Shittalpati
गुल्मीका पाँच क्याम्पसमा अनेरास्ववियुको नेतृत्व

पाल्पा, जिल्लाका ११ क्याम्पसमध्ये ५ वटा क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियूले नेतृत्व लिएको छ । सहमतिका आधारमा अनेरास्ववियुबाट मानका टिकराम क्याम्पसमा आकाश खरेल, सत्यवती क्याम्पसमा अस्मिता भण्डारी, दिगाम आदर्श क्याम्पसमा श्रीधर अर्जेल, रुद्रावती बहुमुखी क्याम्पसमा अनिश पाठक र रिडी क्याम्पसमा गंगा कुंवरको नेतृत्वमा स्ववियु गठन भएको हो ।

यीमध्ये रुद्रावतीमा मात्र निर्वाचनबाट नेतृत्व चयन भएको जनाइएको छ । रिडी र दिगामबाहेक अन्य क्याम्पसमा अरु विद्यार्थी संगठनसँग तालमेल भएको छ । यस्तै यहाँ अखिल (क्रान्तिकारी) ले ४ वटा क्याम्पसमा नेतृत्व हात पारेको छ । उसले चन्द्रकोट बहुमुखी क्याम्पसमा प्रभा पौडेल, धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा इन्द्र पोखरेल, जनज्योति क्याम्पसमा जीवन पौड्याल र श्रृङ्गेश्वर बहुमुखी क्याम्पसमा विशाल थापाको नेतृत्वमा स्ववियु गठन गरेको हो । क्रान्तिकारीले नेतृत्व लिएका मध्ये श्रृङ्गेश्वरमा मात्र निर्वाचन भएको हो । अनेरास्ववियु र क्रान्तिकारीले जितेका क्याम्पसमध्ये अधिकांशमा सहमतिका आधारमा स्ववियुको नेतृत्व चयन भएको हो । यस्तै नेविसंघले २ वटा क्याम्पसमा नेतृत्व हात पारेको छ । नेविसंघले रेसुङ्गा बहुमुखी क्याम्पस र रुरु संस्कृत विद्यापिठमा नेतृत्व लिएको छ । रेसुङ्गामा निर्वाचन प्रक्रियाबाट वाम गठबन्धनलाई हराएर नेविसंघका पुनाराम घिमिरेको प्यानल नै विजयी भएको हो । रुरुमा भने नेविसंघ र अखिलको सहमतिमा नेविसंघका नारायण पन्थीको सभापतित्वमा स्ववियु गठन भएको छ । आइतबार यहाँका ३ वटा क्याम्पसमा मात्र चुनाव भएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update