आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
सोमबार, साउन २८, २०८१
श्री ७ सिद्धि विनायक सहयोग समितिमा नयाँ नेतृत्व
आइतबार, साउन २७, २०८१
श्री ७ सिद्धि विनायक सहयोग समितिमा नयाँ नेतृत्व चयन भएको छ । तानसेनमा बसेको समितिको बैंठकले आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
काँग्रेस नेता सिवाकोटीले भने ‘काँग्रेस–एमाले सरकारले नागरिकमा व्याप्त निराशा तोड्न सकेन भने आशाको सञ्चार कस्ले गर्ने ?’
आइतबार, साउन २७, २०८१
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता अजयबाबु शिवाकोटीले काँग्रेस– एमाले सरकारले नागरिकमा व्याप्त निराशा तोड्नुपर्ने बताएका छन् । काँग्रेसको जारी केन्द्रीय कार्यसमिमित बैठकको चौथो दिन आइतबार सम्बोधन गर्दै उनले नागरिकमा आशा सञ्चार गर्नुपर्ने बेलामा निराश बनाउने छुट अहिलेको सरकारलाई नभएको भन्दै आशाको सञ्चार गराउनुपर्ने बताएका हुन् ।
स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने बढे
आइतबार, साउन २७, २०८१
स्याङ्जामा नागरिकता लिनेभन्दा राहदानी बनाउनेको संख्या बढी रहेको पाइएको छ । आर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट नागरिकता बनाउनेभन्दा राहदानी लिनेको संख्या पाँच हजारभन्दा बढी रहेको छ ।
डेङ्गी र हैजाका सङ्क्रमित बढे
शनिबार, साउन २६, २०८१
पछिल्लो समय डेङ्गी र हैजाका सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्यामा तीन हजार ८४ जना पुगेको छ । चार दिनयता सात सय २२ जना डेङ्गी सङ्क्रमित थपिएका हुन् ।
देश गरिबीबाट मुक्त नभएसम्म समृद्धि हासिल हुँदैन : प्रधानमन्त्री
शनिबार, साउन २६, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई गरिबीबाट मुक्त नगरेसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा नहुने बताएका छन् ।
तिथि के हो ? तिथिका स्वामी के–के हुन त ?
शनिबार, साउन २६, २०८१
हाम्रो वैदिक ज्योतिष अन्तर्गत पञ्चाङ्ग (तिथि, वार, योग, नक्षत्र र करण) मा तिथिको महत्व विशेष रहेको छ । चन्द्रमाको आधारमा गणना गरिने मितिलाई नै तिथि भनिन्छ । एउटा सूर्योदयबाट अर्को सूर्योदयसम्मको जून समय हुन्छ त्यसलाई अहोरात्र भन्ने गरिन्छ, त्यसैलाई तिथि मानिन्छ । यसै तिथि कै आधारमा सबै प्रकारको मुहूर्त (साइत)...
विधानसम्मत सञ्चालन गर्न खानेपानी समितिहरुलाई आग्रह
शनिबार, साउन २६, २०८१
बुटवल उपमहानगरपालिकामा जलस्रोत ऐन बारेछलफल भएको छ । उपमहानगरपालिकाले नगरभित्रका खानेपानी उपभोक्ता समितिहरुसँग जलश्रोत उपयोग ऐनबारे छलफल गरेको हो ।
देशभर मनसुनी वायुको प्रभाव
शुक्रबार, साउन २५, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण सरदरकै स्थानमा रहेको छ ।
कागजका नाग टाँसिँदै, साँच्चैका मासिँदै
शुक्रबार, साउन २५, २०८१
आज श्रावण शुक्ल पञ्चमी अर्थात् नाग पञ्चमी । हिन्दु धर्मावलम्बीहरुले घरको ढोकामाथि नागको चित्र टाँसी गाईको दूध, फूल अक्षताको साथमा गाईको गोबरसहित नागको पूजा अर्चना गरी मनाउँदै छन् ।
आदिवासी जनजाति दिवस मनाइँदै
शुक्रबार, साउन २५, २०८१
सदाझैं यसपटक पनि अगस्त नौ मा विश्वभरि आदिवासी दिवस मनाइँदैछ । नेपालमा पनि आज विभिन्न तामझामसाथ यो दिवस मनाउन लागिएको हो ।
रम्भादेवीमा सांस्कृतिक महोत्सव हुने
बिहीबार, साउन २४, २०८१
जिल्लाको रम्भा गाउँपालिका–५, ताँहुको ऐतिहासिक धार्मिकस्थल रम्भादेवी मन्दिरस्थित नाचनडाँडामा भव्य सांस्कृतिक महोत्सव हुने भएको छ । सहयात्रा नेपालको आयोजना र रम्भा पर्यटन विकास प्रतिष्ठानको सह–आयोजनामा आगामी भदौ १० गते कृष्ण जन्माष्टमीको दिन महोत्सव हुन लागेको हो ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धेरै वर्षा हुने
बिहीबार, साउन २४, २०८१
देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास भएको जनाउदै जल तथा मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न स्थानमा बदली र वर्षाको पूर्वानुमान गरेको छ ।


