Shittalpati
काँग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी
काँग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी नेपाली काँग्रेस उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । पार्टीको १४औं महाधिवेशनअन्तर्गत भएको चुनावमा यी दुई जना विजयी भएका हुन् ।
लैनो भैंसीपालन गर्ने किसानलाई अनुदान
लैनो भैंसीपालन गर्ने किसानलाई अनुदान लैनो भैंसीपालन गरी दूध उत्पादन गर्ने किसानलाई तानसेन नगरपालिकाले अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले किसानलाई ४० हजार अनुदान उपलब्ध गराएको हो । व्यावसायिक रूपमा भैंसीपालन गरी दूधमा आत्मनिर्भर बनाउन किसानलाई अनुदान प्रदान गरिएको तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले बताए ।
बुधबार दुई सय ८० संक्रमित थपिए
बुधबार दुई सय ८० संक्रमित थपिए नेपालमा पछिल्लो २४ घण्टामा २ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । बुधबार देशभरका विभिन्न स्थानबाट २ सय ८० संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नियमित कोरोना अपडेटमा ९ हजार २ सय १२ जनाको पीसीरआर परीक्षणमा २ सय ५२ जनामा संक्रमण देखिएको हो ।
निजामती कर्मचारी युनियन गल्कोटको अध्यक्षमा जिसी
निजामती कर्मचारी युनियन गल्कोटको अध्यक्षमा जिसी नेपाल निजामती कर्मचारी युनियन गल्कोट नगरपालिका बाग्लुङको अध्यक्षमा राजन जिसी चयन भएका छन् । गल्कोट नगरपालिकाको प्रथम नगर अधिवेशनबाट जिसी युनियनको अध्यक्षमा चयन भएका हुन् ।
काँग्रेस सभापतिमा फेरी देउवा निर्वाचित
काँग्रेस सभापतिमा फेरी देउवा निर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएका छन् । सभापतिका लागि मङ्गलबार भएको पुनः मतदानबाट उनी विजयी भएका हन् । देउवा दोस्रो कार्यकालका लागि सभापतिमा विजयी भएका हन् ।
संसदमा विरोधका बीच अध्यादेश पेश
संसदमा विरोधका बीच अध्यादेश पेश मंगलबार बसेको संसद् बैंठकमा एमाले सांसदको विरोधका बीच अध्यादेश पेश भएको छ । कानुन न्याय तथा संसदीय मामीलामन्त्री दिलेन्द्र प्रसाद वडुले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश पेश गरेका हुन् । यस्तै, बडुले रेल्वे अध्यादेश पनि पेश गरे ।
गुल्मीमा सडक बालबालिकालाई विद्यालय
गुल्मीमा सडक बालबालिकालाई विद्यालय जिल्लामा रहेका सडक बालबालिकाहरुको उद्दार गरी विद्यालय पुर्‍याइएको छ । सदरमुकाम तम्घासका विभिन्न स्थानबाट उद्दार गरी १५ जना सडक बालबालिकालाई विद्यालय पुर्‍याइएको हो । जिल्ला प्रहरी कार्यालयले सडक बालबालिकाहरुलाई उद्दार गरी विद्यालय भर्ना गरेको छ ।
स्थानीय सरकारको घर टोलमा सेवा
स्थानीय सरकारको घर टोलमा सेवा गाउँपालिकाका केन्द्रहरुमा सिमित रहेका सेवाहरुलाई स्थानीय सरकारले जनताको घर टोलमा पुर्‍याएका छन् । पाल्पा र गुल्मीका केही स्थानीय सरकारले आफ्नो सेवालाई घुम्ती शिविरमार्फत जनताको घर टोलमा पुर्‍याएका हुन् । गाउँपालिकाको केन्द्रसम्म पुग्न नसक्ने अशक्त, अपाङ्ग र विपन्न परिवारलाई राहत दिने उद्देश्यले जनताको घर टोलमा उनीहरुले शिविरमार्फत सेवा दिएका छन् ।
काँग्रेस सभापति पदमा पुनः मतदान हुने
काँग्रेस सभापति पदमा पुनः मतदान हुने नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना आज बिहान सम्पन्न भएको छ । सभापति पदका प्रत्यासीमध्ये कसैले पनि कूल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पुनः मतदान हुने काँंग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
मत गणना सकियो:देउवाले पाए २ हजार २ सय ५८ र कोइरालाले १हजार ७ सय २९
मत गणना सकियो:देउवाले पाए २ हजार २ सय ५८ र कोइरालाले १हजार ७ सय २९ नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई हजार २ सय ५८ मत प्राप्त गरेका छन् ।
निकुञ्जबाट वन्यजन्तु गाउँ पस्दा स्थानीयवासीमा त्रास
निकुञ्जबाट वन्यजन्तु गाउँ पस्दा स्थानीयवासीमा त्रास चितवन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु बस्तीमा प्रवेश गर्न थालेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का मध्यवर्ती क्षेत्रका बासिन्दाले नियन्त्रणको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
सोमबार कोरोनाबाट थप ३ जनाको मृत्यु
सोमबार कोरोनाबाट थप ३ जनाको मृत्यु पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोनाको कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपडेटमा देशभरका ३ जनाको कोरोनाका कारण मृत्यु भएको ।
Weather Update