Shittalpati
‘विदेशमा दुःख गर्नुभन्दा बुकीमै भैँसी  पाल्दा सजिलो लागेको छ’
‘विदेशमा दुःख गर्नुभन्दा बुकीमै भैँसी  पाल्दा सजिलो लागेको छ’ परम्परादेखि भेडा पाल्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको संख्या घटाउदै गएका छन् । पूर्वी रुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन शिकार आरक्षको गर्पाछोडाको बुकी पाटनमा गत साउन अन्तिम साता भेटिएका विकले ३२ वर्र्षदेखि पाल्दै आएको भेडाको गोठ बेच्ने योजना रहेको जानकारी दिए । 
मर्स्याङ्दी नदीमा बस खस्यो
मर्स्याङ्दी नदीमा बस खस्यो तनुहँको आँबुखैरेनीको ऐनापहरा नजिक मस्र्याङ्दी नदीमा बस खसेको छ ।
दूध नपाउँदा ‘चितवन मिल्क’ चार महिनादेखि बन्द
दूध नपाउँदा ‘चितवन मिल्क’ चार महिनादेखि बन्द , दुग्ध उत्पादक सहकारी संस्था र फार्महरुको दूध प्रशोधन गर्दैै आएको चितवन मिल्क उद्योग चार महिनादेखि बन्द भएको छ । भरतपुर नगरपालिका–१ ठिमुरामा सञ्चालित उक्त उद्योगले गत वैशाखदेखि दूध नपाएपछि बन्द भएको हो । उद्योगले दूध ल्याएर प्रशोधन गरी नौनी घ्यू (बटर) र धुलो दूध उत्पादन गर्दै आएको थियो ।
कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका सबै भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ ।
तानसेनमा निकालियो श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा
तानसेनमा निकालियो श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा जिल्लाको तानसेनमा श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा निकालिएको छ । हरेक वर्ष जस्तै रोपाइँजात्राको भोलिपल्ट निकालिने रथ यात्रा विहीबार निकालिएको हो ।
रूपन्देहीमा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु
रूपन्देहीमा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु रूपन्देहीमा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । लु २ ख ६७६ नम्बरको मालबहाक ट्रकको ठक्करबाट रूपन्देहीको मायादेवी गाउँपालिका–६ बालुवादिपुरमा सोही ठाउँका ३५ वर्षीय गोरख बेल्दारको मृत्यु भएको हो ।
सुतली बम पड्काएर भाग्ने क्रममा दुई जना पक्राउ
सुतली बम पड्काएर भाग्ने क्रममा दुई जना पक्राउ घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान क्याम्पस परिसरमा बम पड्काएर भाग्न खोज्ने क्रममा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक, प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए । 
लिफ्ट खानेपानी आयोजनाले विद्युतमा पाए अनुदान
लिफ्ट खानेपानी आयोजनाले विद्युतमा पाए अनुदान स्याङ्जाका एक सय १० लिफ्ट खानेपानी आयोजनाले विद्युत् महसुलबापत रु एक करोड बढी अनुदान पाएका छन् । गण्डकी प्रदेशभित्रका नागरिकलाई स्वच्छ, गुणस्तरीय, सर्वसुलभ र सुरक्षितरुपमा खानेपानी सेवा पुर्‍याउने उद्देश्यले लिफ्ट खानेपानीमा लाग्ने महसुलमा अनुदान दिइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाले बताए ।
पाल्पामा समलिङ्गी विवाहलाई कानुनी मान्यता
पाल्पामा समलिङ्गी विवाहलाई कानुनी मान्यता विवाह गरेको ३ वर्षपछि एक समलिंगी जोडीले कानुनी मान्यता पाएको छ । रामपुर नगरपालिका– ९ को वडा कार्यालयले समलिंगी जोडीको विवाह दर्ता गरेको हो ।
पाल्पामा समलिङ्गी विवाहले पायो कानूनी मान्यता
पाल्पामा समलिङ्गी विवाहले पायो कानूनी मान्यता पाल्पाको रामपुर नगरपालिकामा समलिङ्गी विवाह दर्ता भएको छ । रामपुर वडा नं ९ को कार्यालयमा ३१ वर्षीया चिनाकुमारी नेपाली र ३६ वर्षीया ज्योति सार्कीले समलिङ्गी विवाह दर्ता गरेसँगै कानूनी रुपमा समलिङ्गी विवाहले मान्यता पाएको छ ।
परम्परागत खेती छाडेर कफीखेतीतर्फ
परम्परागत खेती छाडेर कफीखेतीतर्फ गुल्मी सिर्सेनीका किसान यतिबेला परम्परागत रुपमा गर्दैै आएको खेती छाडेर कफीखेतीमा लागेका छन् । जिल्लाको मदाने गाउँपालिका–३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका किसानको बारी यतिबेला कफीको बगैँचा बनेको छ । त्यहाँका किसान परम्परागत रुपमा उत्पादन गर्दै आएको मकै र कोदोखेतीलाई छाडेर व्यावसायिक रुपमा कफीखेतीमा लागेका हुन् ।
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार प्रदेशसभाको चौथो अधिवेशनको २५ औं बैठकमा आचार्यले  मतका लागि राखेको प्रस्तावमा दुईतिहाइभन्दा बढी मत प्राप्त भएको हो ।
Weather Update