Shittalpati
एकीकृत समाजवादी पाल्पाका अध्यक्ष पाण्डेको सम्झनामा स्मृति कोषसँगै वृक्षारोपण 

पाल्पा, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाका अध्यक्ष खिमानन्द पाण्डे (कमल)को सम्झनामा स्मृति कोष स्थापनाको घोषणासँगै वृक्षारोपण गरिएको छ । असार २२ गते हृदयघातका कारण निधन भएका ५२ वर्षीय पाण्डेको सम्झनामा परिवारले स्मृति कोष स्थापना गर्ने घोषणा र वृक्षारोपण गरेको हो । 

परिवारले १२ औं दिनको पुण्य तिथिमा स्मृति कोष स्थापना गर्ने घोषणा गरेको समाजवादी प्रेस संगठन पाल्पाका अध्यक्ष पदम गैरेले जानकारी दिए । स्मृति कोषबाट विभिन्न सामाजिक कामहरु गरिने स्वर्गीय पाण्डेका छोरा शंकर पाण्डेले बताए । बुवाको सामाजिक क्षेत्रमा समर्पित हुँदा हुँदै निधन भएकाले सामाजिक क्षेत्रमै काम गर्ने गरी स्मृति कोष स्थापना गरिने उनले बताए । 

यस्तै परिवारले स्वर्गीय पाण्डेको सम्झनामा वृक्षारोपण समेत गरेको हो । जसमा बोधि वृक्ष, कपुर, श्रीखण्ड, रूद्राक्ष,बिरुवा लगाइएको छ । परिवारसँगै पूर्व मन्त्री एवं एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेयसहितका नेताहरुले वृक्षारोपण गरेका हुुन् । दिवंगत पाण्डेको नाममा ट्रष्टले स्मृति ग्रन्थ समेत निकाल्ने जनाएको छ । स्वर्गीय  पाण्डे राजनीतिमा राम्रो छवि भएका नेता हुन्  । पहिले एमालेमा रहेका उनी पार्टी विभाजन पछि एकीकृत समाजवादीमा आएका थिए । 
 

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update