Shittalpati
तानसेनमा कुक लेवल टु को तालिम सञ्चालन
तानसेनमा कुक लेवल टु को तालिम सञ्चालन तानसेनमा कुकु सम्बन्धी सिटी भिटी लेवल टु को तालिम सञ्चालन भएको छ । तानसेन नगरपालिका, लुम्बिनी प्रदेश दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनामार्फत शिव इन्ष्टिच्यूट अफ मल्टि टेक्निकल एजुकेशन सेन्टर प्रालिले निःशुल्क कार्यगत अभ्यास सहितको दश महिने प्राफेशनल कुकु लेवल टु को तालिम सोमबारदेखि सञ्चालन गरेको हो ।
रुपन्देहीमा गोली चल्दा एक घाइते
रुपन्देहीमा गोली चल्दा एक घाइते रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा गोली चल्दा एक जना घाइते भएका छन् । मध्यरातमा प्रहार भएको गोलीले सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका विकास गुरुङ घाइते भएका हुन् ।
पाल्पामा उद्योग व्यवसायमा युवाको आकर्षण, फस्टाउँदै उद्योग व्यवसाय
पाल्पामा उद्योग व्यवसायमा युवाको आकर्षण, फस्टाउँदै उद्योग व्यवसाय पाल्पामा उद्योग तथा व्यवसायमा लगानी गर्ने क्रम पछिल्ला वर्षमा बढिरहेका छन् । जिल्लाका विभिन्न स्थानमा उद्योग तथा व्यवसाय विस्तार हुँदै गएको छ । गाउँमै बसेर आयआर्जनका निम्ति विभिन्न उद्योग सञ्चालन गर्ने युवाको अहिले होडबाजी नै छ । पाल्पा पहाडी जिल्ला भए पनि सदरमुकाम तानसेनमा मात्र नभई पछिल्ला वर्षमा गाउँ–गाउँमा उद्योग...
बालबालिकालाई खोप दिइँदै
बालबालिकालाई खोप दिइँदै बालबालिकालाई दोस्रो चरणको कोभिड विरुद्धको खोप दिइन लागिएको छ । सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि दोस्रो चरणको खोपको पहिलो मात्रा भदौ ५ बाट दिन लागेको हो । स्वास्थ्य मन्त्रालयले पहिलो मात्रा भदौ ५ देखि ११ सम्म र दोस्रो मात्रा भदौ २७ देखि असोज १ सम्म लगाइने...
पाल्पा विकास केन्द्रको अध्यक्षमा पुनः पोखरेल
पाल्पा विकास केन्द्रको अध्यक्षमा पुनः पोखरेल मिडिया विकास र नीतिगत बहस तथा अध्ययन अनुसन्धानको क्षेत्रमा क्रियाशिल रहेको पाल्पा विकास केन्द्रको अध्यक्षमा पत्रकार कृष्ण पोखरेल पुनः निर्विरोध निर्वाचित भएका छन् ।
स्थानीय निर्वाचनको मतलाई सिट बाँडफाँटको मुख्य आधार बनाइनुपर्छ : पाल्पा काँग्रेस
स्थानीय निर्वाचनको मतलाई सिट बाँडफाँटको मुख्य आधार बनाइनुपर्छ : पाल्पा काँग्रेस प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति घोषणा भएसँगै सत्तारुढ दलमा सिट बाँडफाँडको बहस चरिहेको छ । केन्द्रमा सिट बाँडफाँडको बहस भइरहेका बेला नेपाली काँग्रेस पाल्पाले भने स्थानीय निर्वाचनको मतलाई आधार मानेर सिट बाँडफँड गर्नु पर्ने बताएको छ ।
विष सेवनबाट ७६ वर्षीय वृद्धको ज्यान गयो
विष सेवनबाट ७६ वर्षीय वृद्धको ज्यान गयो जिल्लाको माथागढी गाउँपालिका –२ रुप्सेमा विष सेवनबाट एक वृद्धको ज्यान गएको छ । रुप्सेका ७६ वर्षीय बलबहादुर सोमैको विष सेवनबाट ज्यान गएको हो ।
शिक्षामा स्थानीय सरकारको चासो, विपन्न विद्यार्थीलाई उच्च शिक्षा पढ्न छात्रावृत्ति
शिक्षामा स्थानीय सरकारको चासो, विपन्न विद्यार्थीलाई उच्च शिक्षा पढ्न छात्रावृत्ति अहिले शिक्षा स्थानीय तहको मूल चासोको विषय बन्दै आएको छ । हिजोको शिक्षा नीतिप्रति विरोध गर्नेहरू नै आज राजनीतिको नेतृत्वमा छन् । तिनैमध्येका कतिपयले स्थानीय सरकारको नेतृत्व समेत समालेका छन् । स्थानीय सरकारलाई शिक्षाको जिम्मा दिइएको छ । शिक्षा सम्बन्धी नीतिनिर्माण र कार्यान्वयनमा पहुँच बढोस् भनेरै स्थानीय तहलाई शिक्षाको जिम्मेवारी...
मतदाता नामावली अद्यावधिक गरिदैं
मतदाता नामावली अद्यावधिक गरिदैं मतदाता नामवली अद्यावधिक गर्न लागिएको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्न लागिएको हो । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी–विरोधका लागि प्रक्रिया अगडि बढाएको छ । उसले भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक...
एमाले पाल्पाले चुनावी प्रशिक्षण गर्दै
एमाले पाल्पाले चुनावी प्रशिक्षण गर्दै सरकारले आउदो मंसिर ४ गते केन्द्र र प्रदेशको निर्वाचन मिती घोषणा संगै जिल्लामा राजनीतिक दलहरु पुनःसक्रिय बनेका छन् । आउँदो निर्वाचनलाई केन्द्रीत गरी नेकपा एमाले पाल्पाले यही साउन २८ गते शनिबार जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।
बुधबार तीन कोरोना संक्रमितको ज्यान गयो
बुधबार तीन कोरोना संक्रमितको ज्यान गयो नेपालमा पछिल्लो २४ घण्टामा थप तीन जना कोरोना संक्रमितको ज्यान गएको छ । देशका विभिन्न अस्पताल तथा होमआइशोलेसनमा उपचार गराइरहेका तीन जना संक्रमितको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
रामपुरमा आयुर्वेद सेवा विस्तार गरिंदै, स्थानीय उत्साहित
रामपुरमा आयुर्वेद सेवा विस्तार गरिंदै, स्थानीय उत्साहित आयुर्वेद पद्धतिको उपचार सेवा विस्तार गर्न पूर्वाधार विकासमा जोड दिइएको छ । नागरिकको आवश्यकता र सेवाको क्षेत्र फराकिलो बनाउँदै रामपुरमा १५ शैययाको आयुर्वेद अस्पताल भवन निर्माण कार्य धमाधम चलिरहेको छ । रामपुर नगरपालिका–५ स्थित आयुर्वेद औषधालयको भवन स्तरोन्नति गरी सोही ठाउँमा १५ शैययाको अस्पताल निर्माण कार्य भइरहँदा कालीगण्डकीबेँसीका स्थानीय उत्साहित...
Weather Update