त्रिविद्वारा शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह
मंगलबार, असोज २७, २०७७
बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु
मंगलबार, असोज २७, २०७७
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा एकजना कोराना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका–३ का ७२ वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार बिहान ९ः४५ बजे मृत्यु भएको हो ।
चाडपर्व नजिकिएसँगै गुल्मी प्रहरीद्वारा सवारी चेकजाँच तिव्र
मंगलबार, असोज २७, २०७७
चाडपर्व नजिकिएसँगै गुल्मी प्रहरीले सवारी चेकजाँच कार्यलाई तिव्र पारेको छ । जिल्लामा सवारी चेकजाँचलाई तिव्र बनाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
आज प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाइदै
मंगलबार, असोज २७, २०७७
आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । हरेक वर्ष विश्व समूदायले अक्टोबर महिनाको १३ तारिखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने गर्दछ ।
सोमबार १४ सय ७३ जना कोरोनामुक्त
सोमबार, असोज २६, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा १४ सय ७३ जना कोरोनामुक्ता भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा.जागेश्वर गौतमले देशका विभिन्न जिल्लाका १४ सय ७३ संक्रमित निको भएका हुन् ।
सुशील कोइराला सोसलिष्ट युथ सर्कल पाल्पाको अध्यक्षमा चन्द
सोमबार, असोज २६, २०७७
पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्व सभापति स्व.सुशील कोईरालाको सम्झनामा स्थापित सुशील कोईराला सोसलिष्ट युथ सर्कल पाल्पाको अध्यक्षमा विद्यार्थी नेता युबराज चन्द ठकुरी चयन भएका छन् । चन्दलाई सर्कलका केन्द्रीय अध्यक्ष तारा बहादुर थापाले जिल्ला कार्यसमितिको अध्यक्ष पदको जिम्मेवारीको हस्ताक्षरित पत्र पठाएका छन् ।
पाल्पामा फरार अभियुक्त पक्राउ
आइतबार, असोज २५, २०७७
जिल्लामा चोरी मुद्दामा फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले फरार सूचिमा रहेका रैनादेवी छहरा–८, का २२ वर्षीय जीवन रायमाझीलाई पक्राउ गरेको हो ।
पाल्पामा थप ३३ जनामा कोरोना पुष्टि
आइतबार, असोज २५, २०७७
पाल्पामा थप ३३ जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई प्राप्त विवरण अनुसार २३ जना पुरुष र १० जना महिलामा कोरोना संक्रमण देखिएको सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए ।
शिक्षामन्त्री पोखरेललाई संक्रमण
आइतबार, असोज २५, २०७७
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोभिड –१९ संक्रमण देखिएको छ । मन्त्री पोखरेललाई पछिल्लो परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।
बुटवलमा एकै दिन तीन कोरोना संक्रमितको मृत्यु
आइतबार, असोज २५, २०७७
बुटवलमा कोरोना संक्रमितको एकै दिन तीन जनाको मृत्यु भएको छ । आइतबार अस्पतालका कोरोना संक्रमितको उपचारका लागि सघन उपचार कक्षको अभाव हुँदा एक संक्रमितको मृत्यु भएको छ । अर्को एकको उपचारका लागि बुटवल बाहिर लैजाँदै गर्दा बाटामा मृत्यु भएको छ ।
आज गैरआवासीय नेपाली दिवस मनाइदै
आइतबार, असोज २५, २०७७
आज गैरआवासीय नेपाली दिवस मनाइदै छ । नेपाल सरकारले गैरआवासीय नेपाली दिवस एनआरएन डे भनेर अक्टोबर ११ लाई घोषणा गरेपश्चात नेपालमा हरेक वर्ष यसैदिन गैरआवासीय दिवस मनाउने गरिएको हो ।
सशस्त्र प्रहरीद्वारा मन्दिर सरसफाई
शनिबार, असोज २४, २०७७
विजयादशमीको पूर्वसंन्ध्यामा शसस्त्र प्रहरी बल नेपाल नं. ३५ गुल्म हेडक्वाटर पाल्पाको आयोजनामा तानपा १ ध्रुवघाटको चण्डीमन्दिर परिसर शनिबार सरसफाई कार्य भएको छ ।
श्रीनगर रेडक्रसले दियो गृहणीलाई मनोसामाजिक प्राथमिक उपचार तालिम
शनिबार, असोज २४, २०७७
तानसेनको सामाजिक क्षेत्रमा क्रियाशिल नेपाल रेडक्रस सोसाईटी श्रीनगर उपशाखाले गृहणीहरुलाई मनोसामाजिक प्राथमिक उपचार तालिम दिएको छ ।


