बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया
बुधबार, साउन ९, २०८१
काठमाडौं जहाज दुर्घटना : १८ जनाको मृत्यु, को–को परे ? (नामावलीसहित)
बुधबार, साउन ९, २०८१
काठमाडौँमा भएको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । बुधबार विहान सौर्य एयरलाइन्सको जहाज पोखरातर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित आठ मन्त्रीको शपथ
बुधबार, साउन ९, २०८१
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । नवनियुक्त मुख्यमन्त्री आचार्यलाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १७२ बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन ।
पोखराको लागि उडेको विमान काठमाडौँमा दुर्घटना
बुधबार, साउन ९, २०८१
सौर्य एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ । विमान आज बिहान काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको हो ।
अझै भेटिएनन् त्रिशूलीमा बेपत्ता बस
बुधबार, साउन ९, २०८१
पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन् । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा बेपत्ता भएका बस र यात्रुको १२ औँ दिन पनि खोजी कार्य तीव्र पारिएको छ ।
लुम्बिनीका मुख्यमन्त्रीको शपथ आज
बुधबार, साउन ९, २०८१
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । सोमबार नियुक्त भएका आचार्यले पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।
पाल्पासहित देशभरका शिवालयमा भक्तजनहरुको भिड
मंगलबार, साउन ८, २०८१
साउनको पहिलो सोमबार पाल्पासहित देशभरका शिवालयमा पूजाआजा गर्ने भक्तजनहरुको अत्याधिक भिड लागेको छ । सोमबार बिहानैदेखि शिवालयमा पूजाआजा गर्ने दर्शनार्थीको घुइँचो देखिन्थ्यो । हिन्दु धर्म मान्ने महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गरेका छन् ।
लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका आचार्य
मंगलबार, साउन ८, २०८१
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले लुम्बिनी प्रदेशका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । सोमबार प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका आचार्य नियुक्त
सोमबार, साउन ७, २०८१
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले लुम्बिनी प्रदेशका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । सोमबार प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनलाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका आचार्यको दाबी पेश
सोमबार, साउन ७, २०८१
लुम्बिनीको मुख्यमन्त्रीमा नेकपा एमाले लुम्बिनी प्रदेशका उपनेता चेतनारायण आचार्यले दाबी पेश गरेका छन् । ५६ सांसदको समर्थनसहित उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
लुम्बिनीको मुख्यमन्त्रीमा एमालेबाट गिरी ब्याक, आचार्यलाई अघि सार्दै
सोमबार, साउन ७, २०८१
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेले संसदीय दलका नेता लिला गिरीलाई ब्याक गराएर दलका उपनेता चेतनारायण आचार्यलाई अघि सारेको छ ।
लुम्बिनीमा वर्षाबास धार्मिक अनुष्ठान
सोमबार, साउन ७, २०८१
बुद्ध जन्मस्थल लुम्बिनीमा आठौँ वर्षाबास तथा धार्मिक अनुष्ठान सुरुआत भएको छ । लुम्बिनीस्थित राजकीय बौद्ध विहारमा आइतबार आयोजित कार्यक्रममा विहारका संरक्षक भीक्षु सागर धम्मले शील पाठ गरेर वर्षाबासको आरम्भ गरे ।
पुष्पलालको मार्गदर्शनबाट विमुख कम्युनिष्ट
सोमबार, साउन ७, २०८१
आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको योगदानको स्मरण गर्दै नेपालका कम्युनिष्ट पार्टीहरुले देशैभर विभिन्न कार्यक्रमसहित ४६ औं स्मृति दिवस मनाउँदै छन् । उनका फोटामा माल्यार्पण गरिनेछ, पुष्पलालका जीवन भोगाइ र दुई/चारवटा उनका विचारका कर्खा कार्याकर्ताकालाई सुनाएर यो स्मृति दिवस अन्त्य हुनेछ । यसरी नै हरेक वर्ष कम्युनिष्ट घटकहरूले...


