शिक्षक संघ माथागढीले भन्यो ‘शिक्षक कुुट्ने लाई कारवाही गरियोस्’
मंगलबार, असोज ४, २०७९

घट्दै कोरोना संक्रमण
मंगलबार, असोज ४, २०७९
पछिल्लो केही दिन यता नेपालमा कोरोना संक्रमण दर घट्दै गएको छ । अहिले सय भन्दा कम संख्यामा संक्रमित देखिन थालेका छन् । सोमबार ९१ जनामा संक्रमण देखिएको थियो ।

लुम्बिनीमा ३२ लाख बढी मतदाताले मतदान गर्न पाउने
मंगलबार, असोज ४, २०७९
आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट ३२ लाख बढी मतदाताले मतदान गर्ने पाउने भएका छन् । यहाँका १२ जिल्लाका ३२ लाख ४९ हजार ६ सय ३७ मतदाताले मतदान गर्न पाउने भएका हुन् । यस प्रदेशमा २६ प्रतिनिधि र ५२ प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् ।

पाल्पामा डेंगुको महामारी, एकको मृत्यु, एक सय २१ विरामी
मंगलबार, असोज ४, २०७९
पाल्पामा डेंगुले महामारीको रूप लिएको छ । साउनको पहिलो सातादेखि फाटफुट्ट देखिएको डेंगु अहिले महामारीको रूपमा देखा पर्न थालेको हो । साउन महिनामा मात्र २३ जनामा देखिएको डेंगुको संक्रमण अहिले १ सय २१ जनामा पुगेको छ । एक जनाको मृत्यु भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका–१, ख्याहाका ५८ वर्षीय डेंगु...

शान्ति समाज पाल्पाको अधिवेशन, अध्यक्षमा देवकोटा
मंगलबार, असोज ४, २०७९
मानव अधिकार तथा शान्ति समाज पाल्पा शाखाको २२ औं जिल्ला साधारण सभा तथा ११ औं जिल्ला अधिवेशन भएको छ । समाजले सोमबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण तथा अधिवेशन गरेको हो । सभाको जिल्ला न्यायधिस कमलराज बिष्टले उद्घाटन गरेका हुन् ।
.jpg)
सशस्त्र प्रहरीले गर्यो मन्दिर परिसर सरसफाई
सोमबार, असोज ३, २०७९
सशस्त्र प्रहरीले तानसेनस्थित नारायण मन्दिर परिसर सरसफाई गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ३५ नं गुल्म पाल्पाले संविधान दिवसको अवसरमा मन्दिर परिसर सरसफाई गरेको हो । जिल्लाको शान्ति सुरक्षामा मत्वपूर्ण भूमिका खेल्दै आएको प्रहरीले आफुलाई अन्य सामाजिक कार्यमा सक्रिय बनाउँदै आएको छ ।

पाल्पामा डेंगु संक्रमित पुरुषको मृत्यु
सोमबार, असोज ३, २०७९
पाल्पामा डेंगु संक्रमित एक पुरुषको ज्यान गएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका–१, ख्याहाका ५८ वर्षीय डेंगु संक्रमित पुरुषको ज्याज गएको हो । उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा शनिबार ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

संविधानको मर्म मिच्दै ‘संविधान दिवस’, कतै आशा, कतै निराशा
सोमबार, असोज ३, २०७९
संविधानसभाबाट नेपालको संविधान घोषणा भएको आज ७ वर्ष पूरा भएको छ । आजैको दिन अर्थात् ३ असोज ०७२ मा दोस्रो संविधानसभाका ९० प्रतिशत बढी जनप्रतिनिधिको समर्थनमा ‘नेपालको संविधान’ घोषणा भएको हो । यसैको खुसीयालीमा आज देशभर संविधान दिवस मनाइँदै छ । संविधान जारी भएको दिनको खुसीयाली एकातिर छ भने अर्कोतर्फ...

रामपुरमा अव्यवस्थित जग्गा दर्ता काम गरिदैं
सोमबार, असोज ३, २०७९
अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि पाल्पाको रामपुरमा जग्गा दर्ताको काम सुरु गरिएको छ । बिहीबारदेखि यहाँ जग्गा दर्ताको काम सुरु भएको हो ।

बरजु गुठीले मनायो वार्षिक साधारण सभा
सोमबार, असोज ३, २०७९
तानसेनमा रहेको बरजु गुठीले सातौं वार्षिक साधारण सभा मनाएको छ । गुठीले श्री धर्मचक्र महाविहारमा एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा मनाएको हो । सभाको प्रमुख अतिथी तथा चुडाकर्म व्रर्तवन्ध संघ, धर्मचक्र महाविहारका अध्यक्ष विरेन्द्र काजी शाक्यले उद्घाटन गरेका थिए ।

छ सय ८१ कैदीलाई आममाफी
आइतबार, असोज २, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस, २०७९ का अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी छ सय ८१ कैदीलाई आममाफी दिएकी छन् ।

समानुपातिकको बन्दसूची बुझाउने क्रम सुरु
आइतबार, असोज २, २०७९
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको बन्द सूची बुझाउने क्रम सुरु भएको छ । सो प्रणालीका लागि आयोगको बहादुरभवन, कान्तिपथमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बन्दसूची बुझाउने क्रम सुरु भएको हो ।

पाल्पामा राष्ट्रिय परिवार नियोजन दिवस मनाइयो
आइतबार, असोज २, २०७९
नवौं राष्ट्रिय परिवार नियोजन दिवस तथा ६४ औं नेपाल परिवार नियोजन संघ स्थापना दिवस पाल्पामा पनि मनाइएको छ । ‘व्यवस्थित परिवार हाम्रो अधिकार, हामी सबै जिम्मेवार’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । जिल्लामा परिवार नियोजनको क्षेत्रमा काम गर्दै आएको परिवार नियोजन संघ पाल्पाले आइतबार पत्रकार तथा सञ्चारकर्मीसँग अन्तरसंवाद...