समाजसेवी भारतीको निधन
मंगलबार, कात्तिक १४, २०८०

रामपुरका कृषकलाई अनुदानमा तरकारीका बेर्ना
मंगलबार, कात्तिक १४, २०८०
जिल्लाको रामपुरका कृषकलाई रामपुर नगर सरकारले अनुदानमा तरकारीका बेर्ना वितरण गरेको छ । नगर सरकारले यहाँका कृषकलाई ५० प्रतिशत अनुदानमा तरकारी तथा प्याजका बेर्ना दिएको हो ।

गुल्मीमा जंगली च्याउ खाएका तीन जना बिरामी
मंगलबार, कात्तिक १४, २०८०
गुल्मीमा जंगली च्याउ खाएर तीन जना बिरामी परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–६ बुल्मका ३९ वर्षीय सरिता कुमाल सोही स्थानका ११ वर्षीय बिमल कुमाल र ८ वर्षीय सुस्मा कुमाल जंगली च्याउ खाएर बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिए...

गुल्मीको मालिकामा विजुली सट भई बंगालोमा आगलागी
मंगलबार, कात्तिक १४, २०८०
गुल्मीमा बंगालोमा आगलागी हुँदा पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला मालिका गाउँपालिका वडा नम्बर– ६ फुलबारीका रामप्रसाद भण्डारीको बङ्गालोमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

काँग्रेसले सरकारका अपजसको भारी बोक्दैन : महर
मंगलबार, कात्तिक १४, २०८०
नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारका अपजसको भारी काँग्रेसले नबोक्ने बताएका छन् । सोमबार नेपाली काँग्रेस तानसेन नगरपालिकाले पाल्पाको तानसेनमा आयोजना गरेको नगर सम्मेलनलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य महरले वर्तमान सरकारका कुनै पनि अयोग्य र अपजसका कामको भारी नबोक्ने बताएका हुन् ।

नेपालका करिब ६० प्रतिशत घर एकतले
सोमबार, कात्तिक १३, २०८०
नेपालका करिब ६० प्रतिशत घर एकतले रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को थप नतिजासम्बन्धी विवरणअनुसार नेपालभर कूल ७५ लाख ५२ हजार ६६ वटा घर छन् ।

राष्ट्रसङ्घका महासचिवको लुम्बिनी भ्रमण : पर्यटन प्रवर्द्धन हुने विश्वास
सोमबार, कात्तिक १३, २०८०
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने भएपछि लुम्बिनी क्षेत्रका बासिन्दा उत्साहित भएका छन् । महासचिव गुटेरेसको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचारप्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा पनि गरिएको छ ।

फरार अभियुक्त पक्राउ
सोमबार, कात्तिक १३, २०८०
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षणका क्रममा शौचालयबाट भागेका अभियुक्त पुनः पक्राउ परेका छन् ।

गाउँघरमा देखिन छाडे पिङ
सोमबार, कात्तिक १३, २०८०
दसैं भन्ने बित्तिकै सबैलाई पिङको सम्झना आउँछ, तर चाडपर्वको रौनक बढाउने लिंगे पिङ पछिल्लो समय विस्तारै हराउँदै गएको छ । चचहुइय्य भन्दै दसैं–तिहारसम्मै खेलिने पिङ देखिन छाडेका छन् । केही समय अघिसम्म दसैंको नवदुर्गा सुरु भएपछि गाउँदेखि सहरसम्म पिङको माहोल देखिन्थ्यो ।

गुल्मीको सराय नाच संरक्षणमा युवा
सोमबार, कात्तिक १३, २०८०
गुल्मीका युवा पछिल्लो समय ऐतिहासिक सराय नाच संरक्षणमा जुटेका छन् । परम्परागत रुपमा खेलिँदै आएको सो ऐतिहासिक सराय नाच लोप हुँदै जान थालेपछि यहाँका युवा संस्कृतिको संरक्षणका लागि जुट्न थालेका हुन् ।

संयुक्त राष्ट्रसंघका महासचिव लुम्बिनी आउँदै , तयारी तीव्र
आइतबार, कात्तिक १२, २०८०
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लुम्बिनी भ्रमणमा आउने भएका छन् । नेपाल र संयुक्त राष्ट्रसंघबीचको गहिरो मित्रतालाई थप मजबुत बनाउने उद्देश्यले नेपाल भ्रमणमा रहेका गुटेरेस मंगलबार लुम्बिनी भ्रमणमा आउन लागेका हुुन् ।

बम विस्फोटमा एकको मृत्यु
आइतबार, कात्तिक १२, २०८०
भारतको केरला राज्यस्थित कोच्चीको कालामास्सेरी क्षेत्रमा आइतबार यहोवाका साक्षीहरूको प्रार्थना सभामा भएको थुप्रै विस्फोटमा एक जनाको मृत्यु भएको र कयौँ घाइते भएको प्रहरीले बताएको छ ।

आलु निकाल्न रामपुरको शीत भण्डार खुला
आइतबार, कात्तिक १२, २०८०
रामपुर शीत भण्डार आगामी एक हप्ताका लागि खुला गरिएको छ । शीत भण्डारमा राखिएको आलु निकाल्नका लागि एक हप्ता शीत भण्डार खुल्ला गरिएको हो ।