Shittalpati
तानसेनमा पहिरोले गाडी पुर्दा दुईको मृत्यु (थप विवरण आउन बाँकी)


पाल्पा । जिल्लाको तानसेन नगरपालिका ११ सम्मोबारीमा पहिरोले गाडी पुर्दा दुई जनाको मृत्यु भएको छ । शुक्रबार रातभर आएको अविरल वर्षाका कारण खसेको पहिरोले सडकमा गुडिरहेका पानी ट्यांकर, ट्रक र पिकअप जिप तल खसेको र कार बाटोमै पुरिएको छ ।

सडक तलबाट दुई जनाको शव निकालिएको घटानास्थलबाट नवजनचेतना दैनिक सम्पादक जगदिश भट्टराईले जानकारी दिए । एक जना व्यक्तिलाई गम्भीर अवस्थामा उद्दार गरिएको छ । मृतकहरुको पहिचान खुल्न सकेको छैन ।

घटनाको थप विरण आउन बाँकी रहेको छ । अहिले त्यहाँ नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी उद्दारमा खटिएका छन् ।

(पहिरोमा परेका घाइतेलाई उद्दार गर्दै भिडियो सहित... )

प्रकाशित मिति: सोमबार, असार ८, २०७७  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update