कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
शुक्रबार, असोज ११, २०८१
आठ वर्षमा पुल बनेपछि स्थानीय खुसी
शुक्रबार, असोज ११, २०८१
दुई वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने पुल आठ वर्षमा निर्माण भएपछि स्थानीय खुसी भएका छन् । तुलसीपुर उपमहागरपालिका–१५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुरखोलामा निर्माण सुरु भएको आठ वर्षमा पुल निर्माण पूरा भएको हो ।
अझै रोकिएन डेंगु
शुक्रबार, असोज ११, २०८१
डेंगु संक्रमण अझै रोकिएको छैन् । असोज महिनाको दोस्रो हप्ता लागिसक्दा समेत संक्रमण रोकिएको छैन् । संक्रमण रोकिनुको सट्टा देशभर झन् बढ्दै गएको छ । केही समय अघि ७५ जिल्लामा मात्र सिमित रहेको संक्रमण अहिले भने ७६ जिल्लामा फैलिसकेको छ ।
आज विश्व पर्यटन दिवस मनाइँदै
शुक्रबार, असोज ११, २०८१
आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ । खासगरी, पर्यटन सम्बन्धी काम गर्ने निकाय वा संस्थाले विभिन्न कार्यक्रम गर्दै छन् । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा संघसंस्थाले...
राष्ट्रपति पौडेलद्वारा सुस्तामा झोलुङ्गे पुल उद्घाटन
बिहीबार, असोज १०, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्तामा निर्माण भएको झोलुङ्गे पुलको बिहीबार एक समारोहबीच उद्घाटन गर्नुभएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित सुस्ता गाउँपालिका–५ नारायणी नदीमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण गरिएको हो ।
लुम्बिनी गुरुयोजनाबारे राष्ट्रियसभा संसदीय समितिको चासो
बिहीबार, असोज १०, २०८१
राष्ट्रियसभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले लुम्बिनी विकास कोषको गुरूयोजना कार्यान्वयन प्रगतिका बारेमा जानकारी लिनुका साथै सरोकारवालासँग छलफल गरेको छ ।
सबै प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान
बिहीबार, असोज १०, २०८१
हाल देशभर मनसुनी वायुका साथै बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मुलुकका सबै भेगमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ ।
बढी धान उत्पादन गर्ने कृषकलाई पुरस्कृत गरिने
बिहीबार, असोज १०, २०८१
दाङको राप्ती गाउँपालिकाले धान उत्पादक कृषकमध्ये बढी धान उत्पादन गर्नेलाई पुरस्कृत गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८१र०८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार सबैभन्दा बढी धान उत्पादनमा प्रोत्साहनका लािग पुरस्कृत गरिने गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए ।
सिद्धबाबा सुरुङमार्ग : दुई बाइपासको ‘ब्रेक थ्रु’
बिहीबार, असोज १०, २०८१
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको दुई वटा बाइपास सुरुङको ‘ब्रेक थ्रु’ सकिएको छ । कुल तीन वटा वाइपास मध्ये पहिलो र तेस्रो बाइपासको ‘ब्रेक थ्रु’ निर्माण सकिएको हो ।
बगनासकालीमा सामाजिक सुरक्षा भत्ता लिन ३ हजार १ सय सूचिकृत
बिहीबार, असोज १०, २०८१
जिल्लाको बगनासकाली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता लिन तीन हजार एक सय बढी लाभग्राही सूचिकृत भएका छन् । गाउँपालिकामा तोकिएको मापदण्ड र प्रक्रिया पूरा गरेका ३ हजार १ सय ४७ जना लाभग्राही सामाजिक सुरक्षा भत्ता दिन सूचिकृत भएका हुन् ।
आज परमाणु हतियार निर्मूल दिवस मनाइँदै
बिहीबार, असोज १०, २०८१
अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र संघको आह्वानमा यो दिवस हरेक वर्ष सेप्टेम्बर २६ का दिन मनाउने गरिएको हो । राष्ट्रसंघको स्थापनासँगै आणविक हतियार नष्ट गर्ने विषयले प्राथमिकता पाउँदै आए पनि सन् २०१३ मा सम्पन्न साधारणसभाबाट घोषणा भएसँगै सेप्टेम्बर २६ का दिन...
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
बुधबार, असोज ९, २०८१
दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको ढुङ्गा माटोले बनेको घरमा मङ्गलबार चट्याङ लागेको थियो ।
मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो
बुधबार, असोज ९, २०८१
घोराही उपमहानगरपालिका–१६ बाहुनडाँडामा रहेको गगटे तालमा स्थानीय वेदबहादुर ओलीले मोटरबोट सञ्चालन गरेसँगै स्थानीयको आम्दानी बढेको छ । बोटिङ गर्न आउनेले स्थानीय उत्पादन, परिकार खपत गरेपछि उत्पादनमा वृद्धि भएको हो । चालीस वर्षीय ओलीले मोटरबोट सञ्चालनसँगै कुखुरा, हाँस र माछापालन पनि गरेका छन् ।


