Shittalpati
एक प्रहरी निरीक्षक सहित ३४ ट्राफिक सम्मानित

पाल्पा,एक प्रहरी निरीक्षक सहित ३४ ट्राफिक प्रहरी सम्मानित भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरी जिम्मेवारी निर्वाह गर्ने प्रहरीलाई बुधबार एक कार्यक्रमका बीच सम्मान गरेको हो ।

सम्मानित हुनेहरु मध्ये ७ जनालाई नगद सहित वृद्धि विकासमा समेत सहयोग हुने गरी अभिलेखमा जानिने गरि पुरस्कृत गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले एनजेडीलाई जानकारी दिए । नेपाल प्रहरी संगठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लङ्घन गर्ने कुनै पनि चालकहरूको प्रलोभनमा नपर्न नियमित ब्रिफिङ एव निर्देशन दिँदै आएको जनाएको छ ।

ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षमा प्रलोभनमा पार्न खोज्ने १ सय ३६ जना सवारी चालकहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने ९३ जना प्रहरी कर्मचारीलाई पुरस्कार एव प्रशंसा पत्रद्वारा सम्मान गरेको छ ।

आम सवारी चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न र उल्लङ्घन पश्चात् हुने कारवाहीबाट बच्न ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्ने प्रयास नगर्न महाशाखाले आग्रह गरेको छ । यस प्रकारका गलत संस्कारले नियम नमान्ने परिपाटीमा थप बल पुग्नुको साथै समग्र सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा समेत असर गर्ने महाशाखाको बुझाइ छ ।

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  १९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update