Shittalpati
रामपुर नगर सरकारले दियो कृषकलाई उन्नत घाँसको विरुवा

पाल्पा, जिल्लाको रामपुर नगरपालिकाले नगर भित्रका कृषकलाई उन्नत जातको घाँसको विरुवा वितरण गरेको छ । नगर सरकारले रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत गठन भएका स्वाबलम्वन समूह र युवा समुहलाई  घाँसको विरुवा वितरण गरेको हो ।

नगर उपप्रमुख बाल कुमारी थापाले समूहमार्फत कृषकलाई घाँसको विरुवा वितरण गरेकी हुन् । विरुवा वितरण गर्दै उपप्रमुख थापाले व्यवसायिक रुपमा पशुपालनका लागि घाँसको सहि सदुपयोग गरी उत्पादनमा वृद्धि गर्न आग्रह गसरन् । उनले नगरलाई मासुमा आत्मनिर्भर बनाउने गरी आफुुहरु अगाडि बढेको बताईन् । उपप्रमुख थापाले भनिन्‘ घाँसको अधिकतम उपयोग गरी धेरै भन्दा धेरै भैसी, बाख्रा पाल्नुुहोस् , यसले आर्थिक उपार्जन गर्न ठूलो टेवा पुर्‍याउन्छ ।’

उनले पशुपालनका लागि परियोजनामार्फत बाख्राको माउ र व्याडे बाख्रा वितरण गर्दै आएको समेत बताइन् । थापाले उद्यमशलिता कार्यक्रमलाई अझ परिस्कृत गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रममा रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले पशुपालक कृषकका लागि नगरले गरेको लगानी खेर नजाने गरी पशुपालनमा लाग्न आग्रह गरे । कार्यक्रममा नगर भित्रका ५१ समुहका सदस्यहरुलाई ५ प्रकारका उन्नत जातका घाँसको विरुवा वितरण गरिएको छ । रामपुर वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलको अध्यक्षता, रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाका संयोजक सन्जु परियारको स्वागत, समुदाय सहजकर्ता सुस्मा आलेको सञ्चालनमा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update