गुल्मीको मुसिकोटमा जिप दुर्घटना हुँदा  १४ जना घाईते
                        
                        
                                                
                                             
                                                                    गुल्मी ,जिल्लाको मुसिकोट नगरपालिका - ५ इन्द्रगौडामा जिप दुर्घटना हुँदा १४ जना घाईते भएका छन् । बुटवलबाट रिडी–रुद्रबेणी–वामीटक्सार हुँदै बाग्लुङको बडिगाड गाउँपालिका खौलारका लागि छुटेको लु १ ज ४४४८ नम्बरको जिप आज बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा चालकसहित १४ जना घाईते भएका र घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोख्रेलले जानकारी दिए । घाइतेलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा पठाइएको प्रहरी जनाएको छ ।


प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

 
                                         
                                         
                                         
                                         
                     
                     
                    
 
                     
                     
                     
                     
                    