Shittalpati
तानसेन पहिरो (अपडेट) : गाडी बगाउँदा मुत्यु हुनेको संख्या तीन पुग्यो

पाल्पा । जिल्लाको तानसेन नगरपालिका ११ सम्मोबारी नजिकै पहिरोले गाडी बगाउँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । घटनामा गम्भिर घाइते अवस्थामा उद्दार गरिएका एक पुरुषको उपचारका क्रममा युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुई जनाको शव सडक तलबाट यस अघी नै निकालिएको थियो । उनीहरुको अझै पहिचान खुल्न सकेको छैन । शुक्रबार रातभर आएको अविरल वर्षाका कारण खसेको पहिरोले सडकमा रोकिरहेका पानी ट्यांकर, ट्रक र पिकअप जिप तल खसेको र कार बाटोमै पुरिएको छ । घटनाको थप विरण आउन बाँकी रहेको छ । अहिले त्यहाँ नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी उद्दारमा खटिएका छन् ।

प्रकाशित मिति: सोमबार, असार ८, २०७७  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update