न्यू होराइजनले मनायो ३० औं वार्षिक उत्सव
मंगलबार, माघ १७, २०७९
लुम्बिनीमा हिन्दू गुरुको प्रस्तावित कार्यक्रमप्रति आपत्ति
मंगलबार, माघ १७, २०७९
महामानव गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा भारतका हिन्दू गुरु मोरारी बापूबाट रामकथा वाचन गरिने भनी प्रचारित कार्यक्रमको आयोजनाप्रति बौद्ध समुदायले विरोध प्रकट गरेको छ ।
भैरहवाबाट ढाका उडान सुरु गर्न आग्रह
मंगलबार, माघ १७, २०७९
परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल र नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । सो भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका हवाई उडान सुरु गर्न राजदूत चौधरीलाई आग्रह गरे ।
राहदानी सेवा सहज बनाउन अग्रिम अनलाइन आवेदन
सोमबार, माघ १६, २०७९
राहदानी विभागले आफ्ना सेवा सहज बनाउने उद्देश्यले एक महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि–इनरोलमेन्टको व्यवस्था गरेको छ । विभागले एक सूचना प्रकाशित गरी सोमबारदेखि दैनिक एक हजार पाँच सयका दरले एक महिनाको प्रि–इनरोलमेन्ट हुने जनाएको छ ।
सूचना वर्गीकरणको प्रस्ताव स्थगन गर्ने समझदारी
सोमबार, माघ १६, २०७९
सरकारले सूचना वर्गीकरणका लागि तयार पारेको प्रस्ताव स्थगन गर्ने भएको छ । सो प्रस्ताव स्थगन गरी नयाँ शिराबाट छलफल गर्ने तथा नेपालको संविधान र सूचनाको हकको प्रावधानअनुसार नै अगाडि बढाउने समझदारी भएको छ ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक
सोमबार, माघ १६, २०७९
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको निर्णयानुसार आगामी फागुन २५ बिहीबार राष्ट्रपतिको र चैत ३ गते शुक्रबार उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी मिति तोकिएको छ ।
पाल्पामा कुष्ठरोगी : विगत चार वर्षदेखि स्थिर !
सोमबार, माघ १६, २०७९
पाल्पामा कुष्ठरोगीको संख्या न्यूनीकरणमा सोंचेजस्तो सफलता मिल्न सकेको छैन । विगत चार वर्षदेखिको अवस्था हेर्ने हो भने जिल्लामा कुष्ठरोगीको संख्या स्थिरजस्तो देखिन्छ । कुनै वर्ष संख्या थपिएको छ भने कुनै वर्ष संख्या ओरालो लागेको देखिन्छ ।
आज सहिद दिवस विविध कार्यक्रम गरी मनाइदैं
सोमबार, माघ १६, २०७९
देश र जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस मनाइँदैछ । सहिदप्रति सम्मान गर्दै दिवस मनाउन लागिएको हो ।
सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी
सोमबार, माघ १६, २०७९
यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी गर्न सफल भएका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका किसान मुक्ति अधिकारीले उक्त आम्दानी गरेका हुन् । सुन्तला टिप्न थालेको सुरुआती अवस्थामा प्रतिकेजी ५५ बाट सुरु गरेर अहिले अन्तिममा प्रतिकेजी ८९ मा सुन्तला बिक्री भइरहेको उनले बताए ।
रास्वपाको सभापतिमा फेरि रवि लामिछाने
आइतबार, माघ १५, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा फेरि रवि लामिछाने चयन भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुनः प्राप्ति गरेसँगै लामिछानेलाई आइतबार पार्टी केन्द्रीय समितिको बैठकले सभापतिको जिम्मेवारी सुम्पेको हो ।
गुल्मीमा आफ्नै घरभित्र महिलाको शव
आइतबार, माघ १५, २०७९
गुल्मीमा आफ्नै घरभित्र महिलाको शव फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका–७ वामीकी एक महिलाको घरभित्रै शव भेटिएको हो । ५७ वर्षीय गंगादेवी शेरचनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
रवि लामिछानेले लिए पुनः नागरिकता
आइतबार, माघ १५, २०७९
रवि लामिछानेले नेपाली नागरिकता पुनः लिएका छन् । उनले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आइतबार नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् । साढे ११ बजेतिर कार्यालय पुगेका उनले दिउँसो सवा २ बजेतिर नागरिकताको प्रमाणपत्र लिएका छन् ।
पाल्पामा १२ जना कुुष्ठरोगी
आइतबार, माघ १५, २०७९
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सन् २०१० अर्थात् वि.सं. २०६६ माघ ५ गते नेपाललाई कुष्ठरोग निवारण भएको घोषणा गर्यो । नेपालमा कुष्ठरोग जनस्वास्थ्यको समस्याका रूपमा छैन भनेर एक दशक अघि नै घोषणा गरिए पनि अझै धेरै जिल्लाहरुमा यो रोग हट्न सकेको छैन ।


