Shittalpati
चन्द्रमा बचत तथा ऋण सहकारी संस्थाद्वारा अस्पतालाई ट्रली

रमेश विश्वकर्मा
गुल्मी, जिल्लामा रहेको चन्द्रमा बचत तथा ऋण सहकारी संस्थाले जिल्ला अस्पताल गुल्मीलाई ट्रली हस्तान्तरण गरेको छ । सातौं स्थापना दिवसको अवसर पारेर सहकारीले ट्रली हस्तान्तरण गरेको हो ।

सहकारी र भूपू सैनिकका एम्बुलेन्स चालक समेत रहेका रामबहादुर कुँवरको संयुक्त लगानीमा अस्पताललाई ट्रली हस्तान्तरण गरिएको अध्यक्ष कुलदिप थापाले जानकरी दिए । ‘अस्पतालमा ट्रलीको अत्यन्तै आवश्यकता रहेको हुनाले हामीले हस्तान्तरण गरेका हौं’, अध्यक्ष थापाले भने,‘बिरामी बोक्नको लागि अस्पतालाई ठूलो सहयोग पुग्नेछ ।’ अस्पातालका प्रमुख डा.उत्तम पच्याले अस्पतालको आवश्यकतालाई बुझेर ट्रली हस्तारण गरेको प्रति खुसी हुँदै धन्यवाद दिए । यस्तै अन्य कल्याणकरी कार्यहरु संस्थाले गर्दै जाओस् भन्दै शुभकामना समेत दिए । कार्यक्रममा जिल्ला सहकारी संघका सदस्य रामलाल पाण्डेयले सहकारीहरुले समुदायको आवश्यकतालाई पहिचान गर्दै आफ्नो दायित्व पुरा गरेको बताए ।

२०७० सालमा स्थापना भएको यस सहकारी संस्थामा ४ सय १६ शेयर सदस्य रहेका छन् । भने ९० जना बालसदस्य रहेको प्रबन्धक अमृता पराजुलीले जानकारी दिइन् । सहकारीको शेयर पूँजी ३७ लाख रहेको छ, भने २ करोड भन्दा बढीको कारोबार रहेको पराजुलीले बताइन् । यस सहकारी संस्थाका सदस्य पूर्णबहादुर गुरुङ्गले भुपु सैनिक र समुदायबीच सहकारीले पुलको काम गरेको र आर्थिक, सामाजिक र सांस्कृतिक प्रगतिका लागि सकरात्मक भूमिका खेलेको बताए । सोही अवसरमा अस्पतालका बिरामीहरुलाई फलफूल समेत वितरण गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update