमा रहेका एक पुरुषको मृत्यु नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा क्वारेन्टाइनमा रहेका एक जनाको मृत्यु भएको छ । बर्दघाट नगरपालिका–२ दिव्यज्योति क्याम्पसको क्वारेन्टाइनमा बसेका ४५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । उनी यही असार १२ गते भारतको मुम्बईबाट आएका थिए ।
पहिरोमा पुरिएर एकको मृत्यु
पहिरोमा पुरिएर एकको मृत्यु गए राति गल्याङ नगरपालिका–९ साङ्लियामा पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । गल्याङ–९ का वडाध्यक्ष हरिलाल खनालका अनुसार घरमाथिबाट पहिरो खस्दा कच्ची घरको गारो भत्किइ पुरिएर अन्दाजी ५० वर्षीय यमबहादुर विकको मृत्यु भएको हो । गम्भीर घाईते यमबहादुरलाई उपचारका लागि गल्याङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
दुर्घटनामा पत्रकारको निधन
दुर्घटनामा पत्रकारको निधन सवारी दुर्घटनामा परी रुपन्देहीमा गए राति एक कलाकार तथा पत्रकारको निधन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ६ ड्राइभरटोल निवासी ३० वर्षीय कलाकार तथा पत्रकार कृष्णबाबु पाण्डेको आफैँले चलाएको कार दुर्घटनामा निधन भएको ५ नं प्रदेश प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए...
चक्कु प्रहार गरी श्रीमतीको हत्या
चक्कु प्रहार गरी श्रीमतीको हत्या काठमाडौँको टोखामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । टोखा नगरपालिका–३ बानियाँटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँलाई श्रीमती सलिना खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा आज बिहान पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
तानसेन पहिरो अपडेट : थप एकको सनाखत, मृतकको संख्या चार पुग्यो
तानसेन पहिरो अपडेट : थप एकको सनाखत, मृतकको संख्या चार पुग्यो जिल्लाको सदरमुकाम तानसेनदेखि ७ किलोमिटर टाढा तानसेन–रिडी सडक खण्डमा सोमबार गएको पहिरोले गाडी बगाउँदा पुरिएका थप एक जनाको सनाखत भएकोे छ । मंगलबार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले पहिरो पन्छाउने क्रममा थप एक जना पुरुषको शव निकालेका हुन् । उनी झापा शिवसतासी नगरपालिका ८ झिलेझिले बुद्धचोक बस्ने...
तानसेन पहिरो अपडेट : थप एकको शव भेटियो, मृतकको संख्या चार पुग्यो
तानसेन पहिरो अपडेट : थप एकको शव भेटियो, मृतकको संख्या चार पुग्यो जिल्लाको सदरमुकाम तानसेनदेखि ७ किलोमिटर टाढा तानसेन–रिडी सडक खण्डमा सोमबार गएको पहिरोले गाडी बगाउँदा थप एक जनाको शव भेटिएको छ । घटनास्थलमा मंगलबार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले थप एक जना पुरुषको शव निकालेका हुन् । उनको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यो...
खोलाले बगाएर बेपत्ता भएका बालककोे शव भेटियो
खोलाले बगाएर बेपत्ता भएका बालककोे शव भेटियो जिल्लाको पाणिनि गाउँपालिकामा तीन दिनदेखि खोलाले बगाएर बेपत्ता भएका बालकको शव भेटिएको छ । पाणिनि–४ पटौटीका सन्तबहादुर नेपालीका १३ वर्षीय छोरा पूजनको शव स्थानीय दुर्गाखोलामा भेटिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । सुस्त मनस्थितिकी माहिली आमासँग घर नजिकैको बारीमा जांँदै गर्दा जुकेखोला तर्न नसक्दा उनलाई खोलाले बगाएको थियो ।
तानसेनमा पहिरो : गाडी बगाउँदा तीनको मृत्यु,पहिचान खुल्न बाँकी (अपडेट)
तानसेनमा पहिरो : गाडी बगाउँदा तीनको मृत्यु,पहिचान खुल्न बाँकी (अपडेट) जिल्लाको सदरमुकाम तानसेनदेखि ७ किलोमिटर टाढा तानसेन–रिडी सडक खण्डमा पहिरोले गाडी बगाउँदा सोमबार तीन जनाको मृत्यु भएको छ । शुक्रबार राती देखि परेको अविरल वर्षाका कारण खसेको पहिरोले तानसेन नगरपालिका ११ सम्मोबारी नजिकै सडकमा रोकिएका चार सवारी बगाउँदा दुई जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।...
तानसेन पहिरो (अपडेट) : गाडी बगाउँदा मुत्यु हुनेको संख्या तीन पुग्यो
तानसेन पहिरो (अपडेट) : गाडी बगाउँदा मुत्यु हुनेको संख्या तीन पुग्यो जिल्लाको तानसेन नगरपालिका ११ सम्मोबारी नजिकै पहिरोले गाडी बगाउँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । घटनामा गम्भिर घाइते अवस्थामा उद्दार गरिएका एक पुरुषको उपचारका क्रममा युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तानसेनमा पहिरोले गाडी पुर्दा दुईको मृत्यु (थप विवरण आउन बाँकी)
तानसेनमा पहिरोले गाडी पुर्दा दुईको मृत्यु (थप विवरण आउन बाँकी) जिल्लाको तानसेन नगरपालिका ११ सम्मोबारीमा पहिरोले गाडी पुर्दा दुई जनाको मृत्यु भएको छ । शुक्रबार रातभर आएको अविरल वर्षाका कारण खसेको पहिरोले सडकमा गुडिरहेका पानी ट्यांकर, ट्रक र पिकअप जिप तल खसेको र कार बाटोमै पुरिएको छ ।
Weather Update