Shittalpati
काँग्रेसले ‘घरघर जाऔं, पार्टी सदस्य बनाऔं’ अभियान चलाउने

पाल्पा, नेपाली काँग्रेसले सदस्यता विस्तारका लागि अभियान चलाउने भएको छ । उसले नयाँ सदस्य थप्नका लागि  ‘घरघर जाऔं, पार्टी सदस्य बनाऔं’ अभियान चलाउने भएको हो ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगन थापाले  सो जानकारी दिएका हुन् । उनले साउन २० देखि २०८१ असार ३१ सम्म पार्टी सदस्यता विस्ता अभियान चलाउने प्रस्ताव गरेका हुन् । राष्ट्रिय अभियान अन्तर्गत ५ देखि ७ लाख क्रियाशील सदस्य थप्ने दाबीसमेत महामन्त्री थापाले गरेका छन् । उनले ८ लाख ६६ हजार क्रियाशील सदस्यहरुको कार्ड जिल्लाबाटै साउन मसान्त भित्रै प्रिन्ट गरेर दिने पनि बताएका छन् । नवीकरण कार्यक्रम भदौ, असोज र कार्तिकमा गर्ने पनि उनले बताए ।

सोसँगै महामन्त्री थापाले एक वर्षको तालिका समेत सुनाएका छन् । उनलले केन्द्रीय कार्यसमिति बैठक हरेक दुई महिनामा कम्तीमा बसिहाल्ने र साउनमा बसेपछि अब असोजको पहिलो हप्तामा बस्ने नै र न्यूनतम दुई वटा बैठक काठमाडौँ बाहिर बस्ने सुनाएका छन् । उनले पार्टीको विधानमा भएका ४८ विभागमा अझै केही नयाँ विभाग थप्न आवश्यक भएकाले केही विभाग प्रस्ताव गर्ने र उक्त विभाग भदौ १५ सम्म तयार गर्ने पनि बताए । महामन्त्री थापाले वर्षभरिको विवरण ६–६ महिनामा बुझाउने भन्ने रहेको बताए । समितिले पूर्णता पाउन नसकेकोले भदौ १५ भित्रै गठन गर्नुपर्ने उनले बताए । प्रशिक्षणको कार्यतालिकासमेत उनले सुनाएका छन् । भ्रातृ संस्थाहरुको बारेमा उनले प्रस्ताव सुनाएका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update