लोकसेवा पढ्नेहरुका लागि रामपुर बन्यो सहयोगी
बिहीबार, असार ६, २०८१
तानसेनमा प्रजनन् स्वास्थ्य शिविर, ६५ जना महिलाले लिए सेवा
बुधबार, असार ५, २०८१
तानसेनमा एक दिने एकिकृत प्रजनन् स्वास्थ्य परीक्षण तथा व्यवस्थापन शिविर सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी भीम भैरब उपशाखा तानसेनको आयोजना र नेपाल परिवार नियोजन संघ पाल्पाको प्राविधिक सहयोगमा शिविर भएको हो ।
पाल्पा र कैलालीमा भरूवा बन्दुकसहित दुई जना पक्राउ
बुधबार, असार ५, २०८१
देशका विभिन्न ठाउँबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । केन्द्रीय समाचार कक्षका अनुसार पाल्पा र कैलालीका छुट्टाछुट्टै ठाउँबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
राष्ट्रपति पौडेल स्वदेश फिर्ता
बुधबार, असार ५, २०८१
राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश र्फकेका छन । उनि स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी केहीबेर अघि स्वदेश र्फकीएका हुन ।
विपद् जोखिम न्यूनीकरणमा संवेदनशील बन्न आग्रह
बुधबार, असार ५, २०८१
राष्ट्रिय मानव अधिकार आयोगले विपद्जन्य घटनाको न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य र व्यवस्थापनपक्षलाई थप चुस्त, सुरक्षित र प्रविधियुक्त बनाउन आग्रह गरेको छ ।
दुबईको जागिर छोडेर गाउँमै घाँसखेती
बुधबार, असार ५, २०८१
गुल्मीको मदाने गाउँपालिका– ३ सिर्सेनीका गोपाल खत्री क्षेत्रीको दैनिकी आजकाल घाँसखेतीमा कट्ने गरेको छ ।
आज द्वन्द्वमा यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै
बुधबार, असार ५, २०८१
आज द्वन्द्वमा यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । द्वन्द्वसम्बन्धी यौन हिंसा, विश्वभर यौन हिंसाबाट पीडित र बाँचेकाहरुलाई सम्मान गर्न, अपराध उन्मूलनका लागि उभिन, र जीवन समर्पण तथा गुमाएका सबैलाई श्रद्धाञ्जली अर्पण गर्न यो दिवस मनाउने गरिएको हो ।
घर –घरका मठमा तुलसीको दल राखियो
बुधबार, असार ५, २०८१
आ–आफ्नो घरको मठमा मंगलबार तुलसीको दल राखिएको छ । प्रत्येक वर्ष जेष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राख्ने पम्परा अनुसार मठमा तुलसीको दल राखिएको हो ।
भूकम्पपीडितलाई चाँडो राहत उपलब्ध गराउन माग
मंगलबार, असार ४, २०८१
राष्ट्रियसभा सदस्यहरुले जाजरकोट भूकम्पकपीडितलाई चाँडोभन्दा चँडो राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन । राष्ट्रियसभाको आजको बैठकको विषेश समयमा उनले समयमा नै राहत उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
पाल्पामा पाँच जिल्लाको अन्तर जिल्ला समन्वय बैठक
मंगलबार, असार ४, २०८१
पाँच जिल्लाको अन्तर जिल्ला समन्वय बैंठक पाल्पामा बसेको छ । गुल्मी, रुपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिम र पाल्पाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको बैंठक पाल्पाको तानसेनमा बसेको हो ।
लुम्बिनीमा घट्यो गरिबीको दर
मंगलबार, असार ४, २०८१
लुम्बिनी प्रदेशमा गरिबीको दर घटेको छ । प्रदेशको आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्यमा गरिबी दर घटेको उल्लेख गरिएको हो ।
आज निर्जला एकादशी, घर–घरमा तुलसीको दल राखिंदै
मंगलबार, असार ४, २०८१
वैदिक सनातन धर्मावलम्बीहरुले आज आ–आफ्नो घरको मठमा तुलसीको दल (बिउ) राख्दै छन् । प्रत्येक वर्ष जेष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ ।
मनाइयो पहिलो दिनको बकर इद
सोमबार, असार ३, २०८१
मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर इद (इदुल जोहा) सोमबार देशभरका मस्जिदमा नमाज पाठ गरी हर्षोल्लासपूर्वक मनाइएको छ ।


