Shittalpati
मुलुकको अर्थतन्त्र सुधारोन्मुख छ : प्रधानमन्त्री
मुलुकको अर्थतन्त्र सुधारोन्मुख छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् । सरकार लागि सरकारले वृहतकार्य योजनाकासाथ आउने पनि उनको भनाइ छ ।
सर्वोच्चको आदेशपछि रिगल पक्राउ
सर्वोच्चको आदेशपछि रिगल पक्राउ सर्वोच्च अदालतको परमादेशसँगै योगराज ढकाल (रिगल) पक्राउ परेका छन् । सर्वोच्चबाट बिहीबार आदेश आएको केही घण्टामै प्रहरीले रिगललाई नेपालगन्जस्थित सेतु बिक चोकबाट पक्राउ गरेको हो ।
रिगलको कैद मिनाह बदर
रिगलको कैद मिनाह बदर सर्वोच्च अदालतले योगराज भनिने रिगल ढकालको कैद मिनाहा गर्ने सरकारको निर्णय बदर गर्दै तत्काल पक्राउ गर्न परमादेश जारी गरेको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले ढकालको कैद मिनाहा गर्ने सरकारको निर्णय बदर गर्दै तत्काल पक्राउ गरी कारागार चलान गर्न पनि परमादेश दिएको हो ।
श्रम स्वीकृतिका लागि नक्कली कागजात बनाउने पक्राउ
श्रम स्वीकृतिका लागि नक्कली कागजात बनाउने पक्राउ श्रम स्वीकृति लगायत वैदेशिक रोजगारीका लागि नक्कली कागजात बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 
गुल्मीमा काँग्रेसले सम्मेलन गर्दै
गुल्मीमा काँग्रेसले सम्मेलन गर्दै नेपाली काँग्रेस गुल्मीले आगामी मंसिर पहिलो हप्ताभित्र सम्मेलन गर्न लागेको छ ।  काँग्रेसले पार्टीलाई सशक्त र क्रियाशील बनाएर अगाडि बढाउन सम्मेलन गर्न लागेको हो । 
इतिहास बन्दै ढिकी–जाँतो
इतिहास बन्दै ढिकी–जाँतो गाउँघरमा कुटनी पिसनीका लागि कुनै बेला अनिवार्य बनेका ढिकी र जाँतो अहिले भने लोप हुँदै गएका छन् । पेट्रोल, डिजेल र विद्युत्बाट चल्ने आधुनिक मिलहरु भित्रन थालेपछि ढिकी, जाँतो गाउँघरबाट लोपोन्मुख भएका हुन् ।
पढाउन छाडेर कृषिकर्ममा हुमनाथ, वार्षिक १२ लाख आम्दानी
पढाउन छाडेर कृषिकर्ममा हुमनाथ, वार्षिक १२ लाख आम्दानी स्याङ्जाको वालिङ नगरपालिका–५ पित्लेकका हुमनाथ लामिछानेले जिल्लामा सफल किसानको पहिचान बनाउ सफल भएका छन् । उनीद्वारा सञ्चालित पित्लेक कालिका कृषि फार्म पछिल्लो समय अध्ययन, अवलोकन र अनुसन्धानको उत्कृष्ट थलो बनेको छ ।
वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणालीमा समस्या
वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणालीमा समस्या वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा प्राविधिक समस्या आएको छ ।
नगद र सुनका गहना चोरी गर्ने तीन पक्राउ
नगद र सुनका गहना चोरी गर्ने तीन पक्राउ काठमाडौँको सिनामङ्गलबाट नजिर अन्सारीको साथमा रहेको सुनका गरगहना तथा नगद चोरी गर्ने तीन जनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । 
लुम्बिनीबाट शान्तिको सन्देश प्रवाह गर्दा खुसी लागेको छ : महासचिव गुटेरेस
लुम्बिनीबाट शान्तिको सन्देश प्रवाह गर्दा खुसी लागेको छ : महासचिव गुटेरेस नेपाल भ्रमणका क्रममा आज गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश प्रवाह गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताउका छन् । 
दर्पुकमा युवकले गरे छिमेकी माथि कुटपिट
दर्पुकमा युवकले गरे छिमेकी माथि कुटपिट जिल्लाको बगनासकाली गाउँपालिका–६ दर्पुकमा एक युवकले छिमेकी माथि कुटपिट गरेका छन् । पानीको विषयलाई लिएर शिवप्रसाद अधिकारीले छिमेकी ६३ वर्षीय मोहनीलाल पराजुली र उनको श्रीमति ५० वर्षीया पूर्णकला पराजुलीलाई कुटपिट गरेका हुन् ।
राष्ट्रियसभामा तीन आयोगका प्रतिवेदन प्रस्तुत
राष्ट्रियसभामा तीन आयोगका प्रतिवेदन प्रस्तुत राष्ट्रियसभामा आज तीन आयोगका प्रतिवेदन प्रस्तुत भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का  तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले निर्वाचन आयोग, नेपालको सोह्रौँ वार्षिक प्रतिवेदन २०७८/७९, राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७९/८० र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तीसौँ वार्षिक प्रतिवेदन २०७९/८० प्रस्तुत गरेका हुन् ।
Weather Update