आइतबार देशभर सार्वजनिक बिदा

पाल्पा, सरकारले राम नवमीको अवसरमा आइतबार देशभर सार्वजनिक बिदा दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार शनिबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा घोषणा गरेको हो ।
गृहमन्त्रालयका प्रवक्ताले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वि.सं. २०७८ साल चैत्र २७ गते आइतबार रामनवमीको अवसरमा नेपाल राज्यभर सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०७८/१२/२४ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ हिन्दु परम्परा अनुसार हरेक वर्ष चैत्र शुक्ल तिथिमा रामनवमी मनाउने गरिन्छ ।
प्रकाशित मिति: शनिबार, चैत २६, २०७८
प्रतिक्रिया दिनुहोस्