Shittalpati
सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने
सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरेको पाँच दलीय सत्ता गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि तालमेल गर्ने भएका छन् ।
चुरेका पहिरो पीडित भन्छन् ‘आकाश गर्जेपछि मन नै सिरिङ्ग हुन्छ’
चुरेका पहिरो पीडित भन्छन् ‘आकाश गर्जेपछि मन नै सिरिङ्ग हुन्छ’ बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर निवासी विनबहादुर विटालु राम्रोसँग ननिदाएको धेरै दिन भयो । श्रवनडाँडाको माथिल्लो भागबाट पहिरो सिधैँ बुटवल बजारतर्फ आउने डरले उनी रातभर निदाउन सक्दैनन् । पानी पर्ने वित्तिकै विटालु दम्पती घर छोडेर बेलवासस्थित आफन्तकोमा बास बस्न जान्छन् ।
पाल्पा टेक्निकल इन्स्टिच्युटले ल्यायो नयाँ कार्यक्रम
पाल्पा टेक्निकल इन्स्टिच्युटले ल्यायो नयाँ कार्यक्रम स्वास्थ्य क्षेत्रमा पठन– पाठन गराउँदै आएको पाल्पा टेक्निकल इन्स्टिच्युटले यही वर्षदेखी नयाँ विधाका कार्यक्रमहरु अध्यायपन गराउने भएको छ । संस्थाले चालु आर्थिक बर्षबाटै ३ बर्षे एच. ए, सि.एम. एल.टी. र फिजियो थेरापी विषयहरु अध्यायपनका लागि सिटिइभिटीले स्वीकृत प्रदान गरेको जनाएको छ ।
संघ र प्रदेशको चुनाव मंसिर ४ मा हुने
संघ र प्रदेशको चुनाव मंसिर ४ मा हुने सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी २०७९ साल मंसिर ४ गते आइतबार एकैचरणमा प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको हो । निर्वाचन आयोगको प्रस्ताव समेतको आधारमा नेपाल सरकार मन्त्रिपरिषदको बैठकले सो निर्णय...
गाउँमै संकलन केन्द्र भएपछि खुर्सानी कृषक उत्साहित
गाउँमै संकलन केन्द्र भएपछि खुर्सानी कृषक उत्साहित जिल्लाको रिब्दीकोट गाउँपालिकाका खुर्सानी कृषक गाउँमै संकलन केन्द्र सञ्चालनमा आएपछि उत्साहित भएका छन् । उत्पादन गरेको अकबरे खर्सानी विक्री नहुँदा बारीमा कुहाउनु परेको अवस्थामा चिन्तित बनेका यहाँका कृषक गाउँमै संकलन केन्द्र सञ्चालनमा आए पछि भने उत्साहित भएका हुन् ।
पाल्पामा एमाले प्रचार विभागको बैठक,कार्ययोजना निर्माण गर्न समिति गठन
पाल्पामा एमाले प्रचार विभागको बैठक,कार्ययोजना निर्माण गर्न समिति गठन नेकपा एमाले पाल्पाको प्रचार तथा प्रकाशन विभागको पहिलो बैठक तानसेनमा बसेको छ । विभागको बुधबार तानसेनमा बसेको पहिलो बैठकमा विभागका सदस्यहरुले आ–आफ्ना विषयवस्तु तथा एजेण्डाका विषयमा छलफल गरेका थिए ।
पाल्पामा अवैध सामान ल्याउने पिकअप गाडी सहित दुई जना पक्राउ
पाल्पामा अवैध सामान ल्याउने पिकअप गाडी सहित दुई जना पक्राउ जिल्ला प्रहरी कार्यालय पाल्पाले १ लाख ९७ हजार १ सय रुपैयाँ बराबरको अबैध सामान ल्याउने पिकअप गाडी सहित दुई जना पक्राउ परेका छन् । तानसेन बसपार्कमा प्रहरी चेकिङ गर्ने क्रममा बुटवलबाट पाल्पातर्फ अवैध सामान ल्याउँदै गरेको बागमती प्रदेश ०१०२५ च ८३६६ नम्बरको पिकअप गाडी सहित दुई जनालाई पक्राउ गरी कारवाहीका...
मनाइयो नागपञ्चमी
मनाइयो नागपञ्चमी नागपञ्चमी पर्व मगलबार परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइएको छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व घरका मूल ढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्वीर टाँसी पूजाआजा गरेर मनाइएकोे हो ।
गाडी किनेको पैसा दिने भन्दै जंगलमा लगेर साथीको हत्या
गाडी किनेको पैसा दिने भन्दै जंगलमा लगेर साथीको हत्या गाडी किनेको पैसा दिने बहानामा फकाइफुलाइ अर्घाखाँची पु¥याएर जिल्लाका एक व्यक्तिले अफ्फ्नै साथीको हत्या गरेका छन् । बुटवलको मैनाबगरमा गाडी किनबेचको काम गर्दै आएका दीपक भनिने कुलचन्द्र गौतमले गाडी चालक आफ्नै साथी विष्णुबहादुर पाण्डेको योजनावद्ध हत्या गरेका हुन् । अर्घाखाँचीको मालारानी गाउँपालिका–२ घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलवास बस्ने...
आज नागपञ्चमी पर्वः घर–घरमा नागको पूजा गरिँदै
आज नागपञ्चमी पर्वः घर–घरमा नागको पूजा गरिँदै प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परा अनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजाअर्चना गरी मनाइँदैछ । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने जनविश्वासमा हरेक वर्ष नागको पूजा गर्ने परम्परा रहेको छ । सोही परम्परा अनुसार आज सबैका घर घरमा नाग...
सातै प्रदेशमा कोरोनाको उपचार
सातै प्रदेशमा कोरोनाको उपचार सरकारले सातै प्रदेशमा कोरोनाको उपचार गर्ने व्यवस्था मिलाएको छ । कोरोना संक्रमणको दर फेरी बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेशका अस्पतालहरुमा उपचारको व्यवस्था मिलाएको हो ।
संक्रमण बढ्दै, एकैदिन ८ सय ९५ जनामा कोरोना
संक्रमण बढ्दै, एकैदिन ८ सय ९५ जनामा कोरोना केही समययता स्थिर रहेको कोरोना संक्रमण दर विस्तारै बढ्दो क्रममा देखिएको छ । देशका अधिकांश स्थानमा अहिले दिनहुँ जसो कोरोना संक्रमितहरु संख्या बढ्दै गएको हो । सोमबार मात्र थप ८ सय ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
Weather Update