आज मानव अधिकार दिवस मनाइँदै
शनिबार, मंसिर २४, २०७९
लुम्बिनी प्रदेशमा एमाले पहिलो
शनिबार, मंसिर २४, २०७९
लुम्बिनी प्रदेशमा नेकपा एमाले पहिलो दल बनेको छ । प्रदेशसभाका प्रत्यक्षतर्फका ५२ सिटमध्ये १८ र प्रतिनिधिसभा तर्फका २६ सिटमध्ये ११ सिट जितेर एमाले प्रदेशमा पहिलो दल बनेको हो ।
तरकारीका बिरुवा बेचेरै लाखौं आम्दानी
शनिबार, मंसिर २४, २०७९
सानो लगानीमा घरमै बसीबसी लाखौँ रकम कमाइ हुन थालेपछि गोविन्दप्रसाद दुवाडीलाई बिरुवा बेच्न भ्याइनभ्याइ छ । कालीगण्डकी करिडोर सडकसँग जोडिएको जग्गामा नर्सरीमा उत्पादन गरिएको बिरुवा खरिद गर्न जानेको अहिले दिनहुँ भीड लाग्छ । हिजोआज दैनिक ५० भन्दा बढी ग्राहक बिरुवा खरिद गर्न पुग्छन् ।
सडक र पुल निर्माणका विषयमा गुल्मी काँग्रेसको ध्यानाकर्षण
शुक्रबार, मंसिर २३, २०७९
नेपाली काँग्रेस गुल्मीले सडक र पुल निर्माणका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । काँग्रेसले गुल्मी क्षेत्र नम्वर १ को सुदुरपुर्व कालीगण्डकी गाउँपालिका भित्र ठेक्का भएर रोकिएका र निर्माण भएकाहरुको स्तरोन्नती गर्न सडक डिभिजन कार्यालय पाल्पालाई ध्यानाकर्षण गराएको हो ।
रामपुरमा रहेका सार्वजनिक जग्गाको संरक्षण गरिदैं
शुक्रबार, मंसिर २३, २०७९
पाल्पाको रामपुर नगरपालिकामा सार्वजनिक जग्गा संरक्षण अभियान सुरु भएको छ । सार्वजनिक जग्गा ओगटेर बनाइएका संरचना हटाएर जग्गा संरक्षणमा यहाँका जनप्रतिनिधि, राजनीतिक दललगायतका सरोकारवाला निकायले जोड दिएका छन् ।
हिंसा सहेर नबसौं: नगर प्रमुख थापा
शुक्रबार, मंसिर २३, २०७९
जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले हिंसा सहेर नबस्न महिलाहरुलाई आग्रह गरेका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत रामपुरका विभिन्न स्थानमा भएका कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले कुनै पनि हिंसा सहेर नबस्न आग्रह गरेका हुन् ।
पाल्पामा बिहे भोजमा प्रयोग गरिएको पानीमा भेटियो ‘कोलिफर्म’
बिहीबार, मंसिर २२, २०७९
जिल्लाको बगनासकाली गाउँपालिका–१ चिर्तुङ्गधारास्थित घोरबन्दमा बिहे भोजमा प्रयोग भएको पानीमा मानव स्वास्थ्यका लागि हानिकारक जीवाणु कोलिफर्म भेटिएको छ । ल्याव टेस्ट पछि बिहेमा प्रयोग गरिएको पानीमा कोलिफर्म भेटिएको प्रयोगशालाबाट पुष्टि भएको छ ।
पाल्पाको रामपुरमा घर प्लाष्टर गर्ने क्रममा लडेर युवकको मृत्यु
बिहीबार, मंसिर २२, २०७९
जिल्लाको रामपुरमा घर प्लाष्टर गर्ने क्रममा लडेर एक युवकको मृत्यु भएको छ । बिहीबार विहान रामपुर नगरपालिका–५ बेझाडको एक घरमा प्लाष्टर गर्ने क्रममा लडेर पर्साको छिपहरमाई गाउँपालिका–३ मंगललापुरका २५ वर्षीय राजेश कुसुहवाको मृत्यु भएको हो ।
तोरी खेतीमा किसानको आकर्षण बढेन
बिहीबार, मंसिर २२, २०७९
पछिल्लो समय व्यावसायिक तोरी खेतीमा किसानको आकर्षण बढेको छैन । रेसुङ्गा नगरपालिका–५ का पिताम्बर पन्थीले तेलको अड्कोपड्कोका लागि मात्र तोरी खेती गरेका छन् । ‘मैले व्यावसायिक किनबेचका लागि नभई घरका लागि तोरी खेती गरेको छु’, उनले भने ‘तोरी खेती सजिलो भएपनि व्यावसायिकतर्फ कसैको ध्यान पुगेन’, पन्थीले भने ।
आठ कम्पनीलाई खरिद अनुगमन कार्यालयको स्पष्टीकरण
बुधबार, मंसिर २१, २०७९
सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ । ठेक्का सम्झौताअनुसार काम नगर्ने ती कम्पनीलाई कालोसूचीमा राख्न नपर्ने कुनै कारण भए सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएको हो ।
पत्रकारलाई उपचारमा छुट
बुधबार, मंसिर २१, २०७९
नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश र ललितपुर महानगरपालिका–१० कुपण्डोलस्थित प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकबीच स्वास्थ्योपचार सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । महासङ्घका तर्फबाट प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारी र क्लिनिकका तर्फबाट प्रबन्ध निर्देशक डा.कजन रानाभाटले समझदारी पत्रमा हस्ताक्षर गरे ।
प्रधानन्यायाधीश जबरामाथिको महाअभियोग निष्प्रभावी
बुधबार, मंसिर २१, २०७९
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोगको प्रस्ताव निष्प्रभावी भएको छ । सो प्रस्तावको प्रक्रिया निष्कर्षमा नपुगेको अवस्थामा नयाँ प्रतिनिधिसभाको निर्वाचनसँगै निष्प्रभावी भएको हो ।
त्रिवि दीक्षान्त समारोहमा १० हजार विद्यार्थी दीक्षित हुँदै
बुधबार, मंसिर २१, २०७९
त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोह आगामी शुक्रबार (यही मङ्सिर २३) गते भएको छ । दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने भएको हो । दीक्षान्त मूलसमारोह समितिका सदस्यसचिव साधुराम अर्यालका अनुसार समारोहमा १० हजार तीन सय ९२ विद्यार्थी दीक्षित हुँदै छन् । विसं २०७८ असार १ गतेदेखि २०७९ जेठ...


