Shittalpati
हराउँदै घर–घरमा कुश भित्र्याउने प्रचलन
हराउँदै घर–घरमा कुश भित्र्याउने प्रचलन भाद्र कृष्ण औँशीका दिन मनाइने कुशे औँशी पर्व सोमबार देशभरका वैदिक सनातन धर्मावलम्वीले मनाएका छन् । वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर यो पर्व मनाइँएको हो । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । यस...
मौन स्नान गरी मनाइयो सोमबारे औँसी
मौन स्नान गरी मनाइयो सोमबारे औँसी सोमबारे औँसी आज बिहान मौन स्नान गरी मनाइएको छ ।
काँग्रेस पाल्पाको बैंठक: विप्रको निधनमा शोक प्रस्ताव पारित, भदौ १९ गते श्रद्धाञ्जली सभा
काँग्रेस पाल्पाको बैंठक: विप्रको निधनमा शोक प्रस्ताव पारित, भदौ १९ गते श्रद्धाञ्जली सभा नेपाली काँग्रेस पाल्पाले पार्टीका पूूर्व जिल्ला सभापति ठाकुर चन्द्र (विप्र) कोइरालाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सोमबार तानसेनस्थित पार्टी कार्यालयमा बसेको जिल्ला कार्यसमितिको २७ औं बैंठकले प्रजातन्त्र सेनानी तथा पूर्व सभापति कोइरालाको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।
भैरहवामा नयाँ पेट्रोलियम भण्डारणका लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा
भैरहवामा नयाँ पेट्रोलियम भण्डारणका लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा रुपन्देहीको भैरहवामा नयाँ पेट्रोलियम भण्डारण गृह निर्माणका लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल आयल निगमले रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा करिब १४ बिघा जग्गामा लुम्बिनी प्रदेशस्तरीय इन्धन भण्डारण डिपो निर्माणको तयारी गरिरहेको छ ।
रामपुरमा स्कुटर दुुर्घटना हुँदा चालकको मृत्युु
रामपुरमा स्कुटर दुुर्घटना हुँदा चालकको मृत्युु जिल्लाको रामपुरमा स्कुुटर दुर्घटना हुँदा चालकको मृत्युु भएको छ । सोमबार विहान रामपुर नगरपालिका –१० बर्दलेस्थित कालिगण्डकी करिडोर पक्कि सडक खण्डमा बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु ४४ प २४३९ नम्बरको स्कुटर  दुुर्घटना हुँदा रामपुर–१० गेझाका ४० वर्षीय यमबहादुर खरु मगरको मृत्युु भएको हो ।
आज कुसे औंसी, बाबुको मुख हेर्ने दिन्
आज कुसे औंसी, बाबुको मुख हेर्ने दिन् हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । यस दिन पिताप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने...
आज मोतीराम भट्टको जन्मजयन्ती मनाइँदै
आज मोतीराम भट्टको जन्मजयन्ती मनाइँदै भाद्र कुशे औँसीका दिन आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको जन्मजयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदै छ । भट्टले नेपाली साहित्यको क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै मोती जयन्ती मनाउन लागिएको होर ।
चन्द्रमा कमजोर भए के हुन्छ र ? स्त्रीलाई :
चन्द्रमा कमजोर भए के हुन्छ र ? स्त्रीलाई : ज्योतिष शास्त्रमा महत्वपुर्ण ग्रहको आधारमा चन्द्रमा रहेको छ । चन्द्रमा स्त्री कारक ग्रह हो र चन्द्रमा मन को मालिक ग्रह हो । ज्योतिष शास्त्रका विभिन्न ग्रन्थमा चन्द्रमा कमजोर भएमा के के हुन्छ भन्ने कुरा बृहतहरूमा बर्णन गरिएको छ । चन्द्रमा शुभ ग्रह र पापग्रह पनि हो ।
जेष्ठ नागरिकलाई गाडी भाडा छुट दिने कार्यविधि कार्यान्वयनमा ल्याउन पहल गर्छुु : मुुख्यमन्त्री आचार्य
जेष्ठ नागरिकलाई गाडी भाडा छुट दिने कार्यविधि कार्यान्वयनमा ल्याउन पहल गर्छुु : मुुख्यमन्त्री आचार्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सार्वजनिक सवारी साधनमा जेष्ठ नागरिकलाई भाडा छुट र सुविधा दिने कार्यविधि पूर्ण कार्यान्वयनको आफुुले पहल गर्ने बताएका छन् ।
सीजी कम्पनीमा मेसिनमा परेर कामदारको मृत्यु
सीजी कम्पनीमा मेसिनमा परेर कामदारको मृत्यु सीजी सिमेन्ट कम्पनीमा काम गर्ने एक कामदारको मेसिनमा परेर मृत्यु भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२, सर्देवास्थित सीजी कम्पनीभित्र मेसिनमा च्यापिएर धादिङको त्रिपुरासुन्दरी गाउँपालिका –६, का ४६ वर्षीय दिनेश शर्माको मृत्यु भएको हो ।
विस्फोटमा घाइते दाजुबहिनीको मृत्यु
विस्फोटमा घाइते दाजुबहिनीको मृत्यु फालेलुङ गाउँपालिका–५ डाँडागाउँमा बिहीबार विस्फोटक वस्तु विस्फोट हुँदा घाइते भएका दुई बालबालिकाको मृत्यु भएको छ । विस्फोटमा घाइते भएका फालेलुङ–५ डाँडागाउँका दिलीप साँवाका ११ वर्षीय छोरा दीपसन साँवा र दुई वर्षीया छोरी प्रिन्साको उपचारका लागि झापा लैजाने क्रममा विहीबार राति मृत्यु भएको हो ।
हातमा जग्गाधनीपुर्जा, नक्सामा भेटिँदैन
हातमा जग्गाधनीपुर्जा, नक्सामा भेटिँदैन शीतगङ्गा नगरपालिका–१२ का स्थानीय बासिन्दाले सयौँ वर्षदेखि आफूले भोगचलन गरेको जग्गाको नयाँ जग्गाधनीपुर्जा (लालपुर्जा) पाउन सकेका छैनन् । विसं २०४० र २०५६ मा नापी भएर पुर्जा पाएको जग्गाको अर्घाखाँचीमा भएको पुनःनापीबाट आफूहरूले पुर्जा पाउन नसकेको भन्दै सयौँ जनाले जिल्ला प्रशासन कार्यालयमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायलाई ज्ञापनपत्र बुझाएका...
Weather Update