तानसेन महोत्सव आजदेखि, स्वास्थ्य मन्त्री पौडेलले उद्घाटन गर्ने
शुक्रबार, चैत २२, २०८१
‘समर शेड्युल’ नहुँदा विमानस्थल फेरि सुनसान
बिहीबार, चैत २१, २०८१
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल एकपटक पुनः सुनसान भएको छ । मार्च २९ अर्थात यही चैत १६ गते सम्म केही चहलपहल रहेको विमानस्थलमा त्यसयता विमान कम्पनीले उडान गर्ने चासो नदेखाएका कारण सुनसान बन्न पुगेको हो ।
कुलमानको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश
बिहीबार, चैत २१, २०८१
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएका कुलमान घिसिङको रिटमा सर्वोच्च अदालतले सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशहरू डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले कुलमानलाई पदमुक्त गर्ने सरकारको निर्णयमाथिको प्रश्न मुद्दाको अन्तिम किनारा लगाउदा टुंगिने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
खुल्दैछन् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक
बिहीबार, चैत २१, २०८१
सामाजिक विभेद र लाञ्छनाका कारण समाजमा लुकेर बसेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकहरू पछिल्लो समय खुल्न थालेका छन् । आफ्नो पहिचान र मुद्दाबारे यस समुदायका केही व्यक्तिहरू सङ्गठित हुन थालेपछि लुकेर बसेकाहरू विस्तारै खुल्न थालेका हुन् ।
‘सहकारी, निजी र सरकार मिलेर गए मात्र देशको समृद्धि हासिल गर्न सकिन्छ’
बिहीबार, चैत २१, २०८१
सहकारी अभियन्ता तथा संविधानसभा सदस्य एवं राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव बडालले सहकारी, निजी क्षेत्र र सरकार मिलेर गए मात्र देशको समृद्धि हुने बताएका छन् ।
हिउँदे अधिवेशन समीक्षा : कानून निर्माण सुस्त, जवाफदेहिता कमजोर
बिहीबार, चैत २१, २०८१
संघीय संसद्का दुवै सदनको हिउँदे अधिवेशन मंगलबार रातिदेखि अन्त्य भएका छन् । प्रतिनिधिसभाको पाँचौँ अधिवेशन र राष्ट्रिय सभाको सत्रौं अधिवेशनमा विभिन्न विधेयक, अध्यादेश, सार्वजनिक महत्वका विषयहरू, वार्षिक प्रतिवेदनलगायत प्रस्तुत गरिए ।
आन्दोलनमा ज्यान गुमाएकाको परिवारलाई सरकारले १०/१० लाख दिने
बिहीबार, चैत २१, २०८१
राजावादीको आन्दोलनमा परी ज्यान गुमाएकाको परीवारलाई सरकारले १०/१० लाख दिने भएको छ । सरकारले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा ज्याउन गुमाएका पत्रकार सुरेश रजक र कीर्तिपुरका युवक सविन महर्जनको परिवारलाई उक्त सहयोग रकम दिने निर्णय गरेको हो ।
देशभरका शिक्षकहरु फेरी आन्दोलित
बिहीबार, चैत २१, २०८१
देशभरका शिक्षकहरू फेरि आन्दोलित भएका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै उनीहरु पुनः आन्दोलित भएका हुन् ।
आज राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
बुधबार, चैत २०, २०८१
आज राष्ट्रिय सहकारी दिवस पाल्पासहित देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सहकारी अभियन्ता, सहकारीकर्मी तथा विभिन्न सहकारी संघ संस्था र तिनका छाता संगठनहरुले विशेष कार्यक्रम गरी ६८ औं राष्ट्रिय सहकारी दिवस मनाउन लागेका छन् ।
लुम्बिनीमा उपकुलपति अन्तरराष्ट्रिय सम्मेलन हुँदै
मंगलबार, चैत १९, २०८१
लुम्बिनी बौद्ध विश्वविद्यालयले यही चैत २० र २१ गते लुम्बिनीमा अन्तरराष्ट्रिय उपकुलपति सम्मेलन आयोजना गर्दै छ । विश्वविद्यालय अनुदान आयोगको सहयोग तथा ग्लोबल युनिभर्सिटी नेटवर्कको सहकार्यमा भोलिदेखि हुने दुईदिने उपकुलपति सम्मेलन लुम्बिनीस्थित बौद्ध विश्वविद्यालयमा हुनेछ ।
विदेशबाट फर्केर बगरमा तरभुजाखेती
मंगलबार, चैत १९, २०८१
लमहीका युवराज पौडेल दुई वर्ष साउदीअरब बसेर २०७५ सालमा नेपाल आए । यहाँ आएपछि के काम गर्ने भन्ने उनलाई अन्योल थियो । साउदीमा पानीको मात्रा धेरै भएको र माटो कम भएको देशमा खेती गरेर आत्मनिर्भर भएको देखेकाले नेपालमा पनि केही गरौ भन्ने सोचाइ आएको उनले बताए ।
महिलालाई पञ्चैबाजा बजाउने प्रशिक्षण
मंगलबार, चैत १९, २०८१
परम्परागत कला संस्कृतिको संरक्षण र जगेर्ना गर्नका लागि पाल्पाको रम्भा गाउँपालिकाका महिलालाई वाद्यवादनसम्बन्धी सीप प्रदान गरिएको छ । वडा नं २ स्थित कोटथरका महिलालाई लक्षित गरेर पञ्चैबाजा बजाउने सीप प्रदान गरिएको हो ।
राप्रपा सांसद बोहराको निधन
मंगलबार, चैत १९, २०८१
प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहराको ७६ वर्षको उमेरमा निधन भएको छ ।


