Shittalpati
सभामुखमा काँग्रेस र एमालेको उम्मेदवारी
सभामुखमा काँग्रेस र एमालेको उम्मेदवारी प्रतिनिधिसभा सभामुखका पदका लागि काँग्रेस र एमालेले उम्मेदवारी दिएका छन् । विहिबार हुने निर्वाचनका लागि काँग्रेस र एमालेले आ–आफ्ना उम्मेदवारी उठाएका हुन् । बुधबार नेपाली काँग्रेसले सांसद ईश्वरी न्यौपाने र नेकपा एमालेका देवराज घिमिरेलाई सभामुखमा उठाएका हुन् ।
हेलिकप्टर दुर्घटनमा गृहमन्त्रीसहित सोह्र जनाको मृत्यु
हेलिकप्टर दुर्घटनमा गृहमन्त्रीसहित सोह्र जनाको मृत्यु राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनमा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् ।
प्राविधिक समस्या समाधान भएपछि राहदानी लिने बढे
प्राविधिक समस्या समाधान भएपछि राहदानी लिने बढे राहदानी विभागमा सेवाग्राहीको भीड थपिँदै गएको छ । गत पुस १७ गतेदेखि विभागको सर्भरमा देखिएको समस्या झन्डै एक हप्ता अर्थात् पुस २४ मा समाधान भएसँगै काम सुरु हुन थालेपछि राहदानी लिनेको भीड लाग्ने गरेको हो ।
लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखद्वारा शपथ
लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखद्वारा शपथ लुम्बिनी प्रदेशका नवनियुक्त सभामुख तुलाराम घर्ती र उपसभामुख मञ्जु खाण केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुख घर्तीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् भने उपसभामुख खाणलाई सभामुख घर्तीले शपथ गराएका हुन् ।
व्यवसायिक किवी खेतीमा कृषकको मोह बढ्दै
व्यवसायिक किवी खेतीमा कृषकको मोह बढ्दै गुल्मीमा किवी खेतीमा कृषकहरुको आकर्षण बढ्दै जान थालेको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ भार्सेका किसानहरु आजभोलि किवी खेतीमा आकर्षित हुन थालेका छन् । विगत १० वर्ष अघिदेखि किवी खेती सुरु गरेका त्यहाँका कृषकहरु यतिबेला किवीको व्यावासायिक उत्पादन सुरु गरेका छन् ।
पाल्पाका स्वास्थ्य संस्थामा पिउने पानीमा देखियो ‘कोलिफर्म’ !
पाल्पाका स्वास्थ्य संस्थामा पिउने पानीमा देखियो ‘कोलिफर्म’ ! मानिसहरू बिरामी भएपछि उपचारका लागि स्वास्थ्य संस्था जाने गर्छन् तर, तिनै स्वास्थ्य संस्थामा स्वच्छ पिउने पानी समेत नहुँदा त्यहाँ पुग्ने विरामी थप रोग बोकेर घर फर्कनु पर्ने अवस्था आएको छ ।
लुम्बिनीको उपसभामुखमा केसी
लुम्बिनीको उपसभामुखमा केसी लुम्बिनी प्रदेशसभाको उपसभामुखमा मेनुका खाँड केसी निर्विरोध निर्वाचित भएकी छन् । अन्य दुई उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित केसी उपप्रमुख बनेकी हुन् ।
मन्त्रिमण्डल विस्तार, नवनियुक्त मन्त्रीले लिए शपथ
मन्त्रिमण्डल विस्तार, नवनियुक्त मन्त्रीले लिए शपथ प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मंगलबार एक उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ राज्य मन्त्री नियुक्त भएका छन् । योसँगै मन्त्रिमण्डल २३ सदस्यीय पुगेको छ । पुस १० गते ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका प्रचण्डले मंगलबार दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दै २३ सदस्यीय बनाएका छन् ।
पाल्पाको रैनादेवी छहरामा भीरबाट लडेर एकको मृत्यु
पाल्पाको रैनादेवी छहरामा भीरबाट लडेर एकको मृत्यु जिल्लाको रैनादेवी छहरा गाउँपालिका–६ मा भीरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । सोही वडाको पटुवाचौर बस्ने ६० वर्षीय बेदबहादुर बलालको घर नजिकै रहेको नेप्टा भीरबाट लडेर मृत्यु भएको हो ।
‘एयर होस्टेस’ सिर्जनाको निधनले पाल्पाको सिरुङ्गा शोकमा
‘एयर होस्टेस’ सिर्जनाको निधनले पाल्पाको सिरुङ्गा शोकमा पोखरामा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर दिवंगत विमान परिचारिका (एयर होस्टेस) सिर्जना हुङचुङ (सिर्जु थापा) लाई सम्झेर उनको जन्म गाउँ पाल्पाको बगनासकाली गाउँपालिका–९ चापपानी सिरुङ्गा नै शोकमग्न छ । हुङचुङको निधनले परिवारजन पीडामा छन् नै आफ्नो गौरव गुमाउनु पर्दा उनको जन्मस्थान सिरुङ्गावासी र गाउँपालिकावासी समेत मर्माहत भएका छन् ...
इस्माका नागरिकको निःशुल्क मुटु परीक्षण
इस्माका नागरिकको निःशुल्क मुटु परीक्षण जिल्लाको इस्मा गाउँपालिकाले यहाँका नागरिकहरुको शिविरमार्फत निःशूूल्क मुुटुु परीक्षण गरेको छ । पालिकाले वडानम्बर २ को छल्दीमा माघे सक्रान्तिको अवसर पारेर दीर्घारोगी, अपाङ्गता र ६० बर्ष माथिका नागरिकहरुको निःशुल्क मुटु परीक्षण गरेको हो ।
लुम्बिनीको सभामुखमा बसन्त घर्ती निर्विरोध निर्वाचित
लुम्बिनीको सभामुखमा बसन्त घर्ती निर्विरोध निर्वाचित लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन् । उनको मात्र एकल उम्मेदवारी परेपछि घर्ती सभामुखमा निर्विरोध निर्वाचित भएका हुुन् ।
Weather Update