Shittalpati
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज राजीनामा दिएका छन् । मुुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको प्रदेशसभामा नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।
पाल्पामा बाघको छाला सहित दुई जना पक्राउ
पाल्पामा बाघको छाला सहित दुई जना पक्राउ दुर्लभ बाघको छाला सहित मंगलबार प्रहरीले पाल्पाबाट दुई जना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले बाघको छाला तस्करी गिरोहमा संलग्न रिब्दीकोट गाउँपालिका ७ का ४२ वर्षीय विष्णु खत्री र सोही ठाउँका ४० वर्षीय रविल मियाँलाई पक्राउ गरेको हो ।
पाल्पा कोरोना अपडेट : मंगलबार ६८ जना संक्रमितले कोरोना जिते, ४९ जनामा संक्रमण
पाल्पा कोरोना अपडेट : मंगलबार ६८ जना संक्रमितले कोरोना जिते, ४९ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा ६८ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ६८ जना संक्रमितले कोरोना जितेका हुन् ।
मालपोत कार्यालय पाल्पाका कर्मचारीमा कोरोना देखिएपछि सेवा रोकियो
मालपोत कार्यालय पाल्पाका कर्मचारीमा कोरोना देखिएपछि सेवा रोकियो मालपोत कार्यालय पाल्पामा कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि केही समयका लागि सेवा रोकिएको छ । कार्यालयमा कार्यरत अधिकृतसहित ५ जना कर्मचारीमा कोरोना परीक्षण गर्दा संक्रमण देखिएपछि साउन ३२ गतेसम्मका लागि कार्यालयको सेवा रोकिएको हो ।
गुल्मीका ६० हजार नागरिक स्वास्थ्य बीमाको पहुँचमा
गुल्मीका ६० हजार नागरिक स्वास्थ्य बीमाको पहुँचमा गुल्मीका ६० हजार भन्दा बढी नागरिक स्वास्थ्य बीमाको पहुँचमा पुगेका छन् । डेढ वर्षको अवधिमा यहाँका ६० हजार ५ सयले नागरिकले स्वास्थ्य बीमा गराएका हुन् । बीमा गरेकाले पनि नियमित नविकरण गरेका छैनन् । नेपाल सरकारले योगदानमा आधारित स्वास्थ्य बीमा कार्यक्रम २०७६ माघबाट गुल्मीबाट सुरु गरेको थियो ।
पाल्पा कोरोना अपडेट : सोमबार ८९ जना नयाँ संक्रमित थपिए, ३० जना निको
पाल्पा कोरोना अपडेट : सोमबार ८९ जना नयाँ संक्रमित थपिए, ३० जना निको जिल्लामा पछिल्लो २४ घण्टामा ८९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ८९ जना नयाँ संक्रमित थपिएका हुन् ।
पाल्पामा ‘तपाईंको मास्क खोइ ?’अभियान तीव्र
पाल्पामा ‘तपाईंको मास्क खोइ ?’अभियान तीव्र पाल्पामा ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिइएको छ । जिल्लामा कोभिड–१९ संक्रमणमा देखिएको वृद्धिसँगै नेपाल प्रहरीले पुनः ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिन थालेको हो ।
पुरानो पानी ट्याङकी टोल विकास संस्थामा नयाँ नेतृत्व,अध्यक्षमा पाण्डे
पुरानो पानी ट्याङकी टोल विकास संस्थामा नयाँ नेतृत्व,अध्यक्षमा पाण्डे सामाजिक क्षेत्रमा सक्रिय रहेको पुरानो पानी ट्याङकी टोल विकास संस्थामा नयाँ नेतृत्व आएको छ । तानसेन नगरपालिका ३ भगवतीटोलमा रहेको टोल विकास संस्थामा आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व आएको हो । संस्थाको तेस्रो अधिवेशनले सारदा पाण्डेको अध्यक्षतामा ९ कार्यसमिति चयन गरेको छ ।
भैँसीपालनमा भविष्य खोज्दै रामपुरका युवा
भैँसीपालनमा भविष्य खोज्दै रामपुरका युवा ‘विदेश गए धेरै दिन बसिन, किन बेच्नी रगत र पसिना, चिन्ता छैन केही, मलाई कतार पनि यहीँ, दुबई पनि यहीँ, मलाई मलेसिया यहीँ ।’ गायक पशुपति शर्माले गाएको यो गीत रामपुरका युवा बलबहादुर रानाको जीवनसँग मेल खाएको छ । दाम र कामको खोजीमा उनले चार वर्ष दुबईमा बिताए ।
गुल्मीमा  माक्स नलगाई हिड्ने कारवाहीमा
गुल्मीमा माक्स नलगाई हिड्ने कारवाहीमा जिल्लामा मास्क नलगाई घरबाहिर हिड्नेलाई प्रहरीले कारवाही गरेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा गर्न बनेको अध्यादेश २०७८ तथा स्थानीय प्रशासन ऐन २०२८ बोमोजिक निषेधाज्ञाको अवज्ञा गरी माक्स नलगाई हिड्डुल गर्ने १६ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिई कारवाही गरेको हो ।
एनआरएन स्कटल्याण्डको अध्यक्षमा भण्डारी
एनआरएन स्कटल्याण्डको अध्यक्षमा भण्डारी गैर आवासीय नेपाली संघ (एनआरएन), राज्य समन्वय परिषद् स्कटल्याण्डको अध्यक्षमा काशिराम भण्डारी विजयी भएका छन् । सफल व्यवसायी तथा सामाजिक क्षेत्रमा क्रियाशिल भण्डारी आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
Weather Update