Shittalpati
पाल्पाको माथागढीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु
पाल्पाको माथागढीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु ल्पाको माथागढी गाउँपालिका –१ अगाहाखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । पुस ३० गते साँझा माछा मार्नका लागि विद्युत्को मुख्य लाईनबाट हुक लगाई तयारी गर्दै गर्दा अचनाक करेन्टर लागेर घाइते भएका रम्भा गाउँपालिका–४ का ३० वर्षीय विष्णु बहादुर थापाको उपचारका क्रममा मृत्यु भएको हो ।
पोखरा विमान दुर्घटना : ७२ यात्रु सवार
पोखरा विमान दुर्घटना : ७२ यात्रु सवार पोखरामा भएको विमान दुर्घटनामा चालक दलसहित ७२ यात्रु सवार रहेको बुझिएको छ । आज बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको ९ एन–एसीएनसी विमानमा चालक दलका ४ जना र ६८ यात्रु सहित ७२ जना सवार रहेको त्रिभुवन विमानस्थलले जनाएको छ ।
पोखरामा विमान दुर्घटना
पोखरामा विमान दुर्घटना पोखरामा विमान दुर्घटना भएको छ । यति एयरलाइन्सको विमान आइतबार पोखराको घारी पाटनमा दुर्घटना भएको हो ।
पूर्वप्रधानमन्त्री आचार्यको घरलाई सङ्ग्रहालय बनाइने
पूर्वप्रधानमन्त्री आचार्यको घरलाई सङ्ग्रहालय बनाइने पूर्वप्रधानमन्त्री स्व. टङ्कप्रसाद आचार्यको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सदरमुकाम परासीस्थित जन्मघरलाई सङ्ग्रहालय बनाइने भएको छ । नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्षसमेत रहेका उनको करिब एक सय वर्ष पुरानो जीर्ण घरलाई सङ्ग्रहालय बनाउन लागिएको हो ।
सभामुख र राष्ट्रपतिमा काँग्रेसको दावी रहन्छ : केन्द्रीय सदस्य सतार
सभामुख र राष्ट्रपतिमा काँग्रेसको दावी रहन्छ : केन्द्रीय सदस्य सतार नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष अब्दुल सतारले सभामुख र राष्ट्रपतिमा काँग्रेसको दावी रहने बताएका छन् । लोकतन्त्र प्रजातन्त्रलाई संस्थागत गर्न, नेपालको संविधान २०७२ लाई रक्षा गर्न नेपाली काँग्रेसले सभामुख र राष्ट्रपतिमा काँग्रेसको दावी गर्ने बताए ।
मानव बेचबिखन तथा ओसारपसार चुनौतीपूर्ण बन्दै
मानव बेचबिखन तथा ओसारपसार चुनौतीपूर्ण बन्दै सामाजिक सञ्जाल मार्फत बनेको साथीले आफूलाई भारतको कोठासम्म पुर्‍याउँछ भन्ने गुल्मीकी २६ वर्षीया युवतीले कल्पनासम्म गरेकी थिइनन् । अध्ययनका लागि बुटवलमा बस्दै आएकी समिता बैतडीका एक युवकसँग फेसबुकमा साथी बनिन् । सुरुमा सामान्य बोलचाल मात्र भयो । कुराकानी हुँदै जाँदा समितालाई युवक राम्रै साथी भएको अनुभूति भयो । ती युवकले...
लुम्बिनीमा मन्त्रालय घटाइयो
लुम्बिनीमा मन्त्रालय घटाइयो लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । यहाँ १३ वटा मन्त्रालय रहेकोमा एक मन्त्रालय घटाएर १२ पु¥याइएको हो ।
रिब्दीकोटमा आमालाई काट्ने भन्दै धम्की दिने छोरा पक्राउ
रिब्दीकोटमा आमालाई काट्ने भन्दै धम्की दिने छोरा पक्राउ जिल्लाको रिब्दीकोट गाउँपालिकामा आमालाई काट्ने भनि धम्की दिने छोरा पक्राउ परेका छन् । रिब्दीकोट गाउँपालिका– ३ की चित्र कुमारी दर्लामीलाई काट्ने धम्की दिएका उनकै छोरा २४ वर्षीय हिराबहादुर दर्लामी पक्राउ परेका हुन् ।
तानसेनमा श्रीमानलाई चक्कु प्रहार गर्ने श्रीमति पक्राउ
तानसेनमा श्रीमानलाई चक्कु प्रहार गर्ने श्रीमति पक्राउ जिल्लाको तानसेनमा श्रीमानलाई चक्कु प्रहार गर्ने श्रीमति पक्राउ परेकी छन् । तानसेन नगरपालिका –७ का ३० वर्षीय शेरजंग थापालाई धारिलो हतियार चक्कु प्रहार गर्ने उनकै श्रीमति प्रियंका थापा पक्राउ परेकी हुन् ।
घाइतेहरुको अवस्था बुुझ्न अस्पतालमा काँग्रेस सभापति श्रेष्ठ
घाइतेहरुको अवस्था बुुझ्न अस्पतालमा काँग्रेस सभापति श्रेष्ठ पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ खुर्सानेमा भएको बस दुर्घटनाका घाइतेहरुको अवस्था बुुझ्दै नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, जिल्ला सचिव सुुनिता अधिकारी, पार्टी प्रवक्ता शोभाखर न्यौपाने लगायतका नेताहरु ।
खोप लगाउन मन्त्रालयको आग्रह
खोप लगाउन मन्त्रालयको आग्रह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन नौ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको...
Weather Update