आकस्मिक लाइसेन्सका लागि अनलाइन आवेदन खुला
आइतबार, असोज २, २०७९

अछाम पहिरो : मृतकको संख्या २२ पुग्यो
आइतबार, असोज २, २०७९
अछाममा पहिरोमा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका २२ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पाल्पामा केही उम्मेदवारले चुनावी खर्च विवरण बुझाएनन्, स्पष्टीकरण पनि दिएनन्
आइतबार, असोज २, २०७९
पाल्पाका ९ सय २३ उम्मेद्वारले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको बेवास्ता गरेका छन् । निर्वाचन खर्च विवरण पेस नगरेका जिल्लाका ९ सय २३ उम्मेदवार मध्ये १ सय ५९ ले आयोगले सोधेको स्पष्टीकरण नै पेस नगरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

दसैंका लागि टिकट बुकिङ खुला
आइतबार, असोज २, २०७९
सरकारले शनिबारदेखि टिकट बुकिङ खुला गरेको छ । दसैं, तिहार जस्ता महान पर्वमा घर जाने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । अध्ययन, व्यापार, व्यवसाय तथा रोजगारीका लागि घर भन्दा बाहिर काठमाडौं लगायत ठूला शहरहरुमा रहेकाहरु चाडपर्व मनाउन घर जाने भएकाले अग्रिम टिकट बुकिङ खुला गरिएको जनाइएको छ ...

गुल्मीको थोर्गा : गुड उत्पादनमा रमाएका पौरखी इन्दुवर
शनिबार, असोज १, २०७९
अहो ! गुड उत्पादन गर्दागर्दै कति छिटो ६४ वर्षको भइएछ । मलाई त हिजोआज जस्तै लाग्छ त ? गुल्मी थोर्गाका पौरखी किसान इन्दुवर ज्ञवालीलाई उखु र गुड उत्पादनमै आफ्नो समय बितेको पत्तो छैन । व्यावसायिक रुपमा गुुड उत्पादनमा लागेको पनि धेरै वर्ष भइसक्यो ।

रामपुरमा अवैध संरचना हटाइँदै
शनिबार, असोज १, २०७९
सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना रामपुर नगरपालिकाले हटाउने भएको छ । नगरपालिकाभित्रका १० वटै वडामा सरकारी तथा सार्वजनिक जग्गामा बनेका विभिन्न संरचना हटाउने र कब्जा गरेका जग्गाको संरक्षण गर्ने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ ।

सबैलाई रुवाएर गए ‘जिउँदो सहिद’ घिमिरे
शुक्रबार, भदौ ३१, २०७९
नेपाली राजनीतिमा जिउँदो सहिदले परिचित विजयराज घिमिरेको निधनले सिो पाल्पा जिल्ला नै शोकाकुल बनेको छ । बिहीबार बिहानैदेखि नरमाइलो मौसम रहेको पाल्पामा एकाएक साँझतिर घिमिरेको निधनको खबरले जिल्लावासीलाई अत्यन्त चिन्तित बनायो ।

लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा
शुक्रबार, भदौ ३१, २०७९
लुम्बिनी प्रदेशलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । दाङको राप्ती गाउँपालिकाको कार्यालय मसुरीयामा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गरे ।

असोज १९ गते बुधबार ११ः५१ बजे विजया दशमीको उत्तम साइत
शुक्रबार, भदौ ३१, २०७९
यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ ।

अव्यवस्थित पार्किङ व्यवस्थापनमा प्रहरी
शुक्रबार, भदौ ३१, २०७९
कालीगण्डकी उपत्यकाको ठूलो बजार हो बेझाड । यहाँ दैनिक ठूलो संख्यामा नागरिकको ओहोरदोहार र बजारमा सामान किनमेल गर्नेको भीड हुन्छ । रामपुर नगरपालिका–५ मा पर्ने यो बजारमा पछिल्लो समय अस्तव्यस्त रुपमा सवारी साधन पार्किङ गरेर राख्दा दुर्घटनाको जोखिम बढेको छ ।

अस्ताए नेपाली राजनीतिका जिउदा सहिद घिमिरे
शुक्रबार, भदौ ३१, २०७९
नेपाली राजनितिमा जिउदो शहिदले परिचित विजयराज घिमिरेको निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित ५४ वर्षीय घिमिरेको उपचारका क्रममा काठमाडौंस्थित मेडिसिटि अस्पतालमा बिहीबार बेलुकी निधन भएको हो ।

नेपाल नगरपालिका संघ लुम्बिनीको अध्यक्षमा पन्थी
बिहीबार, भदौ ३०, २०७९
नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशको अध्यक्षमा गुल्मीका खिलध्वज पन्थी चयन भएका छन् । रुपन्देहीको लुम्बिनीमा भएको प्रदेशको भेलाले गुल्मी रेसुंगा नगरपालिकाका प्रमुख पन्थीलाई सर्वसम्मत रुपमा प्रदेश अध्यक्षमा चयन गरेको हो ।

पाल्पामा नेतृत्व राष्ट्रिय पत्रिका पुनः प्रकाशन
बिहीबार, भदौ ३०, २०७९
नेतृत्व राष्ट्रिय साप्ताहिक पत्रिका त्रैमासिक रुपमा पुनः प्रकाशित भएको छ । लामो समयदेखि प्रकाशन बन्द रहेको पत्रिका अहिले त्रैमासिक रुपमा प्रकाशित भएको हो । २०५५ सालदेखि साप्ताहिक पत्रिकाको रुपमा प्रकाशित पत्रिकाको विहीबार एक औपचारिक कार्यक्रमका बिच त्रैमासिक पत्रिकाको रुपमा लोकापर्ण गरिएको छ ।