Shittalpati
रामपुरमा प्रसूति शल्यक्रिया सेवा पुनः सुरू, आमाहरू उत्साहित
रामपुरमा प्रसूति शल्यक्रिया सेवा पुनः सुरू, आमाहरू उत्साहित निस्दी गाउँपालिका– ७ ज्यामिरेस्थित सिन्दुरेकी २० वर्षीया बिलकुमारी रानाले बुधबार रामपुर अस्पतालमा शल्यक्रिया मार्फत छोरी जन्माइन् । गाउँकै अस्पतालमा सेवा पाउँदा उनी औधी खुसी छन् ।
को हुन् पटक–पटक जनताले रूचाएका मधु पराजुली ?
को हुन् पटक–पटक जनताले रूचाएका मधु पराजुली ? पाल्पाको सामाजिक र राजनीतिक क्षेत्रमा परिचित नाम हो मधु पराजुली । माथागढीको झडेवामा २०४१ साल वैशाख ८ गते बुबा कृष्ण पराजुली र आमा राममाया पराजुलीको सुपुत्रको रुपमा जन्मिएका उनले सानै उमेरदेखि विभिन्न संघसंस्थाको नेतृत्व सम्हाल्दै आएका छन् । २०६३ सालदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका उनले २०६५ सालमा नेपाली...
पाल्पामा गठबन्धनबाट असन्तुष्ट जनाएको समूहले लियो उम्मेदवारी फिर्ता
पाल्पामा गठबन्धनबाट असन्तुष्ट जनाएको समूहले लियो उम्मेदवारी फिर्ता पाल्पामा गठबन्धनमा असन्तुष्ट जनाएका व्यक्तिहरुले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् । यहाँ वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि वडातहदेखि पालिका अध्यक्ष पदमा उम्मेदवारी दिएका गठबन्धनका व्यक्तिहरुले उम्मेदवारी फिर्ता लिएका हुन् ।
पाल्पामा विकास र समृद्धिका लागि काँग्रेस सहितको गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह
पाल्पामा विकास र समृद्धिका लागि काँग्रेस सहितको गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह पाल्पामा सत्ता गठबन्धनका दलहरु घरदैलो चुनावी अभियानमा जुटेका छन् । काँग्रेस सहितको ५ दलिय गठनबन्धन दलहरु आ–आफ्ना उम्मेदवारहरुलाई विजयी बनाउन घरदैलो अभियानमा जुटेका हुन् । जिल्लाका दश वटै स्थानीय तहमा गठबन्धन दलहरु उम्मेदवारलाई जिताउन लागेका छन् । उनीहरुले विकास र समृद्धिका लागि काँग्रेस सहितको गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन मतदाताहरु समक्ष...
बगनासकालीका जनताको जीवस्तर उकास्छौं : पाण्डे
बगनासकालीका जनताको जीवस्तर उकास्छौं : पाण्डे सत्ता गठबन्धन अन्तर्गत एकिकृत समाजवादीबाट बगनासकाली गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनेका कमल पाण्डेयले बगनासकालीका जनताको जीवस्तर माथि उकास्न उम्मेदवारी दिएको बताएका छन् । उनले यहाँका जनताको जीवनस्तर अझै पनि माथि उठ्न नसकेको भन्दै उनीहरुको जीवनस्तरमा सुधार ल्याउन आफुले उपाध्यक्षमा उम्मेदवारी दिएको बताए ।
निर्वाचनको दिन सार्वजनिक बिदा दिन प्रस्ताव
निर्वाचनको दिन सार्वजनिक बिदा दिन प्रस्ताव निर्वाचन आयोगले निर्वाचनका दिन सार्वजनिक विदा दिन सरकारलाई प्रस्ताव गरेको छ । स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक विदा दिन सिफारिस गरेको हो ।
वडाको समृद्धि र विकासका लागि अध्यक्षमा उम्मेदवारी : आचार्य
वडाको समृद्धि र विकासका लागि अध्यक्षमा उम्मेदवारी : आचार्य वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसको तर्फबाट इस्मा गाउँपालिका २ गुल्मीको वडा अध्यक्षमा उम्मेदवारी दिएका लोकनाथ आचार्यले वडाको समृद्धि र विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
‘बगनासकालीका जनताको हित र विकासका लागि पालिका अध्यक्षमा उम्मेदवारी’
‘बगनासकालीका जनताको हित र विकासका लागि पालिका अध्यक्षमा उम्मेदवारी’ वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट बगनासकाली गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेकी सुनिता अधिकारीले बगनासकालीका जनताको हित र विकासका लागि पालिका अध्यक्षमा उम्मेदवारी दिएको बताएकी छन् ।
पाल्पामा गठबन्धनले दियो घरदैलोलाई तिव्रता
पाल्पामा गठबन्धनले दियो घरदैलोलाई तिव्रता वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि पाल्पामा काँग्रेस सहितको गठबन्धनले घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । गठबन्धनले आफ्ना उम्मेदवारहरुलाई विजयी बनाउन मतदाताहरुको घर–घरमा पुग्ने कार्यलाई तिव्रता दिएका हुन् ।
सबल,समृद्ध र समुन्नत देउरालीका लागि मेरो उम्मेदवारी : पोखरेल
सबल,समृद्ध र समुन्नत देउरालीका लागि मेरो उम्मेदवारी : पोखरेल रिब्दीकोट गाउँपालिका– २ का वडाध्यक्षका उम्मेदवार ओमप्रसाद पोखरेलले सबल, समृद्ध र समुन्नत देउरालीका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । उनले नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका पोखरेलले देउरालीका सिंगो वडावासीको सबल, समृद्ध र समुन्नत विकासका लागि आफुले उम्मेदवारी दिएको बताएका हुन् ।
विज्ञान विषय दिने एक सय ३९ परीक्षार्थी अनुपस्थित
विज्ञान विषय दिने एक सय ३९ परीक्षार्थी अनुपस्थित वैशाख १० गतेदेखि सञ्चालन भइरहेको एसइई परीक्षाको विज्ञान विषयमा पाल्पाबाट एक सय ३९ जना परीक्षार्थी अनुपस्थित भएका छन् । एक सय चार जना नियमित तर्फका र ३५ जना ग्रेड वृद्धितर्फका प्रशिक्षार्थीहरु अनुपस्थित भएका हुन् ।
पाल्पामा १७ जनाले बुझाए हतियार
पाल्पामा १७ जनाले बुझाए हतियार जिल्लामा १७ जनाले इजाजतप्राप्त हतियार बुझाएका छन् । स्थानीय तह निर्वाचनलाई भयरहित बनाउन भन्दै जिल्ला प्रशासन कार्यालयले इजाजतप्राप्त हातहतियार बुझाउन गरेको निर्देशन अनुसार १७ जनाले हतियार बुुझाएका हुन् । जिल्ला प्रशासन कार्यालयले गत चैत ८ गते वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात पुनःफिर्ता पाउने गरी प्रहरीलाई बुझाउन...
Weather Update