Shittalpati
एकीकृत समाजवादी  पाल्पाका अध्यक्ष पाण्डेको निधन

पाल्पा, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) पाल्पाका जिल्ला अध्यक्ष खिमानन्द पाण्डे (कमल) को निधन भएको छ । शुक्रबार साझा ५२ वर्षको उमेरमा उनको निधन भएको हो ।

हृदयघातका कारण पाण्डेको निधन भएको पार्टी   सचिवालयले जनाएको छ । दिउसो  आफ्नै घर बगनासकाली गाउँपालिका १ पिप्लेमा खेतमा काम गर्न गएका पाण्डे एक्कासी ढलेका थिए । उनलाई उपचारका लागि  लुम्बिनी मेडिकल कलेज प्रभास लैजाने क्रममा  बाटोमै ज्यान गएको  समाजवादी प्रेस संगठन पाल्पाका अध्यक्ष पदम गैरेले जानकारी दिए ।

अहिले मृतक पाण्डेको शव लुम्बिनी मेडिकल कलेज प्रभासमै राखिएको छ । मृतक पाण्डे राजनीतिमा राम्रो छवि भएका नेता हुन्  । पहिले एमालेमा रहेका उनी पार्टी विभाजन पछि एकीकृत समाजवादीमा आएका थिए । मृतक पाण्डेका २ छोरा र श्रीमती छन्  ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  २२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update