पर्यटन प्रवर्धनका लागि विद्यार्थीले गरे तानसेनमा सरसफाइ
बुधबार, जेठ २३, २०८१
पाल्पा जेसिजद्वारा वातावरण दिवसमा बतासेडाँडामा वृक्षारोपण
बुधबार, जेठ २३, २०८१
पाल्पा जेसिजले वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेको छ । जेसिजले विभिन्न सरकारी निकाय, संघसंस्थाहरुको सहयोग, सहकार्य र समन्वयमा तानसेन नगरपालिका–५ बतासेडाँडामा वृक्षारोपण गरेको हो ।
तानसेनमा विद्यार्थीले गरे टोल सरसफाइ
बुधबार, जेठ २३, २०८१
विश्व वातावरण दिवसको अवसरमा बुधबार तानसेनमा सरसफाइ गरिएको छ । पाल्पा प्यारागन बोडिङ्ग स्कूूलमा अध्ययनरत विद्यार्थीहरूद्वारा गठित ग्रीन युथ क्लवको आयोजनामा टोल सरफाइ गरिएको हो ।
आज विश्व वातावरण दिवस
बुधबार, जेठ २३, २०८१
आज विश्व वातावरण दिवस । ‘भूमि पुनस्र्थापना, मरुभूमिकरण र खडेरी विरुद्ध लड्न लचिलो समुदाय’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाइँदैछ ।
हाते ट्याक्टर छोडेर गोरु पाल्दै किसान
मंगलबार, जेठ २२, २०८१
संघियता पछि स्थानीय सरकारले कृषि आधुनिकीकरणका नाममा धमाधम हाते ट्र्याक्टर ९मिनिटिलर० अनुदानमा वितरण गरे । गोरु पालनले दिक्क भएका किसानले राहत महसुस गर्दै हाते ट्र्याक्टरले खेतबारी जोत्न थाले ।
दैलेख केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
मंगलबार, जेठ २२, २०८१
दैलेख केन्द्रबिन्दु भएर आज बिहान ४.१ म्याग्निच्युडको भूकम्प गएको छ ।
गुल्मी जिप दुर्घटना : घाइतेहरुको अवस्था बुझ्न काँग्रेस नेताहरु अस्पताल
सोमबार, जेठ २१, २०८१
गुल्मीको कालीगण्डकी गाउँपालिका– ४ पुर्तिघाट ओकेङमा सोमबार भएको जिप दुर्घटनामा परी घाइते भएकाहरुको अवस्था बुुझ्न नेपाली काँग्रेसका नेताहरु अस्पताल पुगेका छन् । उनीहरु घटना घटेको थाहा पाउन साथ उपचारत घाइतेहरुको अवस्था बुझ्न पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभास पुगेका हुन् ।
लुम्बिनीको नीति तथा कार्यक्रम प्रस्तुत
सोमबार, जेठ २१, २०८१
लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ ।
गुल्मीको कालीगण्डकीमा जिप दुर्घटना : एकको मृत्यु, नौं घाइते (थप विवरण आउँदै)
सोमबार, जेठ २१, २०८१
गुल्मीको कालीगण्डकी गाउँपालिका– ४ पुर्तिघाट ओकेङ भन्ने स्थानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज विहान फोक्सिङ्बाट बुटवलतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्वरको जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो ।
सत्तारूढ दललाई नै मन परेन बजेट
सोमबार, जेठ २१, २०८१
आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटप्रति उद्योगी व्यवसायीहरु उत्साहित भए पनि सत्तारुढ दलका नेताहरु नै असन्तुष्टि देखिएका छन् ।
प्रजनन् स्वास्थ्य परीक्षण तथा व्यवस्थापन शिविर सञ्चालन
सोमबार, जेठ २१, २०८१
लायन्स क्लव अफ रणउजिरेश्वरीको आयोजना र नेपाल परिवार नियोजन संघ पाल्पाको प्राविधिक सहयोगमा एक दिने एकिकृत प्रजनन् स्वास्थ्य परीक्षण तथा व्यवस्थापन शिविर सञ्चालन भएको छ ।
जिप दुर्घटनामा ६ भारतीय पर्यटक घाइते
आइतबार, जेठ २०, २०८१
चितवनमा पर्यटक बोकेको जिप दुर्घटना हुँदा ६ भारतीय नागरिक घाइते भएका छन् । कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्जतर्फ जाँदै गरेको ना४च ८८५५ नम्बरको जिप आज खैरहनी नगरपालिका–१२ दराई ताल नजिक दुर्घटना भएको हो ।
रायमाझी कुलदेवता समिति पाल्पाको अध्यक्षमा कमल
आइतबार, जेठ २०, २०८१
रायमाझी कुलदेवता समिति पाल्पाको अध्यक्षमा कमल रायमाझी निर्विरोध चयन भएका छन् । समितिको छहरामा भएको २३ औं साधारणसभा तथा ७ औं अधिवेशनले रायमाझीलाई अध्यक्षमा चयन गरेको हो ।

