
पाल्पा, प.प. मावि तानसेनको २०४२ को अध्यक्षमा साहित्यकार तथा प्राध्यापक पुष्करराज रेग्मी चयन भएका छन् । २०४२ सालको ब्याजका पूर्वविद्यार्थीहरुको समूहले तेस्रो अधिवेशनमा रेग्मीलाई पुनः अध्यक्षमा चयन गरेको हो ।
पूर्वविद्यार्थीहरुको तानसेनमा भएको भेला तथा तेस्रो अधिवेशनले रेग्मीलाई आगामी दुई वर्षेकार्यकालका लागि अध्यक्षमा पुनः चयन गरेको बताइएको छ । समूह सदस्यहरुमा मचिन्द्र थापा, वीरेन्द्र घिमिरे, अमृतप्रसाद श्रेष्ठ, डा. नरमाया थापा, कल्पना श्रेष्ठ र निलम गौतम निर्विरोध चयन भएका छन् । समूहले विगत तीन वर्षदेखि २०४२ साल समूहको भेला गर्दै आएको छ । समूहले यस अघि बुटवल, र सौराहामा सम्पन्न गरेको पुर्नमिलन यस पटक पाल्पाको तानसेनमा गरेको हो ।
प.प. माविमा अध्ययन पश्चात छुट्टिएका काठमाडौं, भरतपुर, बर्दिवास, बर्दघाट, भक्तपुर, नवलपरासी, रुपन्देही र कैलालीका साथीहरुको पुर्नमिलन भएको हो । यस समूहले आफ्ना सदस्य साथीहरु बिच सहयोगको आदान–प्रदान गर्ने,सदस्यता शुल्क उठाई बैंकमा राख्ने र समूह कार्यका लागि खर्च गर्ने गरेको छ । यस वर्षको भेलाले न्यूनतम दुई/दुई वर्षमा भेला गर्ने, सदस्य साथीहरुलाई बधाई शुभकामनाका साथै सम्मान गर्दैै जाने, स्वर्गीय गुरुहरुप्रति श्रद्धाञ्जली अपर्ण गर्ने, विद्यालयले शोध, खोज र सोंच राखेको अवस्थामा आवश्यकता अनुसार लक्षित क्षेत्रमा सहयोग गर्दै जाने निर्णय गरिएको अध्यक्ष रेग्मीले बताए । दुई दिनसम्म भएको भेलामा पहिलो दिन उपस्थिती एवं पुर्नमिलन भोज,दोस्रो दिन रानीघाट दरबारअवलोकन, श्रीनगरमा रमाइलो वनभोज आयोजना गरिएको थियो । कार्यक्रममा परिचयका साथै आगामी योजनाका विषयमा छलफल गरिएको थियो । ४२ जना साथीहरुको उपस्थिती रहेको कार्यक्रममा सबैले आ–आफ्ना अनुभव, संर्घष र जीवनका विषयमा बताएका थिए । अध्यक्ष रेग्मीको अध्यक्षता, पशुपति प्रधानको स्वागत, भुनुकुमारी थापाको सञ्चालनका कार्यक्रम भएको थियो ।