शैक्षिक व्यक्तित्व उपाध्यायको सम्झनामा स्मृति सभा
सोमबार, चैत २८, २०७८
पाल्पा काँग्रेसको सञ्चार समितिले गर्यो प्रेस युनियनसँग छलफल
आइतबार, चैत २७, २०७८
नेपाली काँग्रेसको सूचना तथा सञ्चार समितिले नेपाल प्रेस युनियनसँग छलफल गरेको छ । समितिले आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाल प्रेस युनियनको भूमिका विषयमा छलफल गरेको हो ।
पाल्पा काँग्रेसले गर्यो जिम्मेवारी बाँडफाँड
आइतबार, चैत २७, २०७८
नेपाली काँग्रेस पाल्पाले जिम्मेवारी बाँडफाँड गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी काँग्रेसले विभिन्न नेताहरुलाई जिम्मेवारी बाँडफाँड गरेको हो ।
अवैध हतियार बुझाउन पाल्पा प्रशासनको उर्दी
आइतबार, चैत २७, २०७८
अवैध रूपमा राखिएका हतियार बुझाउन जिल्ला प्रशासन कार्यालय पाल्पाले जिल्लावासीमा उर्दी जारी गरेको छ । स्थानीय तहको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले यस अघि सूचना जारी गरे पनि केही व्यक्तिहरुले नबुझाएपछि प्रशासनले अर्को सूचना निकाली अवैध हतियार बुझाउन उर्दी जारी गरेको हो ।
पाल्पामा टाइफाइड खोप अभियान उत्साहजनक
आइतबार, चैत २७, २०७८
जिल्लामा सञ्चालन भएको टाइफाइडविरुद्धको खोप अभियान उत्साहजन देखिएको छ । प्रत्येक स्थानीय तहको वडा–वडामा भएको खोप अभियानमा उत्साहजनक रुपमा सहभागिता देखिएको हो ।
निस्दीको नवलपुरमा काँग्रेसको कार्यकर्ता भेटघाट
शनिबार, चैत २६, २०७८
जिल्लाको निस्दी गाउँपालिका नवलपुरमा काँग्रेसको कार्यकर्ता भेटघाट कार्यक्रम भएको छ । नेपाली काँग्रेस निस्दीको आयोजनामा कार्यकर्ता भेटघाट कार्यक्रम भएको हो ।
जित्नेलाई सिफारिस गरौँ, मेरो होईन हाम्रोलाई उम्मेदवार बनाऔं : नेता केसी
शनिबार, चैत २६, २०७८
नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र केसीले आगामी स्थानीय तहको निर्वाचनमा जित्नेलाई मात्र उम्मेदवारका लागि सिफारिस गर्नु पर्ने बताएका छन् ।
आइतबार देशभर सार्वजनिक बिदा
शनिबार, चैत २६, २०७८
सरकारले राम नवमीको अवसरमा आइतबार देशभर सार्वजनिक बिदा दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार शनिबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा घोषणा गरेको हो ।
सुत्केरी खर्चले थप्यो पशुपालनमा उर्जा
शनिबार, चैत २६, २०७८
नागिनी एग्रो एण्ड रिसर्च सेन्टर प्रालिका सञ्चालक नरनारायण अर्यालले ३६ वटा भैँसी सुत्केरी भएवापत ३६ हजार रकम बुझे । सो रकम पशु सुत्केरी पोषण खर्चका निम्ति अर्याललाई उपलब्ध गराइएको हो ।
हरित स्वयंसेवकलाई प्रविधि सिकाइ तालिम
शनिबार, चैत २६, २०७८
जिल्लामा हरित स्वयंसेवकका लागि प्रविधि सम्बन्धी सिकाइ तालिम दिइएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीले कृषि क्षेत्रको विकास र विस्तारमा काम गर्दै आएका हरित स्वयंसेवकका लागि प्रविधि सम्बन्धी सिकाइ तालिम दिएको हो ।
तानसेनमा वाइसीएलको नगर कमिटी गठन
शुक्रबार, चैत २५, २०७८
तानसेनमा वाइसीयएल नगर कमिटी गठन गरिएको छ । योङ् कम्युनिष्ट लिग नेपाल तानसेनको भेलाले नविन घिमिरेको अध्यक्षतामा ५१ सदस्यीय वाइसीएल नगर कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा मनिष रावल, चेतन फाल मगर, सचिवमा सुरेश बिष्ट, सहसचिवमा मीन अर्घाली र कोषाध्क्षमा महेश कार्की रहेका छन् ।
मालिकाका घर–घरमा डिजिटल परिचयपत्रको शुभारम्भ
शुक्रबार, चैत २५, २०७८
जिल्लाको मालिका गाउँपालिकाका घर–घरमा डिजिटल परिचयपत्र बनाउने कार्यको शुभारम्भ गरिएको छ । गाउँपालिकाको भिलेज प्रोफाइल कार्यक्रम अन्तर्गत गाउँपालिकाका प्रत्येक घर–घरमा डिजिटल परिचयपत्र बनाउने कार्यको एक औपचारिक कार्यक्रमका बिच शुभारम्भ गरिएको हो ।
बगनासकालीका दुई जना एमाले छाडेर काँग्रेसमा प्रवेश
बिहीबार, चैत २४, २०७८
स्थानीय तहको चुनाव नजिकिएसँगै पाल्पामा काँग्रेस प्रवेश गर्ने क्रम बढेको छ । कम्युनिष्ट पार्टीका गतिविधिहरुबाट असन्तुष्ट जनाउँदै काँग्रेस प्रवेश गर्ने क्रम बढेको हो ।


