Shittalpati
बडादसैं सुरु, आज घटस्थापना, १०ः२३ मा शुभ साइत
बडादसैं सुरु, आज घटस्थापना, १०ः२३ मा शुभ साइत प्रत्येक वर्ष असोज शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैं आजदेखि सुरु भएको छ । असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैंको पहिलो दिन आज घर–घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।
‘चिज’ बनाउन सिकाउँदै गल्याङ नगरपालिका
‘चिज’ बनाउन सिकाउँदै गल्याङ नगरपालिका स्याङ्जाको गल्याङ नगरपालिकाले यहाँका किसानलाई चिज बनाउने सीप सिकाएको छ । दूध उत्पादन बढ्दै गएपछि उनीहरूलाई चिज बनाउने सीप प्रदान गरिएको हो । नेपाली बजारमा चिजको माग बढ्दो क्रममा रहेको र मूल्य पनि राम्रो पाइने भएपछि नगरपालिकाको पहलमा ‘फार्मर टु फार्मर’ कार्यक्रम अन्तर्गत अमेरिकी सरकारको प्राविधिक सहयोगमा ‘मोजरेल्ला चिज’ उत्पादन...
काँग्रेसको समानुपातिक सूचीमा अधिकांश नातागोता
काँग्रेसको समानुपातिक सूचीमा अधिकांश नातागोता नेपाली काँग्रेसले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूचीमा अधिकांस नातागोता परेका छन् । सूचीमा प्रधानमन्त्रीपत्नीदेखि मन्त्री तथा पार्टीका वरिष्ठ नेताका पत्नीहरु परेका छन् । समानुपातिकतर्फको बन्दसूचीमा देउवापत्नी आरजु राणा देउवादेखि गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणसम्म अटाएका हन् ।
आजबाट सकिँदै सोह्रश्राद्ध
आजबाट सकिँदै सोह्रश्राद्ध पितृपक्षको अन्तिम दिन आज दिवङ्गत आफन्तको स्मरण गर्दै यस वर्षको सोह्रश्राद्ध विसर्जन गरिँदै छ । औँसी तिथि श्राद्ध गरी सोह्रश्राद्ध समापन गर्न लागिएको हो । असोज कृष्णपक्ष हिन्दू वैदिक परम्परामा पितृपक्षका रूपमा यो पक्षभरि दिवङ्गत आफन्तलाई पवित्र जलको तर्पण र गाईका दूधमा पकाइएको खिरको पिण्ड दिई श्राद्ध गर्ने चलन छ...
नयाँ जीवन पाउँदैछन् हातखुट्टा गुमाएका
नयाँ जीवन पाउँदैछन् हातखुट्टा गुमाएका नवलपरासीपूर्वमा सबल केन्द्र स्थापना भएपछि हातखुट्टा गुमाएकाले नयाँ जीवन पाएका छन् । मध्यविन्दु जिल्ला अस्पताल डण्डा र चौधरी फाउण्डेसले संयुक्तरुपमा सवल केन्द्र स्थापना गरेपछि हात तथा खुट्टा नहुनेहरु खुसी भएका हुन् । अरुको साहाराविना हिँडडुल गर्न समस्या हुनेहरु कृत्रिम हातखुट्टा पाएपछि आत्मनिर्भर हुन थालेका छन् ।
कोरोनासँगै डेंगुको सामना
कोरोनासँगै डेंगुको सामना विश्वभर हलचल मच्चाइरहेको कोरोना महामारीले तनाव दिइरहेका बेला नेपालमा फेरी डेंगुको प्रकोपले अर्को तनाव सिर्जना गरिदिएको छ । कोरोना संक्रमणसँग लडिरहेका नागरिकहरु यति बेला डेंगुको प्रकोपसँग सामना गरिहेका छन् । कोही कोरोनासँग लडिरहेका छन् भने कोही डेंगुसँग । कतिपले यी संक्रमणलाई जित्न सफल भएका छन् भने कोही पराजित भई मृत्युको...
घुमन्ते कामदारका कारण व्यवसायी मारमा
घुमन्ते कामदारका कारण व्यवसायी मारमा भारतीय घुमन्ते कामदारका कारण यहाँका फर्निचर उद्योगी मारमा परेका छन् । छिमेकी मुलुक भारतबाट आएका कामदारले घर –घरमै फर्निचर निर्माणको सेवा दिने गरेकाले स्याङ्जाका फर्निचर तथा फर्निसिङ उद्योगी मारमा परेका हुन् । आफूहरुले उद्योग दर्ता गरी नेपाल सरकारलाई राजस्व बुझाउँदै आएको तर यहाँ विनादर्ताका भारतीय कामदारका कारण उद्योग सञ्चालनमा समस्या...
रामपुरमा प्रशासन कार्यालयको भवन निर्माण सुरु
रामपुरमा प्रशासन कार्यालयको भवन निर्माण सुरु रामपुर इलाका प्रशासन कार्यालयको नयाँ भवन निर्माण सुरु गरिएकोे छ । रामपुर नगरपालिका ५ स्थित बेझाडमा तीन तले १७ कोठासहितको भवन निर्माण भइरहेको हो । बाँसुरी मोबाइल जेभीले भ्याटबाहेक चार करोड १४ लाख ७६ हजार ८ सय ६० को लागतमा भवननिर्माण गर्न गत असार २३ गते ठेक्का लिएको थियो ।
जीर्ण बन्दै बहादुर कर्णेलले बनाएका सम्पदा, संरक्षणमा जुटे रायमाझी बन्धुु
जीर्ण बन्दै बहादुर कर्णेलले बनाएका सम्पदा, संरक्षणमा जुटे रायमाझी बन्धुु नेपालमा पाटी, पौवा, मठ मन्दिर, ढुंगे धारा बनाई कीर्ति राख्ने प्रचलन प्राचिनकालदेखि थियो । लिच्छविकालीन अभिलेखमा कीर्तिको रुपमा यस्ता धार्मिक र सामाजिक संरचनाहरुको निर्माण गरिन्थ्यो । यद्यपी यो प्रचलन अहिले पनि यदाकदा देख्न सकिन्छ ।
अन्यौलमा प्रदेशसभाको कार्यकाल
अन्यौलमा प्रदेशसभाको कार्यकाल गत शनिबार प्रतिनिधिसभाको अन्तिम बैठकमा प्रतिनिधिसभाका सदस्य तथा राजनीतिक दलका शीर्ष नेताले अन्तिम सम्बोधन गरेर बिदा भए पनि प्रदेशसभाको कार्यकाल कहिलेसम्म रहने भन्ने विषय अन्यौल छ । प्रदेशको आफ्नो निर्वाचन ऐन नहुँदा अन्यौल देखिएको हो ।
पुल नबन्दा सास्ती
पुल नबन्दा सास्ती मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–सिमलटारी सडक खण्डका विभिन्न स्थानमा रहेका खहरे खोलामा पुल नबन्दा स्थानीयहरूले सास्ती खेप्नु परेको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने यहाँका सडकमा कालोपत्रे भएको तीन वर्ष बितिसक्दा समेत यहाँ पर्ने खहरे खोलामा पुल नबन्दा यात्रुले सास्ती भोग्नुपरेको हो ।
स्याङ्जामा नौ सय १५ उम्मेदवारलाई जरिवाना
स्याङ्जामा नौ सय १५ उम्मेदवारलाई जरिवाना गत स्थानीय तहको निर्वाचनको खर्च विवरण नबुझाउने नौ सय १५ जना उम्मेदवारलाई जरिवाना तोकिएको छ । सोे निर्वाचनमा उम्मेदवार बनी खर्च विवरण पेश नगर्ने स्याङ्जासहित देशैभरिका उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना तोकेको हो ।
Weather Update