प्रधानमन्त्री ओलीले पिताबाट दशैँको टीका ग्रहण
                        
                        
                                                
                                             
                                                                    काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले वडा दशैको शुभ साईतमा पिता मोहनप्रसाद ओलीको हातबाट दशैको टीका लगाए । ओलीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान शुभसाइतमा पिता मोहनप्रसादको हातबाट टीका र जमरा लगाएका हुन् । पिताको हातबाट टीका लगाउनु अघि प्रधानमन्त्री ओलीले पुरोहितको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा ग्रहण गरेका हुन ।
प्रकाशित मिति: शनिबार, असोज २६, २०८१
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

 
                                         
                                         
                                         
                                         
                     
                     
                    
 
                     
                     
                     
                     
                    