तानसेनमा नगदसहित ७ जुवाडे पक्राउ
शनिबार, कात्तिक ११, २०८०

पाल्पाको माथागढीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
शनिबार, कात्तिक ११, २०८०
जिल्लाको माथागढी गाउँपालिका –१ बिरौटास्थित सिद्धार्थ राजमार्गमा मोटरसाईकल दुर्घटना हुुँदा एक जनाको मृत्यु भएको छ । स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको लु १४ प ८८७१ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा वालिङ नगरपालिका – ५ स्याङ्जाका ४१ वर्षीय मोहनीलाल थापाको मृत्यु भएको हो ।

प्रधानमन्त्री दाहालद्वारा उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी
बुधबार, कात्तिक ८, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन् ।

वैकुन्ठेमा जीप खस्दा ६ जनाको मृत्यु एक घाईते
आइतबार, कात्तिक ५, २०८०
घटना स्थलमा मृत्यु हुनेहरुमा नवलपरासी देबचुलीनगरपालिका १६ का अन्दाजी ५५ वर्षिया पार्वती लोहनी, ६५ वर्षिय कृष्ण लोहनी, ११ वर्षिय सविस लोहनी, ढाई वर्षिय इशव लोहनी, ३५ वर्षिया सविना धिताल, र लमजुङ्ग बेशीशहर २ की ५५ वर्षिया चुना धितालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

वैकुन्ठेमा जीप खस्दा : ६ जनाकाे मृत्यु एक घाईते
आइतबार, कात्तिक ५, २०८०
रानीमहल सडक खण्ड अन्तर्गत बैकुन्ठ पहाडमा जीप दुर्घटनामा परी ६ जनाको घटना स्थलमा मृत्यु भएको छ । चालक घाईते अवस्थामा भेटिएका छन । जीप वैकुण्डे पहाडबाट तीन सय मीटर तल वराङ्दी खोलामा खसेको हो ।

पाल्पामा नयाँ नोट लिन सर्वसाधारणलाई सास्ती
शुक्रबार, कात्तिक ३, २०८०
दसैँका लागि नयाँ नोट साट्न राष्ट्रिय वाणिज्य बैंक तानसेनस्थित शाखामा पुगेका तानसेन–५ कैलाशनगरका दिपक अधिकारीले ३ घण्टा कुरेर नयाँ नोट पाए । बिहीबार बिहान बैंक पुगेका उनले नयाँ नोट साट्न विहानभर लाइन बस्नुपर्यो ।

दसैँमा चङ्गा उडाउने संस्कृति हरायो
शुक्रबार, कात्तिक ३, २०८०
दसैँका बेला चङ्गा उडाएर रमाइलो गर्ने जमात हिजोआज देखिँदैन । दसैँको चहलपहल सुरु भएदेखि घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर आकाशमा चङ्गा उडाएर मनोरञ्जन गर्ने चलन अहिले हराउँदै गएको छ ।

दसैँमा मौसम सामान्यतया सफा रहने
बिहीबार, कात्तिक २, २०८०
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको दसैँमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

आज दसैँको पाँचौं दिन, स्कन्दमाताको पूजा गरिँदै
बिहीबार, कात्तिक २, २०८०
आज बडादसैँको पाँचौं दिन देवी स्कन्दमाताको पूजा–आराधना गरेर मनाउँदै छ । दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरी मनाउन लागिएको हो ।

पूर्वमन्त्री पाण्डेयले गरे शुभकामना आदान–प्रदान
बुधबार, कात्तिक १, २०८०
पूर्व उद्योग मन्त्री, नेकपा एकिकृत समावादीका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका अध्यक्ष सोमप्रसाद पाण्डेयले हिन्दुहरुको महान पर्व विजया दशमी, शुभ दिपावली, छठ पर्व र नेपाल सम्वत्का अवसरमा शुभकामना आदान–प्रदान गरेका छन् ।

लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
बुधबार, कात्तिक १, २०८०
लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रदेशका रूपन्देही, दाङमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको हो ।