Shittalpati
शिक्षा र स्वास्थ्यका बारेमा बेलायती प्रतिनिधिसँग छलफल
शिक्षा र स्वास्थ्यका बारेमा बेलायती प्रतिनिधिसँग छलफल शिक्षा र स्वास्थ्यका विषयमा बेलायती प्रतिनिधिसँग छलफल भएको छ । बुटवल उपमहानगरपालिका, बेलायती सरकारको राष्ट्रिय स्वास्थ्य प्रणाली र बेलायती राजदुतावासको प्रतिनिधिबीच बुटवलको शिक्षा र स्वास्थ्यका बारेमा बुटवल उपमहानगरपालिकामा छलफल भएको हो ।
दुधको गुणस्तर सुधारबारे छलफल
दुधको गुणस्तर सुधारबारे छलफल बुटवलमा गुणस्तरहिन दूध विक्री हुँदै गएपछि बुटवल उपमहानगरपालिकाले व्यवसायीसँग छलफल गरेको छ । उसले गुणस्तरीय दूध विक्री गर्न व्यवसायीसँग छलफल गरेको हो ।
साढे तीन सय वर्ष पुरानो मन्दिरको जीर्णोद्धार
साढे तीन सय वर्ष पुरानो मन्दिरको जीर्णोद्धार साढे तीन सय वर्ष पुरानो इतिहास रहेको यहाँको एक मन्दिरको जीर्णोद्धार गरिएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका–४ मड्किना गुफास्थित शिवजी मन्दिर तथा श्री १००८ चम्पा गिरी जन्म आश्रमको जीर्णाेद्धार गरिएको हो ।
राज्यका निर्देशक सिद्धान्त समिति सभापतिमा पाल्पाली सांसद गैरे निर्विरोध निर्वाचित
राज्यका निर्देशक सिद्धान्त समिति सभापतिमा पाल्पाली सांसद गैरे निर्विरोध निर्वाचित पाल्पा क्षेत्र न. २ का संघीय सांसद तथा नेकपा एमालेका नेता ठाकुरप्रसाद गैरे संघीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । 
हराउँदै जनै बाट्ने संस्कृति, जोगाउँदै ब्राह्मण समाज
हराउँदै जनै बाट्ने संस्कृति, जोगाउँदै ब्राह्मण समाज हिन्दु परम्पराअनुसार जनैको धेरै महत्व छ । व्रतबन्धपछि होस् वा पूजामा जनै आवश्यक पर्छ नै । तागाधारीको पहिचान हो जनै । तर पछिल्लो समय तागाधारीहरु नै जनैको महत्वबारे अनविज्ञ बन्दै गएका छन् ।
गुल्मीको रेसुङ्गा र मदानेमा भेटिए नयाँ प्रजातिका आठ चरा
गुल्मीको रेसुङ्गा र मदानेमा भेटिए नयाँ प्रजातिका आठ चरा रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा आठ प्रकारका नयाँ प्रजातिका चरा फेला परेका छन् । नेपाल पक्षी संरक्षण संघले गरेको सर्वेक्षणअनुसार मदाने र रेसुङ्गा संरक्षित वन क्षेत्रमा ती चरा फेलापरेका संघका परियोजना अधिकृत भरत पन्थील जानकारी दिए ।
अपाङ्गता डिजिटल परिचय पत्र
अपाङ्गता डिजिटल परिचय पत्र बुटवलमा अपाङ्गता भएकाहरुलाई डिजिटल प्रविधिबाट परिचय पत्र प्रदान गर्न शुरु गरिएको छ । बुटवल उपमहानगरपालिकाले अपा·ता भएका व्यक्तिहरुको लगत संकलन र सेवा प्रवाहलाई व्यवस्थित गर्न सफ्टवेयरमार्फत तथ्यांक संकलन गर्दै परिचय पत्र वितरण शुरु गरिएको हो ।
स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै
स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था गएर प्रसूति गराउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । चेतनाको विकास भएसँगै स्वास्थ्य संस्था गएर प्रसूति गराउनेको सङ्ख्या १८.८ प्रतिशतले वृद्धि भएको लुम्बिनी प्रदेशको प्रथम आवधिक योजनाको समीक्षा प्रतिवेदन २०८० मा उल्लेख गरिएको छ ।
नारायणगढ–बुटवल सडक अवरुद्ध
नारायणगढ–बुटवल सडक अवरुद्ध पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा सोमबार सडक भासिएको स्थानमा गए राति लेदो खसेपछि सडक पुनः अवरुद्ध भएको हो । 
अहिलेसम्म विपतबाट दुई सय ११ को मृत्यु, बागमती र गण्डकीमा बढी क्षति
अहिलेसम्म विपतबाट दुई सय ११ को मृत्यु, बागमती र गण्डकीमा बढी क्षति नेपालमा मनसुनपछिको पछिल्लो दुई महिनामा मनसुनजन्यसहित सबै खालका विपद्बाट दुई सय ११ जनाको मृत्यु भएको छ । कुल ४८ जना बेपत्ता रहेका छन् भने एक सय ४३ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।
आज विश्व सुलेखन दिवस मनाइँदै
आज विश्व सुलेखन दिवस मनाइँदै आज नेपालसहित विश्वभर ‘विश्व सुलेखन दिवस’ मनाइँदै छ । युवा, अक्षर लेखनसँग सम्बन्धित विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ 
Weather Update