स्थिर सरकार नबनेकाले मुलुकमा विकासले गतिलिन सकेन : महासचिव पोखरेल
बुधबार, जेठ ३०, २०८१
महिलाहरुले बाजा बजाउने सिप सिकेपछि
बुधबार, जेठ ३०, २०८१
संस्कृति संरक्षण र आत्मनिर्भरताका लागि म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतका आमा समूहले बाजा बजाउन थालेका छन् ।
आज विश्व बालश्रम विरुद्धको दिवस
बुधबार, जेठ ३०, २०८१
विश्व बालश्रम विरुद्धको दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन १२ लाई विश्वभर बालश्रम विरुद्धको दिवसका रुपमा मनाउने गरिन्छ ।
लुम्बिनी प्रदेश र सुदूरपश्चिममा ३ दिन तातो हावा र तातो लहर चल्ने चेतावनी
मंगलबार, जेठ २९, २०८१
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेश तराईका जिल्ला र सुदूरपश्चिममा जिल्लामा मंगलबार देखि ३ दिनसम्म अत्याधिक गर्मी हुने चेतावनी दिएको छ । महाशाखाले मंगलबार विहान ११ बजे विशेष बुलेटिन सार्वजनिक गर्दै ४० डिग्री वा सो भन्दा बढीसम्म तापक्रम पुग्न सक्ने चेतावनी दिएको हो ।
‘हिंसारहित समाजका लागि सकारात्मक सोच आवश्यक’
मंगलबार, जेठ २९, २०८१
जिल्लाको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले हिंसा र अपराधरहित समाज निार्माणका लागि सकारात्मक सोच आवश्यक रहेको बताएका छन् । नगरपालिकाले आयोजना गरेको न्यायिक समितिसँग प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समाजमा हुने विभिन्न हिंसा तथा अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
चापपानीमा विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य परीक्षण
सोमबार, जेठ २८, २०८१
जिल्लाको बगनासकाली गाउँपालिका –९ चापपानीस्थित कालिका आधारभूत विद्यालयका विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । एक दिने शिविरमार्फत यहँँका ५५ जना विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।
गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
सोमबार, जेठ २८, २०८१
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । सोमबारको प्रदेश सभा बैठकमा पाण्डेले विश्वासको मत पाएका हुन् ।
जनप्रतिनिधि हुँदा र नहुँदा पाल्पाको विकासमा निरन्तर खटिएको छु : पूर्वमन्त्री पाण्डेय
सोमबार, जेठ २८, २०८१
पूर्व उद्योगमन्त्री तथा नेकपा एकिकृत समाजवादीका पोलिटिव्युरो सदस्य सोमप्रसाद पाण्डेयले पाल्पाली जनताको सेवा र पाल्पाको विकासमा निरन्तर लाग्दै आएको बताएका छन् । तानसेनमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले जनप्रतिनिधि हुँदा र नहुँदा दुबै समयमा पाल्पाको विकासमा आफु निरन्तर खटिएको बताएका हुन् ।
छुुट्टाछुुट्टै स्थानमा तीन जना मृत फेला
आइतबार, जेठ २७, २०८१
देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । केन्द्रीय समाचार कक्षका अनुसार गुल्मी, धादिङ र गोरखाका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका हुन् ।
गुल्मी कालिगण्डकीका महिलालाई सिलाई कटाई सम्बन्धी स्तरोन्नति तालिम
आइतबार, जेठ २७, २०८१
जिल्लाको कालिगण्डकी गाउँपालिकाका महिलाहरुलाई सिलाई कटाई सम्बन्धी एक महिने स्तरोन्नति तालिम दिइएको छ । कालिगण्डकी गाउँपालिकाको गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत महिलाहरुलाई स्तरोन्नतिको तालिम दिइएको हो ।
मिलनसार कृषि सहकारीको प्रतिवद्धता : विद्यालय तथा घर–घरमा ताजा, स्वच्छ तरकारी पुर्याउने
आइतबार, जेठ २७, २०८१
तानसेनका अधिकाश तरकारी पसलहरुमा बुटवलको हाट बजार र भारतबाट तरकारी भित्रिने गरेको छ । बुटवल तथा भारतबाट भित्रिएको तरकारीमा नत विषादी परीक्षण गरिएको हुन्छ नत राम्रोसँग ग्रेडिङ नै भएको हुन्छ ।
मोदी बने भारतको तेस्रो पटक प्रधानमन्त्री, आज शपथ लिदैं
आइतबार, जेठ २७, २०८१
भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी पुनः नियुक्त भएका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले औपचारिक रूपमा उनलाई प्रधानमन्त्री–निर्वाचितको रूपमा नियुक्त गरेकी हुन् ।
आज १२ औं राष्ट्रिय कृषक दिवस मनाइँदै
आइतबार, जेठ २७, २०८१
आज १२ औं राष्ट्रिय कृषक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । कृषकलाई पनि अन्य पेशाकर्मी तथा व्यवसायी सरह कै सम्मान दिनु पर्छ भन्ने आशयका २०७० देखि यो दिवस मनाउन थालिएको हो ।


