आज गणतन्त्र दिवस मनाइँदै
आइतबार, जेठ १५, २०७९

स्थानीय तह निर्वाचन : ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित
शनिबार, जेठ १४, २०७९
स्थानीय तहको निर्वाचनमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार २६६ पुरुष र ११९ महिला निर्वाचित भएका हुन् ।

स्थानीय तह निर्वाचन : कुन दलका कति आए जनप्रतिनिधि ?
शनिबार, जेठ १४, २०७९
स्थानीय तह निर्वाचन सकिएको छ। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग आइसकेको छ। बाजुराको बूढीगङ्गा नगरपालिकामा मतदान हुन बाँकी छ भने उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी छ । नेपालको संविधान २०७२ जारी भएपछिको यो दोस्रो स्थानीय तह निर्वाचनमा प्राप्त मतपरिणामका आधारमा खासगरी राष्ट्रिय राजनीतिक...

पाराग्लाइडिङबाट खसेर बालिका घाइते
शुक्रबार, जेठ १३, २०७९
स्याङ्जामा पाराग्लाइडिङ सिक्ने क्रममा खसेर एक बालिका घाइते भएकी छन् । शुक्रबार दिउँसो भीरकोट नगरपालिका–८ स्वरेक मैदानमा पाराग्लाइडिङ सिक्ने क्रममा खसेर स्थानीय १९ वर्षीया लक्ष्मी अर्याल घाइते भएकी हुन् ।

पाल्पाका काँग्रेस सभापति श्रेष्ठले गरे महँगीको दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह
बिहीबार, जेठ १२, २०७९
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले महँगीको दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरेका छन् । पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको चौतर्फी विरोध भएपछि सभापति श्रेष्ठले सामाजिक सञ्जालमार्फत त्यसको दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरेका हुन् ।

पाल्पामा जडिबुटीजन्य बोटबिरुवा विस्तार गर्न छलफल
बिहीबार, जेठ १२, २०७९
जिल्लामा जडिबुटीजन्य बोटविरुवा विस्तार गर्न छलफल तथा अन्तक्र्रिया गरिएको छ । जिल्ला वन कार्यालयको आयोजनामा जिल्लास्तरीय जडीबुटी फोकल टीम र सरोकारवालाहरुबीच जडिबुटीजन्य बोटबिरुवा विस्तार गर्ने विषयमा बुधबार तानसेनमा छलफल तथा अन्तक्र्रिया गरिएको हो । जिल्लाका वनहरुमा प्रसस्त मात्रमा जडिबुटीजन्य बोटविरुवाहरुको सम्भावना भएकाले ति क्षेत्रमा विस्तार गर्ने उद्देश्यले छलफल कार्यक्रम गरिएको...

कालीगण्डकीले ग्याँस चुल्हो लिने, इन्डक्शन चुल्हो दिने
बिहीबार, जेठ १२, २०७९
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्शन चुल्हो वितरण गर्ने भएको छ । गाउँपालिका भित्र बसोबास गर्ने झण्डै चार हजार ६ सय घरधुरीलाई लक्षित गरी पालिकाले ग्यास चुल्हो प्रतिस्थापन गर्दै इन्डक्शन चुल्हो वितरण गर्ने योजना अगाडि सारेको हो ।

पूर्तिघाटका ‘गुलेली मास्टर’नीम श्रीस
बुधबार, जेठ ११, २०७९
सुन्दा अचम्म लाग्न सक्छ ‘गुलेली मास्टर’ ! तर अचम्म मान्नुपर्दैन सुदुर गुल्मीको कालीगण्डकी गाउँपालिकाको सामाजिक तथा राजनीतिक क्षेत्रको चिरपरिचत नाम हो ‘गुलेली मास्टर’ अर्थात् नीम श्रीस । पूर्तिघाट निवासी ४० बर्षीय उनी नेपाली काँग्रेस कालीगण्डकी गाउँपालिकाका सभापति समेत हुन् । सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय ‘गुलेली मास्टर’ भाषण गर्ने र...

प्रेस युनियनको महाधिवेशन भदौ २१ र २२ मा हुने
मंगलबार, जेठ १०, २०७९
नेपाली कांँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको महाधिवेशन सरेको छ । युनियनको मंगलबार बसेको सचिवालयको आकस्मिक बैठकले आगामी भदौ २१ र २२ गते बागमती प्रदेशको राजधानी हेटौँडामा नवौँ महाधिवेशन गर्ने निर्णय गरेको हो ।

सरकारको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई आर्थिक वृद्धिको बलियो आधार बनाउनेदेखि रोजगारी सिर्जना गर्ने
मंगलबार, जेठ १०, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

नक्कली सुन बेच्ने पक्राउ
मंगलबार, जेठ १०, २०७९
रुपन्देही प्रहरीले नक्कली सुन बिक्री वितरण गर्ने ठगिको गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले जेठ ५ गते जिल्ला रुपन्देही सैनामैना नगरपालिका–१० शीतलापुरस्थित होटलमा बुटवल उपमहानगरपालिका– १७ बस्ने वर्ष ४० की धन सौमैलाई बोलाई आफूहरुसँग रहेको सुनजस्ता देखिने गोल्डेन कलरको धातु दिएर ठगिगरेको अभियोगमा उक्त गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको हो...

कालीगण्डकीका अध्यक्ष थापाको पहिलो निर्णय : निःशुल्क स्वास्थ्य बिमा
मंगलबार, जेठ १०, २०७९
गुल्मीको कालीगण्डकी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष बेदबहादुर थापाले पालिकाका नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिने पहिलो निर्णय गरेका छन् । अध्यक्ष थापाले शपथ ग्रहणसँगै सोमबार महत्वकांक्षी निर्णय सार्वजनिक गर्दै निःशुल्क स्वास्थ्य बिमा गर्ने विषयलाई प्राथमिकतामा राखेका हुन् ।

दश नयाँ कोरोना संक्रमित थपिए
सोमबार, जेठ ९, २०७९
पछिल्लो समय नेपालमा छिट्टाफट्टा रुपमा कोरोना संक्रमित देखिने गरेका छन् । सोमबार पनि १० जना नयाँ कोरोना संक्रमित देखिएका छन् । देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।