Shittalpati
लुम्बिनीको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त
लुम्बिनीको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका हुन् ।
बाख्रापालनबाट जीविकोपार्जन गर्दै पाल्पाका किसान
बाख्रापालनबाट जीविकोपार्जन गर्दै पाल्पाका किसान ‘बाख्रा पाल्छु राम्रै छ बजार, दुईवटा बोका बेच्यो कि तीस हजार चिन्ता छैन केही...।’ गायक पशुपति शर्माको यो गीत नारायण भण्डारीको जीवनमा पनि मेल खान पुगेको छ । एउटै खसी ३२ किलोसम्म उत्पादन गरी बजारमा बिक्री गरेपछि उनको खुसीको सीमा छैन । छोटो समयमै बाख्रापालन व्यावसायबाट अहिले मनग्य कमाई हुन...
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदैं
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदैं आज देशभर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदै छ । नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन लागिएको हो ।
विद्यालयको गुणस्तरीय सुधार अभियानमा वडा कार्यालय
विद्यालयको गुणस्तरीय सुधार अभियानमा वडा कार्यालय रैनादेवी छहरा गाउँपालिका वडा ३ भुवनपोखरी वडा कार्यालयले सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि ५ वर्षे अभियान सुरु गरेको छ । वडा कार्यालयले वडा अध्यक्षको अध्यक्षतामा वडा शिक्षा समिति गठन गरेर विद्यालय शिक्षा सुधार अभियानमा जुटेको हो ।
सभामुखको निर्वाचन आगामी माघ ५ मा
सभामुखको निर्वाचन आगामी माघ ५ मा प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन आगामी माघ ५ गते हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले सो जानकारी दिए । उनले सभामुखको निर्वाचनका लागि संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमलाई निर्वाचन अधिकृत तोकेका छन् ।
प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभामा २ सय ६८ मत
प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभामा २ सय ६८ मत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उनको पक्षमा दुई ६८ र विपक्षमा दुई मत परेको थियो ।
नक्कली नोट सहित पक्राउ
नक्कली नोट सहित पक्राउ नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नं १ बस्ने ४२ वर्षीया गङ्गा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
न्यूनतम पारिश्रमिक बिना पत्रकारिता गुणस्तरीय बन्न सक्दैन : अध्यक्ष खड्का
न्यूनतम पारिश्रमिक बिना पत्रकारिता गुणस्तरीय बन्न सक्दैन : अध्यक्ष खड्का न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले पत्रकारहरुको न्यूनतम पारिश्रमिक नभएसम्म पत्रकारिता गुणस्तरीय बन्न नसक्ने बताएकी छन् । सोमबार तानसेनमा आयोजना गरिएको श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
न्यूनतम साझा कार्यक्रम सार्वजनिक
न्यूनतम साझा कार्यक्रम सार्वजनिक सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सरकारले सोमबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितीमा सत्ता साझेदार दलहरूका तर्फबाट नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ ।
पाल्पाबाट सवारीचालक अनुमतिपत्रको सेवा सुरू
पाल्पाबाट सवारीचालक अनुमतिपत्रको सेवा सुरू पाल्पाबाट दुईपांग्रे सवारी साधनको सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा सुरु भएको छ । पहाडी जिल्लामै पहिलो पटक यातायात व्यवस्था सेवा कार्यालयले पाल्पाबाट सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा सुरु गरेको हो ।
प्रधानमन्त्री दाहालले मंगलबार विश्वासको मत लिदैं
प्रधानमन्त्री दाहालले मंगलबार विश्वासको मत लिदैं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंंगलबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले प्रधानमन्त्री दाहालबाट प्राप्त विश्वासको मत लिनेसम्बन्धी सूचनाबारे जानकारी गराए ।
गुल्मीको रेसुङ्गा विमानस्थलमा पुग्यो जहाज, छायो गुल्मेली नागरिकमा खुसीयाली
गुल्मीको रेसुङ्गा विमानस्थलमा पुग्यो जहाज, छायो गुल्मेली नागरिकमा खुसीयाली गुल्मीको रेसुङ्गा विमानस्थलमा जहाज पुगेको छ । रेसुङ्गा नगरपालिका १० स्थित सिमिचौरमा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको नाइन एन–एएलओ ट्वीनअटर जहाज त्यहाँ पुगेको हो ।
Weather Update