Shittalpati
एमाले महाधिवेशन : अध्यक्षमा ओली विजयी, पदाधिकारीमा को–को भए निर्वाचित ?

पाल्पा,  नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा  केपी शर्मा ओली विजयी भएका छन् । प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई पराजित गर्दै अध्यक्षमा ओलीले विजयी भएका हुन् ।

अन्तिम मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार ओलीले १ हजार सय ६६३ मत ल्याएर विजयी भए भने पोखरेलले ५ सय ६४ मत प्राप्त गरी पराजित भए । ओली नवौं र दशौं महाधिवेशनमा समेत अध्यक्षमा निर्वाचित भएका थिए ।
यसैगरी महासचिवमा ओली प्यानलका शंकर पोखरेल विजयी भएका छन् । निर्वाचन आयोगले दिएको अन्तिम मतपरिणाम अनुसार पोखरेलले १ हजार २२८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९ सय ९९ मत प्राप्त गरेका छन् । उपाध्यक्ष र उपमहासचिवमा पोखरेल प्यानलमा गोकर्ण विष्ट र योगेश भट्टराई विजयी भएका छन् । 

एमालेको पाँच उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्णराज विष्ट र रघुजी पन्त विजयी भएका छन् ।  उपमहासचिवमा  लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भए ।  एमालेको सचिव पदमा ओलीको प्यानलका ९ जना नै विजयी भएको छन् ।  सचिवमा महेश बस्नेत, पद्माकुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मतकुमार कार्की, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई र भानुभक्त ढकाल रहेका छन् । निर्वाचनमा २ हजार २ सय २७ मत खसेको थियो । ११औं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार ३६ जना महाधिवेशन प्रतिनिधि मतदानमा अनुपस्थित भएका थिए ।
 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update