आज विश्व सिमसार दिवस मनाइदै
मंगलबार, माघ २०, २०७७
तानसेन ४ का वडा अध्यक्ष शाक्यको निधन
सोमबार, माघ १९, २०७७
तानसेन नगरपालिका ४ का वडा अध्यक्ष राजेन्द्रमुनी शाक्यको निधन भएको छ । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित अध्यक्ष शाक्यको सोमबार निधन भएको हो ।
पाल्पा र गुल्मीमा पनि संसद विघटनविरुद्ध प्रदर्शन
सोमबार, माघ १९, २०७७
केपी शर्मा ओली नेतृत्वको सरकारले असंवैधानिक भएर गरेको संसद विघटनविरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरुले तेस्रो चरणको आन्दोलन अन्तर्गत सोमबार ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेका छन् । काँग्रेसका १३ वटै भ्रातृसंस्थाले विरोध प्रदर्शन गरेका हुन् ।
कक्षा १२ को नतिजा सार्वजनिक
सोमबार, माघ १९, २०७७
राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । आज सोमबार सार्वजनिक गरिएको नतिजानुसार छ हजार ९ सय १६ जनाले ३.६१ देखि ४ जिपिए, ३८ हजार ४ सय ८० जनाले ३.२१ देखि ३.६० जिपिए, एक लाख नौ हजार ३ सय १२ जनाले २.८१ देखि...
स्थानीय तहले गर्यो अभिभावक र विद्यार्थीलाई सम्मान
सोमबार, माघ १९, २०७७
माथागढी गाउँपालिकाले अभिभावक र विद्यार्थीहरुलाई सम्मान गरेको छ । गाउँपालिका भित्रका उत्कृष्ट अभिभावक र विद्यार्थीहरुलाई गाउँपालिकाले एक कार्यक्रमका बिच सम्मान गरेको हो । गाउँपालिकाले शिक्षालाई गुणस्तरीय, व्यवहारिक बनाउनका लागि उत्प्रेरित बनाउन अभिभावक र विद्यार्थीहरुलाई सम्मान गरेको जनाएको छ ।
गुल्मीमा शान्ति सुरक्षामा चुनौती, रोकिएनन् आपराधिक क्रियाकलाप
सोमबार, माघ १९, २०७७
गुल्मीमा पछिल्लो समय आपराधिक क्रियाकलाप बढ्दै गएका छन् । झारफुकको नाममा तातो पन्यूले डामेर हत्या, विद्यालयमै विद्यार्थीमाथि निर्घात कुटपिटदेखि किसानका गोठमा आगलागीसम्मका घटना घटेका छन् । घटनाका अपराधी पत्ता लगाउन नसक्दा जिल्लामा शान्ति सुरक्षाको चुनौती बढ्दै गएको हो ।
माथागढी गाउँपालिकाको सेवा डिजिटलमार्फत
सोमबार, माघ १९, २०७७
जिल्लाको माथागढी गाउँपालिकाकाले आफ्नो सेवालाई डिजिटाईजेशन गरेको छ । गाउँपालिकाले सेवालाई चुस्त र पारदर्शी बनाउन हस्तलिखित अभिलेखहरुलाई डिजिटाईजेशन गरेको हो ।
पाल्पामा आइतबारसम्म १३ सय बढीले लगाए कोरोना खोप
आइतबार, माघ १८, २०७७
पाल्पामा जिल्ला अस्पताल, लुम्बिनी मेडिकल कलेज, प्रभास, युनाईटेड मिसन अस्पताल तानसेन र रामपुर अस्पताल रामपुरका केन्द्रबाट कोरोना खोप दिइएको स्वास्थ्य कार्यालयले जननाएको छ । पहिलो चरणको खोप अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, एम्बुलेन्स चालक, नगरपालिकाका सरसफाईकर्मी लगायतले लगाएका छन् ।
प्रधानमन्त्री ओलीले देशलाई अस्थिर बनाउन खोजेको आरोप
आइतबार, माघ १८, २०७७
प्रधानमन्त्रीको असंवैधानिक कदमले शिक्षा क्षेत्रमा समेत ठूलो असर पार्ने सहभागी शिक्षकहरुले बताएका छन् । उनीहरुले वर्तमान सरकारले शिक्षामाथी खेलवाड गरेको अरोप लगाए ।
कोरोनाबाट थप तीन नेपालीको निधन
आइतबार, माघ १८, २०७७
कोरोना भाइरस संक्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा तीन जनाको संक्रमणका कारण निधन भएको हो । यो सहित विदेशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको संख्या ३ सय ३० जना पुगेको छ ।
सन्दर्भःकुष्ठरोग दिवस, पाल्पा कुष्ठरोग निवारणको चरणमा
आइतबार, माघ १८, २०७७
विगतका वर्षहरुको तुलनामा पाल्पामा कुष्ठरोगीहरुको संख्यामा कमी हुँदै गएको जिल्ला जनस्वाथ्य कार्यालयका प्रमुख विश्वनाथ न्यौपानेले बताए । उनले भने,‘पाल्पा अहिले कुष्ठरोग निवारणको चरणमा छ कुष्ठरोग अन्त्य पनि भइनसकेको र विकराल समस्या पनि छैनन् ।’
पत्रकार खत्री उत्कृष्ट संवाददाताको रुपमा पुरस्कृत
शनिबार, माघ १७, २०७७
टेलिभिजनको शनिबार काठमाडौंमा भएको भव्य समारोहमा प्रमुख अतिथि तथा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्गले खत्रीलाई प्रमाण पत्रले सम्मान गरेका थिए ।
निर्वाचनमा केन्द्रित हुन मन्त्री रायमाझीद्वारा कार्यकर्तालाई निर्देशन
शनिबार, माघ १७, २०७७
नेकपा दोलखा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज यहाँ आयोजित ‘बृहत कार्यकर्ता भेला’ लाई सम्बोधन गर्दै उहाँले नेकपा दाहाल–नेपाल समूहका नेता तथा कार्यकर्ताले भ्रम सिर्जना गरिरहेकाले कत्ति पनि भ्रममा नपरी चुनावमा लाग्न निर्देशन दिएका हुन् ।


