रक्सीको लतबाट छुटेका कुमालको अनुभव, भन्छन्–‘रक्सीले परिवार र समाजबाटै अपहेलित भइँदो रहेछ’
बिहीबार, असार १३, २०८१
एसईईको नतिजा बिहीबार सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
बुधबार, असार १२, २०८१
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार सार्वजनिक गर्ने निर्णय गरेको छ ।
खेतमा धान रोप्न सिक्दै विद्यार्थी
बुधबार, असार १२, २०८१
बुधबार तानसेनको प्रभास फाँटमा परिचयपत्र लगाएर विद्यार्थीदेखी पाका पुस्ताका महिला,पुरुषहरु खेतमा धान रोप्दै थिए । पहिलो पटक खेतमा पुगेका सेन्ट कपितानियो स्कुल तानसेन पाल्पाका विद्यार्थीहरुलाई भने धान रोपाइँ अनौठो लाग्यो ।
पाल्पामा लागुऔषध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा प्रभातफेरी (तस्बिरहरू)
बुधबार, असार १२, २०८१
लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस पाल्पामा पनि विविध कार्यक्रम गरी मनाइएको छ । ‘लागुु औषध दुुरुपयोग विरुद्ध लडौं : रोकथाममा जोड दिऔं’ भन्ने नाराका साथ जिल्ला सुरक्षा समिति र जिल्ला प्रहरी कार्यालय पाल्पाको संयुक्त आयोजनामा बुधबार र्याली तथा प्रभात भेरी कार्यक्रम गरी मनाइएको हो ।
पाल्पाका किसानलाई धान काट्ने चटारो
बुधबार, असार १२, २०८१
जिल्लाका फाँटहरुमा अहिले किसानलाई चैते धान काट्ने चटारो छ । मध्य असार लाग्नै लाग्दा पूर्वखोलाको जल्पा, रिङ्गनेरह र विरकोटका कोही किसानहरु खेतमा धमाधम धान काट्न तल्लीन छन् त कोही धानका भारी पिँठ्यूमा बोकेर खलामा लैजादै छन् ।
विद्यार्थीसँग पुष्पलाल
मंगलबार, असार ११, २०८१
पुष्पलाल स्मृती प्रतिष्ठान नेपालले विद्यार्थीसँग पुष्पलाल अन्तक्र्रिया कार्यक्रम गरेको छ । प्रतिष्ठानले पुष्पलाको १०० औं जन्मोत्सवको अवसरमा विद्यार्थीसँग पुष्पलाल कार्यक्रम गरेको हो ।
प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित
मंगलबार, असार ११, २०८१
प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८१÷०८२ को बजेट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्षको बजेट बहुमतले पारित भएको हो ।
एसइईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी
मंगलबार, असार ११, २०८१
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । कार्यालयले उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी थालेको हो ।
एचआईभी रोकथाममा नार्डेक
मंगलबार, असार ११, २०८१
जिल्लामा एचआईभी रोकथाम कार्यक्रमको जिल्लास्तरीय सरोकारवालाहरुसँग समन्वय तथा समीक्षा गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको आयोजना र राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) नेपालको समन्वयमा सोमबार तानसेनमा कार्यक्रमको समन्वय तथा समीक्षा गरिएको हो ।
काँग्रेस आगामी चुनाव एक्लै लड्छ : नेता पन्त
मंगलबार, असार ११, २०८१
नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्तले आगामी चुनाव एक्लै लड्नु पर्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाज पाल्पाको रामपुरमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले आगामी चुनावमा हारे पनि एक्लै लड्नुपर्ने बताएका हुन् ।
आज मगर जातिको भूमि पर्व
मंगलबार, असार ११, २०८१
मगर समुदायको प्रमुख चाड मध्ये भूमी पर्व एक हो । मगर समुदायले यो पर्व आज धुमधामसँग मनाउँदै छन् । वर्षातमा बाढी पहिरोजस्ता प्राकृतिक विपत्ति नहोस् भन्ने कामना गर्दै पूजा गर्ने चलन छ । खाद्यान्न बालीमा प्राकृतिक प्रकोप तथा दैवी विपत्ति नहोस् भनेर परम्परादेखि नै मगर समुदायले यो पूजा गर्दै आएका...
आक्रमणमा १५ प्रहरी अधिकृतको मृत्यु
सोमबार, असार १०, २०८१
दक्षिणी रूसको दागेस्तान गणतन्त्रमा श्रृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १५ जना प्रहरी अधिकारीको मृत्यु भएको आरआइए नोभोस्तीले स्थानीय अधिकारीलाई उद्धृत गर्दै सोमबार जानकारी गराएको छ ।
पूर्वखोलाको नीति तथा कार्यक्रम : कृषि र पशुुपालन प्राथमिकतामा
सोमबार, असार १०, २०८१
जिल्लाको पूर्वखोला गाउँपालिकाले कृषि र पशुुपालन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । पालिकाले ‘गरौं व्यवसायिक कृषि , पशुपालन यसैबाट सुुरु हुन्छ पूर्वखोलाको समृद्धि’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै आर्थिक वर्ष २०८१÷०८२ का लागि कृषि र पशुुपालनलाई उच्च प्राथमिकतामा राखेको हो ।


