आत्मनिर्भर बन्दै ग्रामीण भेगका महिला
आइतबार, माघ १५, २०७९
यम्घामा तीन दिने उद्घोषण तालिम
आइतबार, माघ १५, २०७९
जिल्लाको बगनासकाली गाउँपालिका –६ यम्घामा तीन दिने उद्घोषण तालिम सञ्चालन गरिएको छ । वडा कार्यालयको आर्थिक सहयोग र वडास्तरी दलित सञ्जालको आयोजनामा दलित समुदायका युवा, युवतीहरुका लागि उद्घोषण तालिम दिइएको हो । महिला तथा युवा युवतीहरुमा बोल्ने कला र क्षमताको विकास गराउने उद्देश्यले तीन दिने तालिम सञ्चालन गरिएको वडा दलित...
आज विश्व कुष्ठरोग दिवस मनाइदैं
आइतबार, माघ १५, २०७९
आज ७० औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाइँदै छ । हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठ रोग दिवस मनाउने गरिन्छ । कुष्ठरोग विरूद्ध जनचेतना फैलाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो ।
पाल्पाको रिब्दीकोटमा शौचालय गएकी महिलाको मृत्यु
शनिबार, माघ १४, २०७९
जिल्लाको रिब्दीकोट गाउँपालिकामा शौचालयमा अचेत अवस्थामा भेटिएकी एक महिलाको मृत्यु भएको छ । शनिबार शौचालय गएकी रिब्दीकोट गाउँपालिकाकी –६ वाङसुनकी ५२ वर्षीया विष्णु बगाले अचेत अवस्थामा फेला परेकी थिइन् ।
एसईईको समय तालिका सार्वजनिक
शनिबार, माघ १४, २०७९
माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको माघ ११ गते बसेको बैठकको निर्णयानुसार शनिबार परीक्षा तालिका सार्वजनिक भएको हो । बोर्डका अनुसार चैत १७ गतेदेखि चैत २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा अर्याल
शनिबार, माघ १४, २०७९
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ ।
‘प्रधानमन्त्रीले राष्ट्रपतिमा एमालेकै उम्मेदवारलाई राष्ट्रिय सहमति जुटाउने प्रयास गर्दै हुनुहुन्छ’
शनिबार, माघ १४, २०७९
नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले सात राजनीतिक दलबिच भएको सहमतिकै आधारमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको निर्वाचनमा एमालेका उम्मेदवारलाई नै साझा उम्मेदवार बनाउने प्रयासमा जुटेको बताएका छन् ।
भारतमा सिकेको सीपले नेपालमै मनग्य आम्दानी
शनिबार, माघ १४, २०७९
गुल्मीको रेसुा नगरपालिका–२ का कुँवर दम्पतीले शैलुन व्यवसायबाटै मनग्ये आम्दानी गर्दै आएका छन् । इन्द्रबहादुर र मोनिका कुँवरले जिल्लाको सदरमुकाम तम्घासको क्याम्पसरोडमा एउटै छानामुनी मोनिका हेयर कटिङ एण्ड जेन्स पार्लर र मोनिका ब्युटिपार्लर सञ्चालन गरेका छन् ।
बाल संरक्षणको कानुनमा प्रहरीको भूमिका सम्बन्धी अभिमुखिकरण
शनिबार, माघ १४, २०७९
बाल संरक्षण सम्बन्धी कानुनी व्यवस्थामा प्रहरीको भूमिका विषयक अभिमुखिकरण कार्यक्रम तानसेनमा भएको छ । महिला कानुन र विकास मञ्च (एफडब्ल्यूएलडी) काठमाडौंको आयोजना र युनिसेफको सहयोगमा एक दिने अभिमुखीकरण कार्यक्रम भएको हो ।
सहिद सप्ताहकोे चौंथो दिन माथेमाको सम्झना
शनिबार, माघ १४, २०७९
सहिद सप्ताहको चौथो दिन शुक्रबार सहिद धर्मभक्त माथेमाको शालिकमा माल्यार्पण गरी सम्झना गरिएको छ । प्रजातन्त्र प्राप्तिका लागि माथेमाले अमरत्व प्राप्त गरेको स्थलमा रहेको शालिकमा पुष्पगुच्छा अर्पण गरी उनलाई स्मरण गरिएको हो ।
एउटै वडाबाट १४ करोडको सुन्तला विक्री
शनिबार, माघ १४, २०७९
स्याङ्जाको पुतलीबजार नगरपालिका–१० ले यस वर्ष सुन्तला बिक्रीबाट १४ करोड आम्दानी गरेको छ । व्यावसायिकरुपमा सुन्तला खेती गरिरहेका किसानले ठेक्का तथा आफैले विक्री गरेर १४ करोडसम्म आम्दानी गरेका छन् ।
रवि लामिछानेको सांसद् पद खारेज
शुक्रबार, माघ १३, २०७९
सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्र हाललाई ‘कायम नरहेकाले’ त्यसले मान्यता नपाउने फैसला सुनाएको हो ।
धवल पुरस्कार पन्थी र गैरेलाई प्रदान गरिने
शुक्रबार, माघ १३, २०७९
धवल पुस्तकालय पाल्पाद्वारा स्थापित ‘धवल पुरस्कार’ गुल्मीका वरिष्ठ साहित्यकार तथा पुस्तकालय अभियन्ता शशी पन्थी र ‘धवल सिर्जना पुरस्कार’ कृष्ण’ कृतिका लेखक डा. शंकरप्रसाद गैरेलाई प्रदान गरिने भएको छ ।


