Shittalpati
प्रजातान्त्रिक आन्दोलनका योद्धा गाहाको स्मृतिमा शोक सभा

पाल्पा, पूर्वी पाल्पाको प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व. डिलबहादुर गाहाको स्मृतिमा शोक सभा आयोजना गरिएको छ । नेपाली काँग्रेस पाल्पाले पूर्वी पाल्पाको प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेका गाहाको सम्झनामा शोक सभा गरेको हो ।

सभामा नेपाली काँग्रेस पाल्पामा सभापति तथा लुम्बिनी प्रदेशका सांसद वीरबहादुर रानाले कुशल नेतृत्वका कारण प्रजातान्त्रिक आन्दोलन सफल भएको बताउदै गाहाले नेपालमा चलेको स्वतन्त्रताकाको आन्दोलनमा महत्वपूर्ण भूमिका रहेको बताए ।

शोक सभामा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य राजन प्रसाद पन्तले स्व.गाहाले मुक्ति सेनाको माध्यमबाट प्रजातान्त्रिक आन्दोलनमा खेलेको भूमिका प्रति चर्चा गरेका थिए ।

महिला संघका केन्द्रीय सदस्य रमा पन्तले राम्रो परिवार राम्रो शिक्षाका कारणले स्व. गाहाको सन्तती समेत प्रजातान्त्रिक आन्दोलनबाट उपलब्धीको रक्षाका लागि निरन्तर रुपमा लागि परेको बताइन् । नेपाली काँग्रेसका क्षेत्रीय सभापति तथा माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले पार्टीको कर्मठ लगनशिल,अभिभावकको निधनले सिंगो पार्टीलाई स्तव्ध तुल्याएको बताए । स्व. गाहाको ९२ वर्षको उमेरमा यही चैत १३ निधन भएको थियो ।

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update