कर्म अन्तै, सेवा जन्मथलो
आइतबार, जेठ १३, २०८१
नेकपा एमाले पाल्पाको अध्यक्षमा ओम घर्ती
शनिबार, जेठ १२, २०८१
नेकपा एमाले पाल्पाको अध्यक्षमा ओमबहादुर घर्ती मगर निर्विरोध निर्वाचित भएका छन् । पार्टीको १० औं जिल्ला अधिवेशनले घर्ति मगरलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
तानसेनको टुँडिखेलमा महिनावारी मेला
शनिबार, जेठ १२, २०८१
तानसेनको टुँडिखेलमा महिनावारी मेला भएको छ । महिनावारी दिवसको पूर्व सन्ध्यामा रोट्रयाक्ट क्लव अफ पाल्पा लुम्बिनीको मुख्य आयोजना, रोटरी क्लव अफ पाल्पा लुम्बिनी र लियो क्लव अफ पाल्पा लुम्बिनीको सह–आयोजनामा विभिन्न संघ संस्थाहरुको सहयोगमा शनिबार मेला भएको हो ।
असनटोल मगर समुदायमा कानुनी सचेतना
शनिबार, जेठ १२, २०८१
मगर समुदायमा कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लाको तानसेन नगरपालिका –२ असनटोलमा असनटोल मगर समाज वडाले गणतन्त्र दिवसको पूर्व सन्ध्यामा कानुनी सचेतना कार्यक्रम गरेको हो ।
पाल्पाका ऐतिहासिक फोटाहरुको काठमाडौंमा प्रदर्शनी
शनिबार, जेठ १२, २०८१
पाल्पाका ऐतिहासिक तथा दुर्लभ फोटाहरुको काठमाडौमा प्रदर्शनी गरिएको छ । पाल्पाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पाल्पा दर्शन कार्यक्रम अन्तर्गत ऐतिहासिक तथा दुर्लभ तस्वीरहरुको प्रदर्शनी गरिएको हो ।
राजनीतिको मूल लक्ष्य भनेको जनताको सु:ख हो ः काँग्रेस नेता घिमिरे
शनिबार, जेठ १२, २०८१
नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा प्रभावशाली नेता गुरुराज घिमिरेले राजनीतिको मूल लक्ष्य भनेको जनताको सुख भएको बताएका छन् ।
भोली श्रीनगरमा काँग्रेसको प्रशिक्षण तथा वनभोज कार्यक्रम हुँदै
शुक्रबार, जेठ ११, २०८१
नेपाली काँग्रेसको प्रशिक्षण तथा वनभोज कार्यक्रम शनिबार तानसेनको श्रीनगरडाँडामा हुन लागेको छ । नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नं २ पाल्पाको आयोजनामा भोली प्रशिक्षण तथा वनभोज कार्यक्रम हुन लागेको हो ।
सत्ता समीकरण निर्वाचनसम्म जान्छ : महासचिव पोखरेल
शुक्रबार, जेठ ११, २०८१
नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता समीकरण २०८४ को निर्वाचनसम्म जाने ठोकुुवा गरेका छन् । शुुक्रबार नेकपा एमाले पाल्पाको दशौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले वर्तमान सत्ता गठबन्धनलाई निर्वाचनसम्म निरन्तरता दिने बताएका हुन् ।
रामपुरमा गोरु हत्या गर्ने पक्राउ
शुक्रबार, जेठ ११, २०८१
जिल्लाको रामपुरमा गोरु हत्या गर्ने दुुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कोदालो प्रहार गरी गोरु हत्या गर्ने रामपुरका ५२ वर्षीय तारानाथ नेपाली र पूूर्वखोला गाउँपालिका –१ का ३८ वर्षीय तिलकराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
बोक्सीको आरोपमा कुटपिट गर्ने एक युवक पक्राउ
शुक्रबार, जेठ ११, २०८१
बोक्सीको आरोप लगाई महिलालाई कुटपिट गर्ने एक युवक पक्राउ परेका छन् ।
नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि
शुक्रबार, जेठ ११, २०८१
नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव भेरियन्ट भेटिएको छ ।
असफलताको बाटोमा स्वास्थ्य बिमा कार्यक्रम
शुक्रबार, जेठ ११, २०८१
पाल्पा, सरकारले केही वर्ष अघिदेखि लागु गरेको महत्वाकांक्षी स्वास्थ्य बिमा कार्यक्रम पाल्पामा असफलताको संघारमा पुगेको छ । यहाँका सेवा प्रदायक संस्थाहरुले प्रभावकारी सेवा नदिएको र राम्रा भनिएका स्वास्थ्य संस्थाले सेवा बन्द गरेपछि बिमा कार्यक्रम असफलताको बाटोमा गएको हो ।
एमाले पाल्पाको अधिवेशन तयारी पुरा, महासचिव पोखरेलले सम्बोधन गर्ने
बिहीबार, जेठ १०, २०८१
नेकपा एमालेको १० औँ जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । शुक्रबारदेखि तानसेनमा हुन लागेको अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको एमालेले जनाएको छ ।


